तातोपानीको नीति तथा कार्यक्रमः‘शिक्षा,स्वास्थ्य र सडकमा जोडदेखि डाक्टर ईन्जिनियर पढाउनेसम्म’(पुर्णपाठ)

जुम्ला । तातोपानी गाउँपालिकाले आगामी आव २०७९÷८० का लागि शिक्षा स्वास्थ्य र सडकलाई प्रथामिकता दिदै नीति कार्यक्रम र बजेट ल्याएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले नीति तथा कार्यक्रममा शिक्षा स्वस्थ्य र सडकलाई प्रथामिकता दिइएको बताउनुभयो । उहाँका अनुसार ५० प्रतिशत अनुदानमा ३ जना दलित विपन्नलाई ईन्जिनियर डाक्टर पढाउने,प्रविणता तहमा अध्यायनरत २५ जना विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा लगानी गर्ने,हरेक महिनाको एक पटक शिक्षक,विद्यार्थी र जेष्ठ नागरिकको घरमै निशुल्क स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य बिमाको निरन्रता दिने नीति तथा कार्यक्रम ल्याइएको छ । बजेट पारितका लागि आईतबार गाउँसभा बैठक बस्दै छ ।

आगामी आवको नीति तथा कार्यक्रमको पुर्ण पाठ यस्तो छ ः

सम्मानित गाँउ सभा,

उपस्थित गाँउसभाका सदस्यहरु,

सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि,

शिक्षक, बुद्धिजिवि,राजनितिक दल,राष्ट्रसेवक कर्मचारी, संचारकर्मी लगायत यस सभामा सहभागी हुनु भएका सम्पुर्ण महानुभावहरु,

१.नेपालको संविधान जारी भएपछि दोश्रो पटक स्थानीय तह र वडाको निर्वाचान निष्पक्ष, स्वतन्त्र र शान्तीपूर्ण तवरले सम्पन्न भएको छ । आवधिक निर्वाचनले संविधानले परिकल्पना गरेको लोकतन्त्रलाई बलियो बनाएको छ । यस सुखद पृष्ठभुमिमा तातोपानी गाउँपालिकाको गरिमामय गाउँसभामाआर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गर्वको अनुभुति भएको छ । 

२.यस अवसरमा देश र राष्ट्रका निम्ति विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नुहुने ति महान ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । विभिन्न राजनितिक संघर्ष तथा आन्दोलनका घाईते वीर योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।

३.गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचन बाट पालिकाको विकास र समृद्धिका लागि विश्वास गरि आफ्नो अमुल्य मतदान गरि हामिहरुलाई विजयी गराउनुहुने सम्पुर्ण तातोपानीबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।नेपालको संविधानमा व्यवस्था भए अनुसार तिन तहको सरकार मध्ये जनता संग प्रत्यक्ष जोडिने सरकार नै स्थानीय सरकार भएकाले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनले नयाँ जनादेश सहित तातोपानी गाउँपालिकाले नयाँ स्थानीय सरकार पाएको छ ।यो सरकार पूर्णतया लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित रहि पालिकाको दिगो शान्ती, सुशासन, विकास र समृद्धिको खाकालाई यतार्थमा परिणत गर्न लागिपर्ने कुरा यहाँ माझ प्रतिबद्धता जाहेर गर्दछु । 

४.दुई वर्षदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण बाट तातोपानी गाउँपालिका पनि अलग रहन सकेन र सोको रोकथाम, नियन्त्रण र उपचारका लागि यस अघिको सरकारले गरेको कामको उच्च मुल्यांकन गर्दै उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । सबैको अथक प्रयास बाट कोभिड-१९ बाट सिर्जित प्रतिकुल अवस्थालाई सामना गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न सफल भएकाले आगामी दिनमा पनि यी र यस्ता प्रकारका चुनौती सामना गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएको छु । सबैको अथक प्रयासका बाबजुत पनि यस रोगबाट संक्रमित भई स्वदेश तथा विदेशमा ज्यान गुमाउनु हुने मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । 

५.यतिबेला नयाँ गठित स्थानीय सरकारले मुलत पालिकाको शिक्षा, स्वास्थ्य,कृषि, खानेपानी, रोजगारी तथा पूर्वाधार विकासलाई केन्द्रविन्दुमा राखेर जनताका ईच्छा र आंकाक्षालाई पुर्ति गर्ने दायित्व वोध गरेको छ ।कोभिड महामारी र अन्य देशमा भईरहेको अघोषित युद्धका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ र सोको प्रत्यक्ष असर स्थानीय सरकारमा पनि परेको कुरा यहाँहरुलाई सर्वविदितै छ । यस प्रकारको असहजतालाई सामना गर्न पालिकाले आफ्नै आन्तरिक स्रोत पहिचान गरि आर्थिक संरचनाहरुलाई सबल बनाउदै लग्नुपर्ने आवश्यक्ता देखिएको छ । 

६. हरेक क्षेत्रमा काम गर्दा समयको महत्वलाई अत्यन्तै गम्भिरताका साथ हेरिने हुँदा सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन हाललाई गाउँपालिका भित्र “Tatopani Times”लागु गरिएको छ ।यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउँदछु । 

७.कृषिजन्य उत्पादनमा वृद्धि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई तथा विद्युतमा पहुँच, रोजगारी सिर्जना, दिगो विकास,पर्यावरणिय सन्तुलन, पर्यटन र सुशासनलाई प्राथमिकतामा राखिनेछ ।

८.यस गरिमामय गाँउसभामा उपस्थित सम्पुर्ण महानुभावहरुले आफ्नो महत्वपुर्ण समय दिई ऐतिहासिक सभाको गरिमा बढाईदिनु भएकोमा हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु । यस नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको लागि भाग्यरेखा कोर्ने भएकाले यहाँहरुले यस नीति तथा कार्यक्रममा सकृयता पूर्वक छलफल गरि पारित गर्नुहुनेछ भन्ने आशा लिएको छु ।

गाँउसभा सदस्यहरु

सामाजिक विकास सम्बन्धी नीति तथा कार्यक्रम

) शिक्षा

९. तातोपानी गाउँपालिका भित्र बसोवास गर्ने घर परिवारका विद्यार्थी मध्य उच्च शिक्षा प्राविधिक धार तर्फ डक्टर र ईन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरु मध्य दलित, जनजाती, विपन्न परिवारलाई पहिलो प्राथमिकता हुने गरि गाउँपालिका भित्रका ३ जना र साधरण/प्राविधिक तर्फ प्रविणता प्रमाण तह अध्ययन गर्ने दलित, जनजाती, विपन्न गरि २५ जना विद्यार्थीलाई वार्षिक ५० प्रतिशत लागत व्यहोर्ने गरि कार्यविधि बनाई कार्यान्वयनमा ल्याईनेछ । 

१०.उमेर पुगेका सम्पुर्ण बालबालिकाहरुलाई बालविकास केन्द्रमा भर्ना गरिनेछन र कक्षा १ मा पुग्ने सम्पुर्ण बालबालिकाहरु बालविकास केन्द्रको अनुभव लिएर आउनेछन् । पालिकाभित्रकाप्रत्येक बालबिकास केन्द्र लाई आवश्यक्ताका आधारमा मर्मत संभार तथा निर्माण गरि बालमैत्री कक्षाकोठाको विकास लाई निरन्तरता दिईनेछ । बालबिकासकेन्द्रकाबालबालिकाहरुकालागिउचितशैक्षिक सामाग्रीको व्यवस्था गरिनुका साथै गाउँपालिकाक्षेत्रभित्ररहेकाव्यवसायिकतथासाधरणमाविहरुकोसंस्थागतक्षमताकोविकासमा निरन्तरता दिईनेछ ।  

११.कक्षा१देखि ३ सम्मका बालबालिकाहरुको पठन सिप विकासका लागि बालमैत्री कक्षाकोठा, फर्निचर, पाठ्यपुस्तक, एंव मनोरञ्जनात्मक सामाग्री व्यवस्थापनका लागि विभिन्नसरकारी तथा गैर सरकारी संघ संस्थासंग सहकार्य र समन्वय गरिनेछ । 

१२.स्थानियभाषाविषयवस्तुसंस्कृति,परम्परारइतिहाससमेटेर विद्यालयको स्थानिय पाठ्यक्रम निर्माण लाई थप व्यवस्थित गरिनेछ । 

१३.विद्यालयउमेरपुगेकासम्पुर्णविद्यार्थीहरुलाईविद्यालयसेवाक्षेत्रभित्रप्रवेशगराईविद्यालयबाहिररहनेबालबालिकाकोसंख्याशुन्यमाझार्न पहल गरिनेछ  ।  तातोपानीगाँउपालिकाक्षेत्रभित्रनमूनाकोरुपमा संचालित विद्यालयहरुलाई मापदण्डको आधारमा प्रोत्साहनको व्यवस्थालाई निरन्तरता दिईनेछ । विद्यालय पूर्वाधार विकासका लागि आवश्यक्ता हेरि रकमको व्यवस्था गरिनेछ ।

१४.तातोपानीगाउँपालिकाक्षेत्रभित्ररहेकासामुदायिकसिकाईकेन्द्रहरुमाकार्यरतसामाजिकपरिचालकहरुकोक्षमतावृद्धिगर्दैसबैसिकाईकेन्द्रहरुको सुदृढिकरण गर्दै लगिनेछ । भौगोलिकविकटता र विद्यार्थी संख्याको आधारमा विद्यालय मर्ज गर्ने कार्यलाई यस आ.व. मा पनि निरन्तरता दिईनेछ ।  विद्यालय तथा शिक्षकहरुको निरन्तर अनुगमन तथा सुपरिवेक्षणका लागि अनुगमन संयन्त्र बनाईनेछ । 

१५.शिक्षकहरुकोक्षमताअभिवृद्धिगरीगुणस्तरियशिक्षाप्रदानकालागिबाबिकेसहजकर्ता लगायत अन्य शिक्षक शिक्षिकाहरुलाई आवश्यक्ताका आधारमा तालिम, गोष्ठी तथा सेमिनारमा सहभागी गराईनेछ । गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालयहरु, वडास्तरमा रहेका बालक्लबहरुको लागि क्षमता विकास कार्यक्रम संचालन गरिनेछ । 

१६.दलित, अति विपन्न, द्धन्द्ध पिडित, असहाय तथा जेहेन्दार बालबालिकाहरुको उच्च शिक्षा अध्ययनकालागि छात्रवृति व्यवस्था गरिने कार्यलाई यस आ.व. मा पनि निरन्तरता दिईनेछ । तातोपानी गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरुमा राम्रो र प्रशांस निय कामगर्ने१जनामहिलार १ जना पुरुष शिक्षकलाई पुरस्कारको व्यवस्था यस वर्ष पनि निरन्तरता दिईनेछ । 

१७.तातोपानी गाउँपालिका क्षेत्रभित्र संचालित माध्यमिकविद्यालयहरुमाडिजिटलहाजिरकोव्यवस्थागरिनेकार्यलाईनिरन्तरता दिईनेछ । शिक्षाकोपवित्रमन्दिरकारुपमारहेकोविद्यालयकोवातावरणशैक्षिकमयबनाउनएकविद्यालयएकगार्डेनकार्यक्रमलाईयसवर्षपनिनिरन्तरतादिईनेछ । 

१८. विश्वमा आईपर्ने विभिन्न महामारीबाट विद्यालय क्षेत्रमा प्रत्यक्ष असर पर्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक माध्यमबाट पनि शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न तथा विद्यार्थीहरुमा संचार सुविधालाई प्रत्याभुति दिन विद्यालयहरुमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न आवश्यक पहल गरिनेछ । 

१९. तातोपानी गाउँपालिका विद्यालय भित्र रहेका आधारभुत विद्यालयहरुलाई EMIS तथा अन्य तथ्याङ्क प्रविष्ट गर्ने कार्यलाई प्रभाकारी बनाईनेछ । शिक्षकहरुलाई सो तथ्यांक प्रवष्टि सम्बन्धी क्षमता विकास तालिम संचालन गरिनेछ ।   

२०. आवश्यक्ताका आधारमा विद्यालयहरुको स्तरवृद्धि गर्नुका साथै शिक्षकहरुको दरबन्दी मिलान गर्ने र विद्यालयहरुलाई शैक्षिक अनुदानको व्यवस्था गरिनेछ ।  

२१.विद्यार्थी एंव शिक्षकहरुको स्वास्थ्य अवस्थालाई केन्द्रविन्दुमा राख्ने गरि पालिका भित्र एक मावि एक नर्स कार्यक्रम लागु गर्न पहल गरिनेछ । 

) स्वास्थ्य

२२.मेरो स्वास्थ्य, मेरो गाउँपालिकाभन्ने मुल नाराका साथस्वास्थ्य नै धन हो भन्ने मुल मर्मलाई आत्मसात गर्दै आम पालिकावासीको स्वास्थ्य क्षेत्रमा सहज पहँच पुर्याउन जनशक्ती व्यवस्थापन, ‌औषधि उपचारको व्यवस्था, स्वास्थ्य उपकरण लगायतका अन्य महत्वपूर्ण सामाग्रीको व्यवस्था गरिनेछ । 

२३. आम पालिकावासी नागरिकहरुले सहज र सस्तो रुपमा स्वास्थ्य उपचार प्राप्त गर्न यस तातोपानी गाउँपालिका अन्तर्गत वडा नं ६ स्थित हियाँखोलामा सुविधा सम्पन्न ५ शैया अस्पताल निर्माण गर्नको लागि डीपिआर कार्य सम्पन्न भएको कुरा यहाँहरुलाई जानकारी गराउँदछु । साथै उक्त अस्पतालको निर्माण कार्य आवश्यक प्रक्रिया पुरा गरि छिटो भन्दा छिटो सम्पन्न गरिनेछ ।   

२४. बिमारीले समयमै स्वास्थ्य उपचार पाउन भन्ने उदेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याईएको छ । एम्बुलेन्स सेवामा सबै नागरिकको समान पहुँच पुगोस भन्ने हेतुले अति विपन्न, अपंगता भएका व्यक्ति, एकल महिला, सुत्केरी तथा जेष्ठनागरिकहरुका लागि पूर्ण छुटको व्यवस्था गरिएको छ । एम्बुलेन्स सेवा संचालनलाई थप प्रभाकारी बनाईनेछ । 

२५. आम नागरिकहरुको स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्नका लागि अति विपन्न तथा विपन्न नागरिकहरुका लागि स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्क पालिकाले व्यहोर्ने व्यवस्था मिलाईनेछ । 

२६. आधारभुत अस्पताल तथा आधारभुत स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने औजार उपकरणको व्यवस्था गरि भवन निर्माण कार्यलाई यसै आर्थिक वर्षबाट शुरुवात गरिनेछ ।  

२७.जेष्ठ नागरिक तथा विद्यालयका विद्यार्थीहरुलाई प्रत्येक महिनाको एक पटक स्वास्थ्य परिक्षण गरिनेछ । 

२८. गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुमा शौचालय, खानेपानी तथा विद्युत सेवा विस्तार कार्य यसै आ.व. भित्र सम्पन्न गरिनेछ । तातोपानी गाउँपालिका वडा नं ७ स्थित लामाबगरमा रहेको ताम्ती स्वास्थ्य चौकीको स्तरोन्नती गरि स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाईनेछ ।  

२९.तातोपानी गाउँपालिका क्षेत्रभित्ररहेकाप्रसुतिगृहहरुमाआवश्यकबजेटकोव्यवस्थागरिऔषधि तथा उपकरणको प्रबन्ध मिलाईने छ । गाउँघरक्लिनिकलाईथपप्रभावकारीबनाईनेछ। 

३०.तातोपानीगाउँपालिकाक्षेत्रमासंचालितस्वास्थ्यचौकीहरुमाल्याबकोव्यवस्थापनगरिनेकार्यलाईनिरन्तरता दिइनुका साथै अनलाईन रिपोर्टीङका लागि ईन्टरनेटको व्यवस्था गरिनेछ ।

३१.अतिविपन्नव्यक्तिलाईआधारभुतऔषधि उपचारलाई थप व्यवस्थित गर्दै लगिनेछ । भ्याक्सिन सुरक्षित गर्न सवसेन्टर व्यवस्थापनकार्यलाई निरन्तरता दिईनेछ । 

३२.तातोपानीगाउँपालिकाकोस्वास्थ्यशाखाबाटआएकोआवधिकरणनीतिक योजनालाई कार्यान्वयनमा लगिनेछ । गाउँपालिकाको एकिकृत वार्षिक क्यालेन्डर निर्माण गरि कार्यन्वयनमा ल्याईनेछ । 

३३.महिलास्वास्थ्यस्वंय सेविकालाई प्रोत्साहन र क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रमलाई निरन्तरता दिईनेछ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबै महिलास्वास्थ्यस्वंय सेविकालाई एक/एक वटा मोबाईल उपलब्ध गराईनेछ । स्वास्थ्य संस्थाका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि तालिमको व्यवस्था गरिनेछ । 

३४.स्वास्थ्यसेवालाईप्रभावकारीबनाउनजनशक्तीकोअभावपरिपुर्तीगरिनेछतथाउपलब्धस्वास्थ्यकर्मीकोक्षमताअभिवृद्धिकालागि(SBA, HMIS, Implant, ICUD, Store Management र Lab) सम्बन्धि तालिमको लागि पहल गर्नुका साथै सम्बन्धित निकायमा सिफारिस गरिनेछ । स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रभावकारी बनाई स्वास्थ्य व्यवहारमा परिवर्तन ल्याईनेछ । 

३५. गाउँपालिकाक्षेत्र भित्र बसोवास गरिरहेका मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको व्यवस्थापनका लागि आवश्यक पहल कदम चालिनेछ । 

३६.विभिन्नस्वास्थ्यसंस्थामापरिवारनियोजन, सफा पिउने पानी, शौचालय तथा प्रतिक्षालयलाई सेवाग्राहीमैत्री बनाई न्युनतम सेवा प्रवाह गर्ने व्यवस्थालाई निरन्तरता दिईनेछ । शुद्ध र सफा पिउने पानी उपलब्ध गराउन बायो फिल्टर वितरणका लागि अनुदानको व्यवस्था गर्नुका साथै पानी शुद्धीकरण सम्बन्धि जानकारीमूलक कार्यक्रम संचालन गरिनेछ । 

३७.फोनमार्फतANC, PNC र परिवार नियोजनका ग्राहकहरु follow up गर्नुका साथै अन्य रोगका लागि हेल्पलाईन सेवा उपलब्ध गराउन व्यवस्था मिलाईनेछ । आकस्मिकचक्रकोषकोस्थापनातथाकार्यविधिनिर्माणगरिपालिकाबाटअनुमोदनगरिनेछ। 

३८.महामारीको बेलामा आवश्यक्ता अनुसार स्वास्थ्य सामाग्रीको उपलब्धता सुनिश्चित गरिनेछ । स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ । 

३९.विषयगतसमितिहरुसक्रियबनाउनअभुमुखिकरणकातथाअन्तक्रियाकार्यक्रमहरुसंचालनगरिनेछ।यस  अघि पाःलिकामा संचालनमा रहेको आयुर्वेद अस्पतालको अध्ययन गरि आवश्यक्ता अनुसार क्षेत्र विस्तार गरिनेछ ।

 )खानेपानी तथा सरसफाई

४०.पूर्णसरसफाई सम्बन्धी एकघरएकधाराएकशौचालयकोव्यवस्थालाईनिरन्तरतादिईघरआगनकोसरसफाई आफ्नो जीवनको भलाई भन्ने नारालाई अगाडी सार्दै पूर्ण सरसफाई कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाईनेछ । 

४१.समयक्रमसंगैशहरीकरणतर्फलम्कीरहेकोतातोपानीगाउँपालिकामा पालिका स्तरिय डम्पिङ साईडको स्थलगत अध्ययन गरि त्यसको सहि व्यवस्थापन गर्न पहल गरिनेछ । 

४२. गाउँपालिकाकासम्पुर्णवडाहरुमा स्वच्छ खानेपानीको व्यवस्थालाई निरन्तरता दिईनेछ । परम्परागत धारा, नाउलातथा मुहानहरुको संरक्षण गरिनेछ । खानेपानी व्यवस्थापनको लागि पलम्बर सम्बन्धि तालिम दिईनेछ । 

) युवा तथा खेलकुद

४३.तातोपानीगाउँपालिकामारहेकाबेरोजगारयुवाहरुलाई बेरोजगार सूचिमा सुचिकृतगरिप्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीको व्यवस्था गरिनेछ । युवाहरुको क्षमता, दक्षता र अनुभवका आधारमा गाँउपालिका बाट संचालन हुने विकास का काममा प्रत्यक्ष संलग्न गराई एकातिर आर्थिक आर्जनमा टेवा पुर्याईनेछ भने अर्कोतिर श्रमको सम्मान भन्ने भावनाको विकास गरिनेछ । 

४४.विभिन्नगाँउबस्तीहरुमारहेकाबालतथायुवाक्लबहरुकोक्षमतावृद्धिगर्नआवश्यकबजेटकोव्यवस्थागर्नुका साथैपालिकास्तरियखेलप्रतियोगितासंचालनगरियुवाव्यवस्थापनगरिने कार्यलाई अगाडि बढाईनेछ । पालिकास्तरिय युवा सञ्जाल गठन गरिनेछ । हाँकु रगंशाला निर्माण कार्यलाई अगाडि बनाईनेछ । 

४५. गाउँपालिकाकोउपयुक्तस्थानहरुमा नमुना खेल मैदान तथा कभर्डहलको निर्माणतथा एकवडाएकखेलमैदान निर्माण कार्यलाई यस आव मा पनि निरन्तरता दिईनेछ । युवाहरुमारोजगारीसिर्जनागर्नविभिन्नकिसिमकासिपमुलकतालिमहरुको सिर्जना गरि कार्यक्रम संचालन गरिनेछ । 

 

) महिला विकास तथा सामाजिक सुरक्षा

४६.जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सम्मान गरौं, समाजमा रहेका कुरिति, कुसंस्कारलाई अन्त्य गरौं भन्ने मुल नाराका साथ जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षण गरिनेछ ।उनिहरुलेसम्मानित जीवन जिउनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । जेष्ठ नागरिक र अपङ्गता भएका बालबालिका एंव व्यक्तिहरुलाई परिचय पत्र वितरणका लागि प्रत्येक वडामा शिविर संचालन गरिनेछ । जेष्ठनागरिक, एकल महिला, दलित र अपङ्गता भएका व्यक्तिहरुका लागि सम्मानजनक कार्यक्रम ल्याईनेछ ।  

४७.निम्नआयश्रोतभएकाव्यक्तिहरु, सामाजिक वञ्चितिकरणमा परेका, विकासको मुल प्रवाह बाट टाढा रहेका र पहुँच विहिन व्यक्तीहरुलाई गाँउपालिका तथा अन्य संघ संस्थाबाट संचालन हुने विकासका काममा सहभागी गराई सामाजिक समावेशिकरणको अवधारणालाई व्यवहारमै कार्यन्वयनमा ल्याईनेछ । 

४८.तातोपानी गाउँपालिका भरि विभिन्न समुदायमा रहेका महिला, युवा, दलित, अपङ्गता, जेष्ठ नागरिकहरुका हक अधिकारलाई मध्यनजर गर्दै समुदायमा कुप्रथा एंव कुसंस्काका रुपमा रहेका घरेलु हिंसा, बहुविवाह, बालविवाह, छुई प्रथा, लैंङ्गिक हिंसा जस्ता कार्यलाई न्युनिकरण गर्नतथा किशोर किशोरीहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी दिन विभन्न किसिमका जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । लैङ्गिक हिंसामा परेका महिलाको आवश्यक्ता परिपुर्ती गरि बस्तुगत टेवा पुर्याउने उदेश्यले लैङ्गिक हिंसा निवारण कोष स्थपना गरिनेछ । 

४९. तातोपानी गाउँपालिका महिला तथा बालबालिका शाखामा आवद्ध भएका समुह समितिका महिला सदस्यहरुका लागि सिपविकास तालिम संचालन गर्न लैङ्गिक समतामुलक बजेटको व्यवस्था गरिनेछ । यसका साथै बालबालिका भविश्यका कर्णधार भएकाले उनिहरुको अधिकारलाई सुनिश्चितता गर्दैप्रत्यक वडाहरुमा बालअधिकार समिति र बालकोषको स्थापना गरिनेछ । 

५०.लक्षित वर्गलाई स्वरोजगार बनाउन सिलाई कटाई तथा च्याउ खेति तालिमको व्यवस्था गरीनेछ ।  वडा स्तरिय जेष्ठ नागरिक समितिलाई पालिकास्तरिय बनाईनेछ । आवश्यक क्षेत्र पहिचान गरि वृद्धाआश्रम निर्माणका लागि पहल गरिनेछ । भौगोगोलिक रुपले कठिन मानिएका वडा नं ७ र ८ का अपागंता भएका व्यक्तिहरुलाई सहज रुपमा परिचय पत्र उपलब्ध गराउनका लागि घुम्ती सेवा सञ्चालन गरिनेछ । 

) बहुक्षेत्रिय पोषण

५१. यस पालिकामा बसोवास गर्ने महिला, किशोरी, र बालबालिकामा हुने कुपोषणको अवस्थामा सुधार ल्याउने उदेश्यका साथ बहुक्षेत्रिय पोषण योजनालाई प्राथिमकताका साथ कार्यान्वयन गर्नलाई उचित बजेटको व्यवस्था गरिनेछ । 

५२. बहुक्षेत्रिय पोषण योजना अन्तर्गत पोषणमैत्री स्थानीय शासन अवलम्बन गर्न पोषणमैत्री वार्ड घोषणा गर्नको लागि विशेष अभियान संचालन गरिनेछ । यसै आव भित्र एक वडा एक पोषण मैत्री गाउँ घोषणा गरिनेछ । 

५३. यस तातोपानी गाउँपालिका अन्तर्गतका महिला किशोरी र बालबालिकामा हुने कुपोषणको अवस्थामा सुधार ल्याउने उदेश्यले नेपाल सरकारको प्राथमिकतामा रहेको बहुक्षेत्रिय पोषण योजना कार्यान्वयनलाई यस गापाले उच्च प्राथमिकतामा राखि सोहि अनुरुप आव २०७९।८० को लागि नेपाल सरकारबाट प्राप्त हुने बजेट र यस गाउँपालिकाले छुट्याएको रकम समेतलाई विषयगत तथा क्षेत्रगत विनियोजन गरि पोषण सुधारका लागि तोकिएको क्रियाकलापमा खर्च गरिनेछ । 

५४. बहुक्षेत्रीय पोषण योजनाले निर्दृष्ट गरेका उपलब्धी तथा प्राप्तिका लागि विषयगत शाखा र साझेदार निकायहरु संग मिलेर पोषण लक्षित र पोषण संवेदनशिल क्रियाकलापहरु संचालन गरिनेछ र महिला बालबाबालिका लक्षित कार्यक्रम जस्तै बाल पोषण अनुदान, खोप कार्यक्रम बालमैत्री स्थानीय शासनमा आदिमा समेत बहुक्षेत्रिय पोषण कार्यक्रमलाई समावेश गर्दै लगिनेछ । 

५५. यस गाउँपालिकाको पोषण सम्बन्धि सूचना तथ्यांक हरुको कमि भएको कुरालाई महशुस गर्दै यस गाउँपालिका भित्र पोषण क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरु संग सहकार्य गरि कार्यक्रम संचालन गरिनेछ । 

५६.गर्भवति सुत्केरी र बालबालिकालाई पालिका अध्यक्ष उपाध्यक्षको कोशेली कार्यक्रम बाट पोषण झोला वितरण गरिनेछ । 

५७. सुनौला हजार दिनका घरपरिवारका लागिएक घर एक करेसा बारी निर्माण गरिनेछ । गर्भवति सम्मान भेला तथा घुम्ति भिडियो एक्सरे सेवा संचालनमा ल्याईनेछ । साथै सबै गर्भवतिहरुको घरघरमा झण्डा र हातहातमा अण्डा भन्ने नारालाई अवलम्बन गराईनेछ ।  

गाँउसभा सदस्यहरु

आर्थिक विकास सम्बन्धि नीति तथा कार्यक्रमहरुः

  • कृषिः

५८.कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख स्रतोतको रुपमा विकास गरिनेछ । कृषिमा आधुनिकरण भित्र्याउदै हरेक किसानलाई आत्मनिर्भर बनाउन कृषिको व्यावसायीकरण, बैज्ञानिकरण,विविधिकरण तथा बजारीकरण गरिनेछ ।पालिकालाई खाद्य संकटबाट मुक्त गराउनका लागि रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रम तिव्र रुपमा अगाडि बढाईनेछ । 

५९.वैदेशिक रोजगारीबाट स्वदेश फर्केका तथा बेरोजगार युवाहरुलाई स्वरोजगार सिर्जना गर्नका लागि युवा लक्षित कृषि कार्यक्रम संचालन गरिनेछ । साथै कृषिक्षेत्रमा रहेका श्रमशक्तिको अभावलाई सम्बोधन गर्दै आवश्यक ज्ञान, सिप प्रविधि र लगानीको वातावरण सिर्जना गरि यान्त्रीकरणमा विशेष जोड दिईनेछ । न्युन आय भएका, खाद्य सुरक्षामा पहुँच नपुगेका, विपन्न, पिछडिएका, समुदायहरुसंग समन्वय गरि कृषि उत्पादनका लागि विशेष कार्यक्रम संचालन गरिनेछ । 

६०.तातोपानीगाउँपालिकाभित्रकाबाँझोखेतीयोग्यजमिनकोपहिचानगरि अन्नबाली, फलफुल खेती एंव तरकारी खेतीका लागि प्रयोगमा ल्याईनेछ । गुणस्तरिय तथा उन्नत बिउ विकास गरि बिउविजनमा आत्मनिर्भर हुने र स्थानीय बिउबिजनको अनुसन्धान र विकासमा जोड दिईनेछ ।  

 ६१.कर्णाली प्रदेश सरकारले यस अघि नै अर्गानिक प्रदेश घोषणा गरिसकेकाले सो लाई मुर्त रुप दिन तथा अर्गानिक पालिकाको रुपमा स्थापित गर्न अर्गानिक खेति प्रणालीलाई विस्तार एंव प्रोत्साहन गरिनेछ । स्थानिय जनताको प्रत्यक्ष आय आर्जन संग जोडिएको स्याउ, ओखर लगायतका अन्य फलफूल वगैचा स्थापना गर्नका साथै कृषि औजार, मल, विउ एंव स्याउ ढुवानीका लागि विशेष अनुदानको व्यवस्था गरिनेछ। यसका साथै उत्पादित कृषि उपजलाई बिक्रि वितरण, निकासी पैठारीमा सहजतामा ल्याउनका लागि कृषक समुह, सहकारी तथा कृषक उद्यमीहरुलाई लक्षित गरि विभिन्न ठाँउमा कृषि उपज संकलन केन्द्र स्थापना गर्नका लागि विशेष पहल गरिनेछ । 

६२.तातोपानी गाँउपालिका भित्र संचालित विद्यालयहरुमा संघिय सरकारले दिदै आएको दिवा खाजामा खुवाईने विद्यालय खाजा कार्यक्रममा स्थानीय स्तरमा उत्पादित रैथाने बालिहरुबाट तयार भएका परिकारहरुलाई दिवा खाजाको रुपमा प्रयोगमा ल्याईनेछ । 

६३.मार्सीधान, सिमि, स्याउ, ‌ओखर, आलु, चिनो, कागुनो, फापर जस्ता बढी निर्यात हुने बालीको उत्पादनमा वृद्धि गर्न विशेष कार्यक्रम संचालन गरिनेछ । रैथानेबालीहरुमाअनुदानकोव्यवस्थागर्नुकासाथैरैथानेबालीविउबैंककोस्थापनागरिनेछ।कृषकले उत्पादन गरेका कृषि उपज खरिद गर्ने व्यवस्था मिलाईनेछ । मार्सीधान संरक्षणका लागि लाछुज्युलोलाई संरक्षण गरिनेछ ।  

६४.कृषिउत्पादनलाई वृद्धि गर्न सिचाई सुविधाको अभाव भएका खेतीयोग्य जमिनमा  विजुलीतथा इन्धन प्रविधिको प्रयोग गरि थोपा सिचाई, लिफ्ट सिचाईलाई व्यवस्थित पारिनुका साथै परम्परागत सिचाई कुलोहरुको संरक्षण गरिनेछ ।प्लाष्टिक पोखरी तथा घैटो कार्यक्रम संचालनमा ल्याईनुका साथै प्राकृतिक विपत्तिबाट क्षेति हुन पुगेका सिचाई योजनाहरुको पुन निर्माण गरिनेछ । मर्मत सम्भार गर्नुपर्ने सिचाई योजनाहरुलाई यसै आर्थिक वर्ष भित्र मर्मत सम्भार गरिनेछ । 

६५.तातोपानीगाउँपालिकाभित्ररहेकानाङ्गा डाँडाकाडाँहरुमा ओखर खेती गर्ने कार्यलाई अगाडी बढाईने छ । साथै सम्भावित क्षेत्रमा ओखर खेतीको व्यवसायिक रुपमा विरुवा उत्पादन तथा वितरण गर्न कृषक र संघ संस्थालाई प्रोत्साहन गरिनेछ । समग्र पालिकाको आर्थिक स्थिति सुधार ल्याउनका लागि एक गाउँ एक बाली उत्पादन पकेट क्षेत्र कार्यक्रम अवलम्बन गरिनेछ । 

६६.बढ्दो महङ्गीका कारण दैनिक गुजरा गर्न कठिन अवस्था सामना गरेका र ग्रामिण क्षेत्रमा बसोबास गर्ने न्युन आय भएका कृषक समुदायहरुलाई लक्षित गरि दैनिक जीवनमा संलग्न रहने पौष्टिक आहारालाई परिपुर्ति गर्नका लागि ताजा तरकारी, फलफूल,पशु,मसला, दलहन तथा तेलहन बाली उत्पादन गर्नका लागि विशेष प्राथमिकताका आधारमा कार्यक्रम संचालन गरिनेछ ।

 ६७.बढ्दो शहरीकरण तथा जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा दिनानुदिन ह्रास हुदै आईरहेको अवस्थालाई मध्यनजर गरि मुख्य कारक तत्व पहिचान गर्नका निम्ति आकस्मिक बालि संरक्षण सेवा तथा गापा स्तरमा कृषि प्रयोगशाला स्थापना गरिनेछ । परम्परागत खेति प्रणाली र व्यवसायिक खेति प्रणाली बारे कृषकहरुलाई सचेतना जगाउन यसै आव भित्र कम्तिमा ३ वटा कृषक पाठशाला संचालनमा ल्याईनेछ ।  

६८.विविध कारणवस यस वर्ष मनाउन नसकिएको हाम्रो मौलिकता र ऐतिहासिकता बोकेको लछाल कृति पैकलाबाट सृजित गुरु फोक्टोमा परापुर्वकाल देखि उत्पादन हुदै आएको जुम्ली काली मार्सी धानको अस्तित्व र पहिचान कायम राख्नका लागि हरेक बर्षजेष्ठ ३० गते धान दिवश मनाउने कार्यलाई निरन्तरता दिईनेछ ।

 ६९.यसपालिकाभित्रअविलम्ब हाईटेक नर्सरीको अवधारणा ल्याईनेछ । एकघरएकबगैचानीतिलाईव्यवसायिकरुपमाअवलम्बनगरिनेकार्यलाईनिरन्तरतादिईनुका साथै नमुनाकारुपमावगैचास्थापनागर्ने, कृषकलाई मल, विउ, कृषि औजार र जैविक विषादीको व्यवस्था गरिने कार्यलाई पनि निरन्तरता दिईनेछ । साथै उत्पादित स्याउको गुणस्तरियता अभिवृद्धि  गर्दै बजारीकरणलाई व्यवस्थापन गर्न चिस्यान गृहको स्थापना गर्न आवश्यक पहल गरिनेछ । 

७०.तातोपानी गाउँपालिका क्षेत्रभित्र मौसमी तथा वेमौसमी तरकारी खेतीलाई जोड दिईनुका साथै तरकारी तथा फलफुल संकलन केन्द्र स्थापना गरि बजार व्यवस्थापन गर्ने कार्य अगाडि बढाईनेछ । खाद्यान्न बाली, तरकारी बाली तथा फलफुल उत्पादनमा गुणस्तर कायम राख्नका लागि बगैचा व्यवस्थापन तथा काटछाँट, रोग नियन्त्रण माटो सुधार जस्ता क्रियाकलापलाई निरन्तरता दिईनेछ ।  

७१.कृषि क्षेत्रमा संलग्न कृषकहरुको प्रोत्साहनको  लागि कृषि शिविर, कृषि बिमा, र कृषि महोत्सव संचालन गरिनेछ । रसायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गरिनेछ ।  \

७२.कृषकहरुकोआवश्यक्ताअनुसारअन्तरजिल्लास्तरीयकृषकअध्ययनअवलोकनभ्रमणलाईविशेषप्राथामिकतादिईनेछ   

 तातोपानीगाउँपालिकाभित्रकाअगुवा कृषकहरु पहिचान गरि उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा गोष्ठीको व्यवस्था गरिनेछ । 

७३.प्रधानमन्त्रीकृषिआधुनिकिकरणस्याउसुपरजोनजुम्लाकार्यालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्था संग समन्वय गरि गाँउपालिका भरि फलफुल खेति विस्तार गरिनेछ ।फलफूल खाउ, स्वस्थ रहुँ भन्ने नारालाई आत्मसाथ गर्दै एक घर १० फलफुल बिरुवा रोपण कार्यक्रम संचालनमा ल्याईनेछ । 

७४.नदिलेकटानगरेकाखेतीयोग्यजमिनमातट्बन्धननिर्माणगरिनदिनियन्त्रणगरिनेकार्यलाईनिरन्तरतादिईनेछ। कृषि उत्पादनमा जोड दिन विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय संग समन्वय, सहकार्यएंव साझेदारी गर्नुका साथै कृषि सम्बन्धि प्रचार प्रसार तथा अनुभव आदान प्रदानका कार्यक्रम अगाडी बढाईनेछ । 

७५.आधुनिकमौरीपालनव्यवासयालाईसुदृढिकरणगरिनेछ।कम्पोष्टतथा जैविक मलकोउद्योग स्थापनाका लागि आवश्यक पहल गरिने छ ।चक्लाबन्दीरगडासुधारकार्यलाईअगाडीबढाईनेछ। 

७६.तातोपानीगाउँपालिकाअन्तर्गतकासार्वजनिकजग्गाहरुमाओखरखेतीकालागि आवश्यक बजेट उपलब्ध गराई युवा प्रोत्साहन कार्यक्रम संचालन गरि युवाहरुलाई विदेश पलायन हुन बाट रोक्ने काम गरिनेछ । गापामा स्थायी बसोबास गर्दै आएका लगनशिल, मेहनती, ईमान्दार तथा व्यवसायिक कृषकहरुमध्य कम्तिमा २ जनालाई गापा स्तरिय उत्कृष्ट कृषक प्रोत्साहन तथा पुरस्कृत गरिने व्यवस्था मिलाईनेछ । 

) उद्योग

७७.‌औद्योगिक ग्राम जस्ता पूर्वाधार निर्माण गर्नका लागि निजी क्षेत्रको संलग्नता बढाउने नीति लिईनेछ । औद्योगिक क्षेत्रसम्म विद्युत, सडक, खानेपानी जस्ता आधारभुत सुविधा पालिकाले उपलब्ध गराउनेछ ।  

७८. उद्यमशिलता विकास तालिमका आधारमा उद्यमी प्रवर्द्धन गरि बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट निरुत्साहित गरिनेछ । 

७९. गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत लक्षित वर्ग, बेरोजगारी युवा, उद्यम गर्न चाहने व्यक्तिहरुलाई आय आर्जन हुने सिपमुलक तालिम मार्फत नयाँ उद्यमी सिर्जना गरिनेछ । उत्पादकत्व वृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समूहमा प्रविधि हस्तान्तरण गरिनेछ ।   

८०. पुराना लघु उद्यमीहरुका लागि स्तरोन्नती सम्बन्धि सिप विकास तालिमको व्यवस्था गरिनेछ । लघु उद्यमीहरुले संचालन गरेका व्यावसायहरुको अनुगमन गरि सफल रुपमा व्यावसाय संचालन गर्ने उद्यमीहरुलाई विशेष अनुदानको कार्यक्रम ल्याईनेछ । उघु उद्यमी सम्बन्धी गाउँ उद्यम विकास रणनीतिक योजना अद्यावधिक गरि कार्यान्वयनमा ल्याईनेछ । 

८१. पालिकाद्धारा स्थापना भई संचालनमा आएका उद्योगहरुको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिनेछ । 

) पशु सेवा

८२.वैदेशिकरोजगारीगुमाईआफ्नै मातृभुमिमा फर्केका युवाहरुलाई व्यवसायिक पशुपालनका लागि प्रोत्साहित गरिनेछ । 

८३.एकवडाएकउत्पादनकार्यक्रमलागुगरिऔचित्यको आधारमा गाई, भैसी, भेडा बाख्रा,वंगुर,कुखुरा लगायतका उन्नत जातका पशुपंक्षी र माछापालन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।

 ८४.पशुचरणक्षेत्रकोव्यवस्थापनगरिनुकासाथैउन्नतजातकोपशुपालनगर्नेकृषकलाईप्रोत्साहनकोव्यवस्थागरिनेकार्यलाईयसवर्षपनिनिरन्तरतादिईनेछ। 

८५.स्वस्थपशु,स्वस्थउत्पादन कार्यमाजोड दिन आवश्यक्ता अनुसार प्रत्येक वडामा पशु स्वास्थ्य शिविर संचालन का साथै औषधिको व्यवस्थापन कार्यलाई निरन्तरतादिईनेछ ।

८६.पशुपंक्षीआहारउद्योगस्थापनागर्नकृषकलाईप्रोत्साहन गरिनेछ । पशुपंक्षी व्यवासायको लागि आधुनिक पोल्ट्री फर्म लक्षित कार्यक्रमलाईयस आ.व. मा पनि निरन्तरता दिईनेछ । 

८७. गाउँपालिकामा यस अघि स्थापना भई संचालनमा आएका डेरीहरुको अनुगमन तथा नियमन कार्यलाई अगाडि बढाईनेछ साथै आवश्यक्ताका आधारमा थप डेरी स्थापना गर्न पहल गरिनेछ । दुग्ध व्यवस्थापनका लागि यस भन्दा अघि भैसी खरिदका लागि प्रदान गरिएको घुम्ती कोष फिर्ता ल्याई नयाँ भैसी पालन व्यवसायीहरुलाई प्रदान गरिनेछ । 

गाँउसभा सदस्यहरु

)पर्यटन तथा संस्कृति

८८.पर्यटन क्षेत्रलाई आर्थिक गतिविधि संग आवद्ध गरि अर्थतन्त्रलाई गतिशिल आयमको रुपमा विकास गरिनेछ ।पालिका भित्र रहेका पर्यटकिय क्षेत्रको पहिचान गरि एकिकृत पर्यटकिय पूर्वाधारको निर्माण गरि उच्च मुल्ययुक्त पर्यटन उपजको विकास तथा पर्वर्द्धनमा जोड दिईनेछ । आवश्यक्ताका आधारमा पर्यटन तथा होमस्टेलाई प्रवर्द्धन गरिनेछ  । 

८९.पर्यटकियस्थलकोरुपमापरिचिततातोपानीधारालाईअझैव्यवस्थितबनाउनभौतिकसंरचनानिर्माणएंवमर्मतमाजोडदिईनेछ।आन्तरिकपर्यटकप्रर्वद्धनगरिस्थानियव्यवसायीकोआर्थिक अवस्था अझ मजबुत बनाउन धार्मीक, सांस्कृतिक एंव ऐतिहासिक स्थलको प्रचार प्रसारमा जोड दिईनेछ । पर्यटकियगन्तव्यसम्मपुग्नकालागिसडकसंजालजस्ता आधारभुत पूर्वाधार विकासमाजोडदिईनेछ। तातोपानी धारालाई प्रभावकारी रुपमा संचालन गर्नका लागि निजि संघ संस्था संग समन्वय सहकार्य गरि संचालन गरिनेछ । 

९०.स्थानियचाडपर्व, मेला पर्व तथा दिवसहरुको सम्वर्द्धन, प्रवर्द्धन एंव प्रचार प्रसार गरिनेछ ।पलायनको संघारमा पुगेका परम्परागत पञ्चेबाजा, ढाल नाच, मागल, देउडा, चुट्किलाहरुको संरक्षण गर्नविशेष कार्यक्रम ल्याईनेछ ।तातोपानी गाउँपालिका क्षेत्रभित्र रहेका धार्मीक पर्यटिकय क्षेत्रहरुको संरक्षण, सम्वर्द्धन एंव प्रवर्द्धन गरि सो क्षेत्रको पूर्वाधार विकासमा जोड दिईनेछ । 

९१.तातोपानी गाउँपालिका क्षेत्र भित्र रहेका ऐतिहासिक तातोपानी धारा, सवैभन्दा ठूलो ताल गिडीदह, भण्डारवन बुदबुदी धाम, लछालकृति पैकेलो दरबार, विभिन्न मष्टो देवहरु, गुरुफोक्टो, नदै डाव, भुरिचुला माई पाटनमा रहेका दर्जनौ तालहरु, बानियादियारर पानसय पाटन जस्ता पर्यटकिय स्थलहरुको प्रचारप्रसार गरिनेछ । 

९२.तातोपानीगाँउपालिकामा रहेका समग्र प्राकृतिक धार्मीक ऐतिहासिक तथा पुरातात्विक स्थलको लागि बनाईएको गुरुयोजनालाई कार्यान्वयनमा ल्याईनेछ । 

९३.तातोपानी गाउँपालिका क्षेत्र भित्रका उपयुक्त स्थानमा¥याफ्टिङ्ग संचानलका लागि सम्भाव्यता अध्ययन गरि पर्यटन प्रवर्द्धनमा जोड दिन विशेष कार्यक्रम ल्याईनेछ । गाउँपालिकाको आर्थिक संभावनाका क्षेत्रहरुको भिडियो डकुमेन्ट्री मार्फत प्रचार प्रसारमा जोड दिईनेछ  ।  

९४.सामाजिक कुप्रथाको रुपमा समाजमा जरा गाडेर रहेका छुवाछुत, छाउपडि प्रथा, बाल विवाह,बहु विवाह,अनमेल विवाह तथा महिला हिंसा, लैङ्गिक विभेद, घरेलु हिंसा जस्ता अमानविय कार्यलाई न्युनिकरण गर्न जनचेतना कार्यक्रम संचालनगरिनेछ । 

९५. पर्यटकिय क्षेत्रको थप विकास गर्न तथा स्थानीय कला संस्कृति झल्कने पालिका स्तरिय एउटा संङ्ग्रालयको स्थापना गरिनेछ । साथै जेष्ठ नागरिकहरुका लागि वृद्ध कक्ष निर्माण कार्य यसै आर्थिक वर्ष भित्र गरिनेछ । 

९६. यसअघि तयार भएका पर्यटकिय क्षेत्रहरुको DPR लाई कार्यान्वयनमा ल्याउनुका साथै गिडिदह र पानसय पाटनको पर्यटन प्रवर्द्धनको लागि DPR तयार गरि कार्यान्वयनका लागि श्रोतको पहल गरिनेछ । 

)सहकारी

९७.सहकारीसंस्थाहरुकोसहकार्यमा सामाजिक विकासका कार्यक्रमहरु संचालन गरिने छ । 

९८.सहाकारीसंस्थाहरुकोक्षमता अभिवृद्धिका लागि सहकारी दर्ता सम्बन्धी सहकारी शिक्षालागु गरिनेछ।उत्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट सहकारी संस्थालाई प्रोत्साहन तथा पुरस्कृत गरिनेछ । सहकारी शाखाका कर्मचारीहरु तथा पदाधिकारीहरुलाई क्षमता विकास तालिम संचालन गर्नुका साथै सहकारी संस्थालाई नियमन एंव व्यवस्थापन गरिनेछ । 

९९.गाउँपालिका भित्र रहेका सहकारीहरुलाई सहकारी तथा गरिवि निवारण सम्बन्धी सूचना प्रणाली कोपोमिस सफ्टवयर लागु गर्न पहल गरिनेछ । 

गाँउसभा सदस्यहरु

पूर्वाधार तथा भौतिक विकास सम्बन्धी नीति तथा कार्यक्रम 

) सडक

१००.सडकसञ्जालदेशविकासकोमुख्यहतियारहोजसको विस्तार, मर्मत र निर्माणमा जोड दिदा एकातिर स्थानिय स्तरमा रोजगारीको अवसर सिर्जना हुने र अर्कोतिर सहज यातायात पहुँचले निर्यातजन्य कृषि, फलफुल लगायत अन्य उत्पादनको ढुवानीमा सहजता आई आम्दानीको दायरा बढाउन सकिने कुरालाई मध्यनजर गर्दै हाल सम्म पालिका भित्र करिब ७२ कि.मि सडक निर्माण भएको कुरा यहाँहरुमाझ जानकारी गराउँदछु । आवश्यक्ताका आधारमा सडक मर्मत, विस्तार र निर्माणलाई तिव्र रुपमा अगाडि बढाईनेछ ।  

१०१.विविध कारणवस समयमै सम्पन्न हुन नसकेका संघ, प्रदेश र गाँउपालिकाद्धारा संचालित विभिन्न सडकहरुको निर्माण र मर्मतलाई निरन्तरता दिईनेछ । गीडिदह- पानसय पाटन, राँका तरापी सर्मी जोड्ने सडक लगायत तिला, हिमा, सिंजा गाउँपालिका तथा जाजरकोट जिल्ला जोड्ने सडक निर्माणलाई यस आ.व. मा पनि निरन्तरता दिईनेछ ।जंगलक्षेत्रमापर्नेठूला सडकहरुनिर्माण गर्दा वातावरण मैत्री बनाउन IEE र EIA गरि कार्य सुचारु गरिनेछ । 

१०२.प्राचिनकालदेखिरहेका परम्परागत काठेपुल अन्तर्गत राँकाको पुल लाई मौलिक शैलिमा पुननिर्माण गरेर काठेपुलको संरक्षण संम्बर्द्धनमा लागिनेछ । ऐरेनी-हाँकु र राँका-तरापी जोड्ने पक्की पुल,तथा चुम्ला साँघु-पाण्डेवाडा, जर्मी-डाँगीवाडा, र वंतडी-सुडाखोलाबेलि ब्रिज निर्माणका लागि स्रोत व्यवस्थापन गर्न पहल गरिनेछ । 

१०३.गाउँपालिकाका बाँकी रहेका सम्पुर्ण वडा कार्यालहरु र गाँउपालिकाको भवन निर्माणका लागि यसै आव भित्र जग्गा पास गरि भवन निर्माण कार्यमा पहल तथा बजेट व्यवस्थापनकार्यलाई निरन्तरता दिईनेछ । 

) सिचाई

१०४.गाउँपालिका भित्रका खेतियोग्य जमिनमा कृषकहरुले सहज रुपमा सचाई सुविधा पाउनु भन्ने हेतुले ठूला, मध्यम तथा साना सिचाई योजनाहरु निर्माण तथा मर्मत गरिनेछ । सुख्खा क्षेत्रमा लिफ्ट सिचाई निर्माण कार्यलाई अन्य स्थानमा पनि विस्तार गरिनेछ । सिचाई योजनाहरु निर्माण गर्नका लागि आवश्यक पर्ने बजेट संघ तथा प्रदेश सरकार संग माग गरिनेछ ।

१०५.परम्परागतसिचाईकुलोकोमर्मतसंभारतथानिर्माणगरिसिचाईसुविधालाई विस्तार गरिनेछ ।खेतीयोग्य जमिनमा सिचाई सुविधा पु¥याउन आवश्यक्ताका आधारमा थप सिचाई योजनाहरु लागु गरिनेछ । 

) उर्जा तथा संचार

१०६.तातोपानी गाउँपालिकाको सबै वडाहरुमा विद्युतको पहुँच पुर्याउन राष्ट्रिय प्रसारण लाईन जडान गर्नका लागि नेपाल विद्युत प्राधिकरण तथा गिडिखोलामा उत्पादित जाल्पादेवि हाईड्रो प्रालि संग आवश्यक परामर्श र समन्वय गरिनेछ । 

१०७.गाउँपालिकाभित्रकासम्पुर्णवडाहरुमाआर्थिकएंवअन्यप्रशासनिककार्यलाईथपप्रभावकारीबनाईDigitalized गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।ई-सेवालाई प्रभावकारी बनाउँदै प्रत्येक वडाहरुलाई सूचना मैत्री बनाउन कार्यक्रम संचालन गरिनेछ ।

 १०८.गाउँपालिकाको वेभसाईटलाई थप व्यवस्थित बनाईनेछ । ईन्टरनेटकोपहुँचनभएकास्वास्थ्यसंस्थामा यसै आ.व. भित्र ईन्टरनेट सेवा जडान गरिनेछ । गाउँपालिकाकोसूचनामाजनताकोसहजपहुँचकोलागिप्रत्येकवडाहरुमासूचनापार्टीलाईथपप्रभावकारीबनाउनुकासाथैसामाजिकसञ्जाल(fecebook, twitter,youtube)तथा website मार्फत सूचना प्रवाहलाई व्यवस्थित बनाईनेछ । 

१०९. गाउँपालिकाको सूचना संग जनताको सहज पहुँच वृद्धि गर्न नागरिक डीजिटल वडापत्र र KOISKबोर्ड संचालनमा ल्याईएको कुरा यहाँहरलाई जानकारी गराउदै २४ सै घण्टा सूचना प्रवाहको व्यवस्था मिलाउन विद्युत/सोलारको व्यवस्था गरिनेछ । नागरिकहरुको जनगुनासो संकलनकको लागि गाउँपालिका मातहातका सम्पुर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुमा गुनासो सुनुवाई पेटिका (Complain Hearing Box) को स्थापना गरिनेछ । 

११०. तातोपानी गाउँपालिका वडा नं ८ मा निर्माणाधिन अवस्थामा रहेको नेपाल टेलिकमको रिपिटर टावर छिटो भन्दा छिटो निर्माणका लागि नेपाल टेलिकम जिल्ला शाखा जुम्ला संग आवश्यक समन्वय गरिनेछ ।

 वन वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम

१११.तातोपानीगाउँपालिकाकोसुख्खाठाँउहरुमावृक्षारोपण गरि हरित गाँउपालिकाको अवधारणा ल्याईने कार्यलाई निरन्तरता दिईनेछ ।जथाभाविवनकटानी, खोरिया फडानीमा रोक लगाई वनको संरक्षण गर्नजनचेतना कार्यक्रम संचालन गर्नुका साथै विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ । 

११२.तातोपानीगाउँपालिकाहरेकक्षेत्रमा प्राप्त गर्न सकिने डालेचुकलाई व्यवस्थापन र प्राप्त आम्दानीलाई जनताको जीवनस्तर संग जोड्नका लागि डालेचुक र ढटेलो उद्योग प्रशोधन व्यवसायलाई प्राथामिकतामा राखिनेछ । बहुमूल्य जडीबुटि संरक्षण तथा व्यवस्थापन गरी व्यावसायिक उत्पादन गरिनेछ । 

११३. गाउँ टोल बस्तीहरुमा हुने आगलागि र वनजङ्गल तथा भिरपाखामा लाग्ने डढेलोबाट हुने जनधनको क्षति र वातावरणीय प्रदूषण न्यन गर्न विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ । प्राकृतिक विपत्ति बारे पुर्वानुमान गरि आम पालिका बासी नागरिकलाई समयमै पुर्व विश्वसनीय सूचना दिनका लागि विशेष व्यवस्था मिलाईनेछ । 

११४.तातोपानीगाउँपालिकाकोवनक्षेत्रलाईव्यवस्थितगर्नबैज्ञानिकवनव्यवस्थापनकोअवधारणाल्याईनेछ।नदिजन्यपदार्थहरुको उत्खनन, विक्री वितरण कार्यठेक्कापट्टा बाटगरिनेछ ।  पानीकामुहानहरुकोसंरक्षणतथाव्यवस्थापनगरिनेछ।स्थानियविपदव्यवस्थापनसमितिमार्फतविपदपूर्वतयारीतथाप्रतिकार्ययोजनारजोखिमन्युनिकरणकोकार्यलाईथप प्रभावकारी बनाईनेछ। 

११५. एक घर एक विरुवा वृक्षारोपणको कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुलाई जिम्मेवार बनाईनेछ ।  

सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति तथा कार्यक्रम

न्याय, राजश्व तथा अन्य

गाँउसभा सदस्यहरु

११६.गाउँपालिका भित्र न्यायिक सम्पादन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन एउटा न्यायिक ईजलाशको व्यवस्थापन गरिनेछ । पालिकाको आठ वटै वडाहरुमा एक मेलमिलाप समिति गठन गरिनेछ ।घरेलु हिंसा, सामाजिक, सांस्कृति, राजनितिक, आर्थिक लगायत विभिन्न खाले कुसंस्कार बाट भएका हिंसा सम्बन्धि क्रियाकलापलाई न्युनिकरण गर्नका लागि तातोपानी गाउँपालिकाको न्यायिक समितिबाट हुने न्यायिक सम्पादन कार्यलाई प्रभावकारी बनाईनेछ ।  

११७. न्यायिक सम्पादन प्रक्रियामा केहि जटिलता उत्पन्न हुन गए सो जटिलतालाई समधान गर्न एंव कार्य सम्पादन कार्यलाई सहज गर्न आवश्यक्ताका आधारमा कानुनी सल्लाहाकारको व्यवस्था गरिनेछ । 

११८.तातोपानी गाउँपालिकामा भ्रष्टाचार शुन्य सहनशीलताको नीति लिईनेछ ।गाँउपालिकाकोविकासतथानिर्माणकार्यहरुमानागरिकसमाजकोसहभागितारसंलग्नताकोवातावरणतयारगरिनेछ। 

११९.व्यक्तिगतघटनादर्तातथासामाजिकसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाईक्षमताअभिवृद्धिकालागिआवश्यक्ताअनुसारकोतालिमकोव्यवस्थागरिनेछ।कार्यालयमा रहेका विभिन्न सवारी साधन, फर्निचर, मेसिन उपकरण लगायतका जिन्सी सामानहरु चालु अवस्थामा राखिनेछ । 

१२०. पालिकालाई कार्यक्षेत्र बनाई विभिन्न क्षेत्रमा काम गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको योजनाहरुको अनुगमन प्रभाकारी रुपमा कार्यान्वयन गरि उक्त संघ संस्थाहरुलाई अनिवार्य रुपमा त्रैमासिक रुपमा प्रगति प्रतिवेदन पेश गर्नका लागि उपाध्यक्ष को संयोजकत्वमा NGO Desk स्थापना गरि एक द्धार प्रणाली लागु गरिनेछ । 

१२१.गाउँपालिकाको आन्तरिक राजश्व वृद्धि गर्न राजश्व सुधार योजना निर्माण गरिनेछ । सबै आर्थिक तथा व्यापारिक क्रियाकलापलाई करको दायरामा ल्याई आन्तरिक आम्दानीको दायरालाई फराकिलो बनाईनेछ । यसै आर्थिक बर्षबाट राजश्व संकलन सफ्टवयर मार्फत गरिनेछ । 

१२२. जनता संग अध्यक्ष र जनता संग उपाध्यक्ष कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिईनेछ ।स्थानीय पूर्वाधार विकासलाई महत्वमा राखि स्थानीय अनुकूलन कार्ययोजना लागु गरिनेछ र पालिका स्तरिय एक स्थानीय पूर्वाधार मर्मत सम्भार कोषको स्थापना गरिनेछ ।पालिकाको पुंजिगतखर्च बढाउनका लागि संघीय र प्रदेश सरकारको गाउँपालिकाद्धारा संचालन हुने र स्वंय गाउँपालिकाको आयोजना/कार्यक्रमहरुको लागत ईस्टिमेट भाद्र भित्र, योजना सम्झौता असोज भित्र र अन्तिम भुक्तानी बैशाख भित्र गरिनेछ । 

१२३. पालिकाबाट प्रवाह हुने सेवालाई उच्च मनोबलयुक्त, निष्पक्ष र पेसाप्रति प्रतिबद्ध एंव विशिष्टीकृत बनाउँदै कार्यसम्पादनमा सुधार ल्याउन प्रोत्साहनको व्यवस्था गरिनेछ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तोकिएको जिम्मेवारीप्रति जवाफदेहि र उत्तरदायी बनाईनेछ । जनप्रतिनिधि तथा कर्मचारीहरुको कार्य वातावरण सुरक्षित गर्दै पालिकाबाट प्रदान गर्ने सेवा गुणस्तरिय मितव्ययी ढंगबाट प्रदान गर्नका लागि थप उत्प्रेणा प्रदान गर्न जीवन बिमा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिईनेछ । 

१२४.प्रस्तुत नीति तथा कार्यक्रम बनाउन अमुल्य सहयोगगर्नुहुने गाउँपालिका उपाध्यक्ष, गाउँसभाका सदस्यहरु,बुद्धिजिवी, नागरिक समाज, पत्रकार, तथा सम्पुर्ण कर्मचारीहरुलाई हार्दीक धन्यवाद व्यक्त गर्दछु । साथै यस नीति तथा कार्यक्रमप्रति तपाईहरुको रचानात्मक सुझाब, सल्लाह र सहयोगको अपेक्षा राख्दै ती सुझाब सल्लाह र सहयोगलाई हृदय देखि स्वागत गर्दछु । यस नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गर्न सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु । 

१२५.अन्त्यमा, गाउँपालिकाको समग्र विकासका लागि आफ्नो भुमिका निर्वाह गरि महत्वपूर्ण योगदान दिने राजनीतिक दल, श्रमिक, राष्ट्रसेवक कर्मचारी, सरकारी तथा गैर सरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मी लगायत पालिकावासी सम्पुर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दछु । प्रस्तुतभएको नीति तथा कार्यक्रमले यस गाउँपालिकाको सामाजिक एंव आर्थिक समृद्धिमा सुधार आउने अपेक्षा गरेको छु ।

 

धन्यवाद ।

नन्द प्रसाद चौलागाई

 अध्यक्ष

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस