जुम्ला । कक्षा काेठामै विधार्थी कपाल काटेकाेमा तिला गाउँपालिका ८ स्थित देउराली मावि जुम्लाकाेट भेल सुधार गरेकाे स्पष्टिकरण दिएकाे छ ।
साेमबार देउरालि माविकाे फेशबुक बाट जर्बरजस्ति कक्षा काेठामा विधार्थिकाे कपाल काटेकाे भिडियाे सार्वजानिक भएकाे थियाे । चर्काे आलाेचना हुदा भिडियाे हटाईएकाे थियाे ।
कक्षा काेठामै सबैका अगाडि ३ विधार्थिकाे कपाल काटेकाे,केही विधार्थिलाई कक्षाबाट निकालिएकाे बारेमा संचार माध्यममा समचार आएपछि विधालयले स्पष्टिकरण दिदै गलत नियतले कपाल नकाटेकाे र धेरै पटक सम्झाउदा अटेरि गरेकाेले सम्झाउन र बुझाउने प्रयास गरेकाे बताएकाे छ ।
विधालयद्दारा जारी स्पष्टिकरण पत्रमा भनिएकाे छ,”बिधार्थिलाई अनुशासन सिकाउन खाेजेका हाै । धेरै पटक अटेरि गरेपछि कपाल काटेका हाै । सामाजिक संजालमा हाल्दा राम्राे सन्देश जान्छ कि भन्ने हाम्राे मनसाय पनि थियाे । तर भिडियाे हालेकाे सन्देश अर्नथ लागेकाे जानकारी भएपछि यस्ता काम गर्न नहुने कुराकाे ज्ञान भएकाे र समग्रमा विधालय परिवारले यस्ताे कामकाे भुल सुधार गरेकाे आम सराेकारवालाई जानकारी गराउँदछाै ।”
अटेरि विधार्थिले विधालयमा अनुशासन पालना नगर्दा हैरानि भएकाे र अनुशासथ सिकाउँदा अर्नथ लागेकाेमा भुल सुधार गरेकाे देउरालि मावि जुम्लाका प्रधानाध्यापक रामभजन यादवले बताए ।
यता मानव अधिकारकर्मि,बालअधिकार कर्मि र मनाेबिर्मश कर्ताहरु कुनै पनि बाहनामा विधार्थिकाे मनाेबल गिर्ने काम गर्न नहुने र त्यस्ता कामले दिर्घकालिन असर पर्ने बताउँछन् ।
अनिर्वाय तथा निशुल्क शिक्षा ऐन २०७५ ले आधारभुत तह र माध्यमिक तहका विधार्थिलाई कुनै बाहनामा शारिरिक मानसिक यातना दिने,पढाईमा बाधा पुग्ने खालका कुनै काम गर्न नपाईने र विधार्थिकाे आचरण सुधार अभिभावक संग समन्वय गर्नु पर्ने परामर्श दिनु पर्ने व्यवस्था छ ।”