हिमामा आँखा उपचार केन्द्र उद्घाटनसंगै ५० स्वयमसेविकालाई मोबाईल वितरण


जुम्ला । गाउँमा हुने दुःखी विरामीका लागि स्वयम सेविकानै विज्ञ चिकित्सक हुन् । गाउँका गर्भवतीको सन्चो विसन्चो बुझने,टाउँको दुख्दा ज्वरो आँउदा सिटामोल दिने काम स्वयम सेविकालेनै गर्छन् । अस्पतालका एमबीबीएस डाक्टरले लाखौ तलब खान्छन् । तर गाउँका हरेक कष्टमा साथ दिन सक्दैनन् । तर महिला स्वास्थ्य स्वयम सेविका भने सरकारबाट सुविधा नखाने र दिनरात नभनी खटिने बेतलबी चिकित्सक जस्तै हुन् ।

दशकौदेखि ग्रामिण क्षेत्रको स्वास्थ्य अबस्था सुधारमा उल्लेखीय भुमिका निर्वाह गरेका स्वयम सेविकालाई संघियता पछि राज्यबाट कुनै सुविधा दिएको छैन् । तर पनि बेतलबी गाउँका चिकित्सक स्वयम सेविकाहरुले भने आफ्नो सेवा अनवरत दिईरहेका छन् । राज्यले बेवास्ता गरेको भन्दै सेवा सुविधा बढाउन स्वयम सेविकाहरुल पटक पटक माग गर्दै आएपनि सुनुवाई भने कुनै निकायबाट भएको छैन् ।

तर यहाँको हिमा गाउँपालिकाले पालिकाका सम्पुर्ण स्वयम सेविकालाई मोबाईल सेट वितरण गरेका छ । गाउँमा कुनै पनि समस्या पर्दा पहिलो सम्झीने व्यक्ति स्वयमसेविका नै हुन् । तर उनिहरु संग मोबाईल नहुँदा खोज्न जानु पर्ने समस्या थियो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही भन्छन,“स्वयम सेविकालाई संचार सुविधा तथा सहजताका लागि मोबाईल सेट दिईएको हो । जसले गर्दा स्थानीयले समस्या पर्दा सहजै सम्पर्क गर्न सक्ने छन् । साना तिना समस्याहरु फोनबाटै समधान हुने अपेक्षा छ ।”

समस्या र मागलाई मध्यनजर गर्दै हिमा गाउँपालिका ७ वटै वडाका ५० जना स्वयम सेविकालाई सिमकार्ड सहितको किर्बोड मोबाईल सेट वितरण गरिएको अध्यक्ष शाहीले जनाकारी दिए । उनका अनुसार मातृशिशु मृत्युदर घटाउन,पोषण स्थितीमा सुधार गर्न,गर्भवतीको चेकजाँच तथा परामर्श दिन र समग्रमा ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारमा निर्वाह गरेको योगदानको उच्च कदर गर्दै सम्मान पत्र समेत दिईको छ ।

संचार सुविधाका लागि नयाँ मोबाईल सेट पाएपछि हिमाका स्वयम सेविका मख्ख भएका छन् । कुनै पनि बेला समस्या पर्दा स्वास्थ्य चौकी,जिल्लामा,एम्बुलेन्सलाई फोन गर्न सहज हुने उनिहरुको अपेक्षा छ ।

आँखा उपचार केन्द्र उद्घाटन
नयाँ जनप्रतिनिधि पाए संगै हिमा गाउँपालिकाले जिल्लामै एकपछि अर्को नमुना काम गर्दै आएको छ । जसअन्तरर्गत बुधबार पालिकास्तरीय आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । हिमालय आँखा अस्पतालको सामाग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा संचालन हुने गरी आँखा उपचार केन्द्र उद्घाटन गरिएको हो ।

आँखा उपचार केन्द्रका लागि चाहिने मेसिन लगायतका सबै सामाग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको हो । हिमाका अध्यक्ष लक्ष्मण शाहीका अनुसार पालिका स्तरीय आँखा उपचार केन्द्र संचालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्ने छ ।

धुलो धुवाका कारण गाउँमा आँखाका विरामी वर्षेनि बढ्दै गर्छन् । शिविर संचालन गर्दा भिड हुने । टाढा गएर उपचार गराउन आर्थिकले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र संचालन गरिएको अध्यक्ष शाहीले जानकारी दिए । बुधबारबाटै आँखा उपचार केन्द्रको सेवा शूरु भएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस