हिमाका सयदिनः‘पालिका केन्द्र तोक्नेदेखि ३६ हजार बृक्षारोपणसम्म’

जुम्ला ।  जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको विहिबार सय दिन पुगेको छ । बैशाख ३१ गते सम्पन्न स्थानीयतहको चुनावबाट निर्वाचित भई सपथ ग्रहण गरी काम थालेको सय दिन पुरा भएको अबसरमा हिमा गाउँपालिकाले आफ्नो प्रगती सार्वजानिक गरेको छ ।
हिमा बुलेटिन प्रकाशन मार्फत हिमा गाउँपालिकाले आफ्ना सय दिनको प्रगती सार्वजानिक गरेको हो । जसमा पालिकाको केन्द्र तोक्ने देखि ३६ हजार बढी बृक्षारोपण लगायत थुप्रै काम भएका छन् ।

२४ पेजको हिमा बुलेटिनमा सय दिनका सबै गवितिविधि उल्लेख गरिएको छ । यदपी,नेपालका ७ सय ५३ स्थानीयमै पहिलो आफ्ना प्रगती गतिविधि समेटीएको बुलेटिन प्रकाशन गरेको हिमा गाउँपालिकाको दाबी छ ।

हिमाले नयाँ जनप्रतिनिधि पाए संगै शिक्षा,स्वास्थ्य,पूर्वाधार विकास,खानेपानी,संचार,चुस्त सेवा प्रवाह तथा शुसासन पारर्दशितामा उल्लेखीय काम भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सय दिनको अवधिमा अघिल्लो सरकारले तोक्न नसकेको पालिका केन्द्र बाजगाडामा तोकेका छौ । पाँच वर्षमा ढाई लाख विरुवा रोप्ने अभियान अन्तरर्गत ३६ हजार ४६२ विरुवा रोपिएको छ । पालिकास्तरीय आँखा उपचार केन्द्र स्थापना,शिविर संचालन,चिउडी साँघु बनाउने कालिगडलाई सम्मान,सरकारी विद्यालयमा अंग्रेजी शिक्षा परिक्षण जस्ता काम अघि बढाएका छौ ।”

साथै हिमा ६ स्थित बालुवा खोलामा नाग्म हुदै रारा जाने पर्यटकका लागि अल्पकालिन पुल निर्माण गरिएको छ । जसले वर्खामा मोटरसाईकल बगाउने समस्याको समधान भएको छ । आँखा उचार हड्डी सम्बन्धी शिविर सम्पन्न भएको छ । जसबाट एकहजार बढी नागरिक लाभान्वित भएका थिए ।

अघिल्लो सरकारले पाँच वर्षमा समेत पालिकाको केन्द्र टुंगो लगाउन सकेको थिएन् । तर दोस्रो चुनावबाट निर्वाचित अध्यक्ष लक्ष्मण शाहि लगायतका जनप्रतिनिधिले सयदिनमै पालिकाको केन्द्र टुंगो लगाएर प्रशासकिय भवन निर्माणको बाटो खुलेको छ ।

‘ग्रिन रोड,ग्रिन रिभर’ र हराभरा हिमा बनाउने नीति अनुसार पाँच वर्षमा साढे दुई लाख विरुवा रोप्ने लक्ष्य अनुसार सयदिनमा साढे ३६ हजार विरुवा रोपिएको छ । जलवायु परिवर्तनको असर कम गर्न,बाढी पहिरो भू–क्षयको समस्या रोक्न वृक्षा रोपण अभियान चलाइएको हो ।

हिमालाई सेवा प्रवाह र शुसासन पारदर्शीतामा जिल्लाकै नमुना पालिका बनाउनका लागि आफ्ना गतिविधि समेटीएको हिमा बुलेटिन रहेक तीन महिनामा प्रकाशन हुने समेत अध्यक्ष शाहीले उल्लेख गर्नुभयो ।

हिमा १ का वडाध्यक्ष रतन बहादुर शाही र ६ का वडाध्यक्ष उपराज अधिकारीले हिमा गाउँपालिकाले पाँच वर्षमा नागरिकका आधारभुत आबश्यकतालाई प्रथामिकता दिदै सेवा प्रवाह र विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाँच वर्षपछि घोषणापत्र अनुसारका काम हेर्नका लागि समेत हिमा अध्यक्ष शाहीले आम नागरिकलाई अपिल गर्नुभएको छ ।

सिमित स्रोत र असिमित आबश्यकताका बीच पनि हामीले नागरिकलाई सन्तुष्ट हुने गरी सेवा दिन र सबै क्षेत्रको विकास गर्न लागि परेको हिमा १ का वडाध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार जुम्लामै पहिलो सामाजिक सुरक्षाभत्ता बुझ्न जाँदा निशुल्क यातायात सेवा हिमा १ नम्बर वडाले शुरु गरेको छ ।

 

 

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस