तातोपानीका सयदिनः‘तातोपानी टाईम्स लागुदेखि,कार्यसम्पादन सम्झौतासम्म’


जुम्ला । यहाँको तातोपानी गाउँपालिकाले पनि आफ्नो सय दिनको प्रगती सार्वजानिक गरेको छ । स्थानीयतहको निर्वाचन २०७९ बाट निर्वाचित भएका जनप्रतिनिधिले सय दिनको अवधिमा गरेको उल्लेखीय कामको प्रगती सार्वजानिक गरिएको हो । जसमा तातोपानीले जिल्लाकै नमुनाका रुपमा तातोपानी टाइम्स लागु गरी प्रभावकारी कार्यान्वयन तथा जिल्लामै पहिलो कार्यसम्पादन सम्झौता गरेको छ ।

समयको बचत,कुनै पनि कार्यक्रम भनेकै समयमा संचालन गर्न,सेवा प्रवाह छिटो छरितो बनाउन तातोपानी टाइम्स लागु गरिएको थियो । जसको सकरात्मक प्रभाव जिल्लामै परेको छ । कर्णाली प्रदेश सरकारपछि तातोपानी पहिलो स्थानीयतहका रुपमा तातोपानी टाइम्स लागु गरेको हो । त्यस्तै,पुजिगत खर्च बढाउन,अनुगमन निरिक्षण चुस्त बनाउन,असारे विकासको अन्त्य गर्न जुम्लाका आठै स्थानीयतह मध्य पहिलो पालिकाका रुपमा तातोापानीले कार्य सम्पादन सम्झौता गरेको छ । जुन काम अनुसरण योग्य पनि छ ।

अध्यक्ष र प्रमखु प्रशासकिय अधिकृत र प्रमुख प्रशासकिय अधिकृत तथा शाखा प्रमुख बीच कार्यसम्पादन सम्झौता गरिएको छ । यसले असारे विकासको अन्त्य र पुजिगत खर्च बढाउने अपेक्षा गरिएको छ ।

साथै तातोपानीको अध्यक्षमा नन्दप्रसाद चौलागाई,उपाध्यक्षमा सिमा रावल लगायतको जनप्रतिनिधि निर्वाचित भएको सय दिनमा तातोपानीका सेवा प्रवाह तथा विकास निर्माणमा उल्लेखीय काम भएका छन् । ५ शैयाको आधारभुत अस्पताल बन्न लागेको छ ।

भने,आफ्नै एम्बुलेन्स सेवा संचालन,प्राविधिमैत्री सेवा शुरु,असोज भित्रै उपभोक्ता समिति गठन गरिसक्ने कार्य जारी,सर्वेका काम धमाधम भईरहेको,अनुगमन निरिक्षण लगायतका काम दुर्त गतीमा भईरहेको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए । उनका अनुसार सिमित स्रोत र असिमित नागरिकका आबश्यकता बीच तातोपानी गाउँपालिकाले जनमैत्री सेवा प्रवाह र गुणस्तरीय विकासमा जोड दिएको छ ।

तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईले आफ्नो कार्यकालमा धेरै महत्वकाँक्षी योजना ल्याउने बनाउन नसक्ने भन्दा पनि जनजिविका संग जोडिएका आधारभुत विकास र सेवा प्रवाहलाई सहज सरल बनाउन तर्फ जुट्ने बताए । विशेषगरी शिक्षा,स्वास्थ्य खानेपानी पर्यटन विकासका क्षेत्रमा केहि देखिनेखालका काम गर्ने लक्ष्य रहेको समेत उनको भनाई छ ।
यस्ता छन् तातोपानी गाउँपालिकाका सयदिनमा भएका मुख्यकामहरु ः

१.आ ब २०७९÷०८० को वार्सिक नीति बजेट तथा कार्यक्रम को सर्वसम्मत पारित एबम सार्वजनिकरण
२.आ ब ०७८÷०७९ का योजना तथा कार्यक्रम हरुको उपाध्यक्ष ज्यु को संयोजकत्व मा सघन अनुगमन ।
३.सबै गैरसरकारी निकाय संग समन्वय सहकार्य ।
४.सबै बिद्यालयमा अध्यक्ष एवं उपाध्यक्ष ज्यु बाट सघन अनुगमन ।
५. गाउँपालिका अध्यक्ष र प्रमख प्रशासकिय अधिकृत र प्रमुख प्रशासकिय तथा अन्य शाखा बीच नेपालमै पहिलो कार्यका रुपमा कार्यसम्पादन सम्झौता भएको ।
६.जिल्ला समन्वय समितिको प्रमुख आतिथ्यता तथा पदाधिकारीको सहभागिता मा सम्पुर्ण शाखाहरुको आ ब २०७८÷०७९ को बार्सिक प्रगती समिक्षा सप्पन्न ।
७.गाउँ गौरवका बहुबर्षिय योजनाहरु को निर्माणकार्य मा तिब्रता दिन अनुगमन र नपुग बजेट ब्यबस्थापन का लागि अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत लगायतका पदाधिकारी हरुबाट प्रदेश र सङघिय मन्त्रालय मा पहल भएको
८.पालिका लाई आबस्यक स्थानीय ऐन नियमावली कार्यविधि र मापदण्ड हरुको संसोधन र तर्जुमा का लागि बिधायन समितीबाट कार्य प्रारम्भ गर्न कार्यपालिका को समय सिमा सहित को निर्देशन भएको
९.चालू आब ०७९÷०८० को स्वीकृत योजना हरुको संचालन विधि र प्रकृया अनि समयसिमा को कार्यपालिका बाट निर्धारण ।
१०.पालिकाका शाखा हरुबाट सञ्चालन हुने गरी स्वीकृत कार्यक्रमको सुरुवात
११.सुशासन प्रबद्र्धन एबम प्रसासन सुधार कार्ययोजना तर्जुमा गन प्रमुख प्रशासकिय अधिकृतलाई दिइएको ।
१२.पालिका अन्तर्गतका वडा कार्यालय,स्वास्थ्य सस्थाहरु र बिद्यालयहरुको सघन अनुगमन गर्ने तालिका को निर्धारण
१३.असोज अन्तिम सम्म उपभोक्ता समिति गठन गरिसक्ने लक्ष्य अनुसार सबै वडा हरुमा उपभोक्ता समिती भईरहेको र उपभोक्ता समिती गठन को समयसिमा सहित को सर्भे समेत भईरहेको ।
१४.ठेक्का प्रक्रिया बाट निर्माण सम्पन्न गर्ने भनी कार्यपालिकाले निर्धारण गरेका योजना हरुको ठेक्का सुचना गर्ने तालिका को निर्धारण गरिएको
१५.भुमि सम्बब्धी समस्या समाधान को लागि तातोपानीमा पहल कदमी सुरु १६ तातोपानी टाइमस लागु भइ पुर्ण कार्यान्वयन हुनुका साथै प्रभावकारीकता देखिएको
१७.दर्ता चलानी सिफारिस एवम राजस्व सफ्टवयरको सुरुवात
१८.आ व २०७९÷८० योजनाहरु निर्माण कार्य बैशाख भित्र सकि भुक्तानी पनि बैशाख अन्तिम सम्म दिएर सक्ने लक्ष्य अनुसार काम अघि बढेको ।
१९.पाँच सैया आधारभुत अस्पताल को टेन्डर प्रक्रिया अगाडी बढेको
२०.पालिका स्तरीय कुनै पनि कार्यक्रममा सम्मानका लागि प्रयोग हुने खादा पुर्ण रुपमा बन्द गरिएको ।
२१.तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स संचालनमा आएको ।
२२.गाउँपालिकामा इलोक्टोनिक सूचना बोर्ड जडान गरिएको ।
२३.डिजिटन नागरिक वडापत्र आइसकेको र संचालन हुने तयारीमा रहेको ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस