तेस्राे ‘जुम्ला स्याउ महत्सव’ लाग्ने:गायक प्रकाश सपूत आउने


जुम्ला । जुम्लामा तेस्राे ‘जुम्ला स्याउ महाेत्सव’ लाग्ने भएकाे छ । आगामी भदाै २८ गते जुम्ला सदरमुकामकाे मुख्य बजार स्थित बाल मन्दिरमा तेस्राे स्याउ महाेत्सव लाग्ने भएकाे हाे । महाेत्सवकाे आयाेजना कान्जिराेवा टाईम्स मासिक पत्रिकाले गर्ने छ ।

भने,आठ पालिका,कृषि विकास कार्यालय,स्याउ सुपरजाेन,खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकाेटले सहयाेग गर्ने भएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन मार्फत जुम्ली स्याउकाे बजारीकरण,किसानकाे आयस्तर बृद्दिमा जाेड दिन स्याउ महाेत्सव गर्न लागिएकाे कान्जिराेवा टाईम्सका प्रकाश महेन्द्र कार्किले बताए ।

उनका अनुसार स्याउ महाेत्सवमा नेपालका ख्याती प्राप्त लाेक गायक प्रकाश सपूत आउने भएका छन् । महाेत्सवमा स्थानीय पन्चेबाजा,डुड्के र स्थानीय कलाकारकाे समेत प्रस्तुती रहने छ ।
जुम्ली लाेकल जातका स्याउकाे बजार प्रर्बद्दन,स्याउमा किसानकाे आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार विक्रिका लागि समेत महाेत्सव गरिदै छ ।

प्रकाश कार्किले भने,”विगत दुई वर्ष पहिले लगातार स्याउ महाेत्सव गर्दै आएका थियाै । तर पछिल्ला दुई वर्षमा काेराेना महामारीले महाेत्सव हुन सकेन् । तर यश वर्ष राष्टि्य कलाकार प्रकाश सपूत सहित स्थानीय झांक्रि सहित महाेत्सव लगाउने तयारी गरेका छाै ।”

महाेत्सवमा जुम्लाका सबै किसानलाई आफुले उत्पादन गरेका स्याउ र स्याउबाट बनाईएका परिकारहरु समेत ल्याएर आउन अनुराेध गरिएकाे छ ।

एक दिन अन्तरक्रिया र एक दिन महाेत्सव गरि दुई दिन लाग्ने स्याउ महाेत्सवका लागि अनुमानित ५ लाख खर्च लाग्ने आँकलन गरिएकाे समेत कार्किले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महाेत्सवमा कृषि विज्ञहरुले किसानकाे स्याउकाे स्वाद,गुणस्तर, र साईज परिक्षण गर्ने छन् । उत्कष्ट हुने किसानलाई पुरुस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डि,जाम जेलि वाईनकाे बजारीकरण हुने छ ।

कर्णाली भन्ने बित्तिकै रारा,सेफाेक्सण्डाे,मानसराेवर मात्र नभई जुम्लालाई स्याउ पर्यटनका रुपमा विकास गरि आर्थिक समृद्दि हासिल गर्ने स्याउ महाेत्सवकाे लक्ष्य छ । उत्पादन बढ्दै गएकाे जुम्ली स्याउकाे बजारीकरणमा टेवा पुराउने लक्ष्य छ ।

साथै कलाकार प्रकाश सपुतकाे खान बस्नका लागि हाेटल दाैतरीले निशुल्क व्यवस्थापन गर्ने भएकाे छ ।

यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । भने स्याउ निर्यातबाट झण्डै ५० कराेड जुम्लामा भित्रिने आँकलन छ ।

 

 

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस