जुम्ला ः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा जुम्लामा दिउँसो साढे १ बजेसम्म ३६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो साढे १ बजेसम्म यहाँ ३६ प्रतिशत मतदान भएको हो ।
कुल ८३ मतदान स्थल, १०६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको जुम्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल ६८ हजार ६ सय ३८ मतदाता छन् ।
चन्दननाथ नगरपालिका ४ भारतीवाडास्थित अशोक आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा १ हजार ५ मतदान मध्ये ३१३ मत खसेको छ । यस्तै हिमा गाउँपालिका ३ मोफ्ला गाउँस्ति राहदेव माध्यामिक विद्यालयमा रहेको मतदान स्थल क र ख मा १२ सय मत मध्ये ३७८ मत खसेको जनाएको छ । तिला गाउँपालिका ४ को वडा कार्यालयमा रहेको मतदान स्थलमा १२७६ मत मध्ये ६ सय मत खसेको छ ।
पातारासी गाउँपालिका ७ रिनीगाउँस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा ५६७ मत मध्ये २९० मत खसेको छ । कनकासुन्दरी गाउँपालिका ४ हाँडसिजास्थित कालिका आधारभुत विद्यालयको मतदान केन्द्रमा ५९५ मध्ये ३११ मत खसेको छ ।
हिमा गाउँपालिका ७ मष्टमाडुस्थित अन्नपूर्ण माध्यामिक विद्यालय मतदान केन्द्रमा ५१७ मध्ये २४७ मत खसेको सहायक मतदान अधिकृत उमेश न्यौपानेले बताए ।
सिजां गाउँपालिका १ धाँपा गाउँस्थित मालिका माध्यामिक विद्यालयको मतदान केन्द्र (क) का मतदान अधिकृत तुलाराज चौलागाईका अनुसार ६४४ मध्ये ४०२ खसेको छ । यस्तै सोही विद्यालयको (ख() मतदान केन्द्रमा ६७७ मध्ये ३८० मत खसेको जनाएको छ ।
जुम्लामा ३६ प्रतिशत मत खस्यो
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस