वार्षिक समिक्षा: तातोपानीको पुँजीगत खर्च ५२ प्रतिशत, एकै वर्षमा १२१ योजना निर्माण 

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले बितेको एक वर्षमा मात्रै ११७ वटा योजना निर्माण गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा तातोपानी गाउँपालिका ८ वटै वडाका विभिन्न बस्ती तथा विषयगत क्षेत्र तर्फ गरी कुल १२१ वटा योजना निर्माण गरिएको हो ।

तातोपानी गाउँपालिकामा विहिबार आयोजित आव २०८२÷०८३ को वार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार वित्तिय समानीरकण, प्रदेश सर्शत, संघीय सर्शत, संघीय विशेष र संघ तथा प्रदेशको समपुरक प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फका गरी १२१ वटा योजना निर्माण सम्पन्न भएका हुन् । 

योजना शाखा प्रमुख ओम बहादुर चन्दले विगतको तुलनामा तातोपानीको पुँजीगत खर्च न्युन भएको बताए । उनका अनुसार यस आवमा तातोपानीको कुल पूजीगत खर्च ५२.१० प्रतिशत भएको छ । चालुतर्फ ८२.८४ प्रतिशत मात्रै खर्च भएको छ । 

कुल बजेट ५५ करोड २४ लाख ७२ हजार ६२४ मध्य पुँजीगत तर्फ विनियोजित २० करोड ४१ लख २ हजार मध्य १० करोड ४४ ंलाख ३२ हजार ९०८ रुपैयाँ मात्रै खत्र्र भएको छ । भने चालु तर्फ विनियोजित ३५ करोड २० लाख ६० हजार ६६४ रुपैयाँ मध्य २९ करोड १६ लाख ५९ हजार ५६८ रुपैया अर्थात ८२ प्रतिशत खर्च भएको छ । समग्र बजेट खर्च ७१.६९ प्रतिशत बजेट खर्च भएको योजना शाखा प्रमुख चन्दले जानकारी दिए ।

प्रगती प्रतिवेदन मध्य निर्माण सम्पन्न भएका १२१ वटा योजना मध्य २५ वटा योजनाको भुक्तानी दिइएको छैनन् । विगतमा वैशाखमै अन्तिम भुक्तानी दिएर असारे विकासलाई अन्त्य गरेको तातोपानी गाउँपालिकाले यस वर्ष समयमै विल नउठेको, उपभोक्ता सम्पर्कमा नआएको, अन्तिम समयमा भुक्तानी लिन आएपनि सिस्टमले काम नगरेका कारण १ करोड ५१ लख ५४ हजार बराबरका २५ वटा योजनाको भुक्तानी नभएको योजना शाखा प्रमुख चन्दले उल्लेख गरे । 

साथै यस आर्थिक वर्षमा तातोपानीले कुल ४४ करोड ४७ हजार राजश्व संकलन गरेको छ । जुन अन्य पालिकाको तुलनामा धेरै हो । साथै समृद्ध तातोपानी बनाउने अभियान सहित विषगत क्षेत्रनै निर्धारण गरेर बजेट खर्च गर्ने गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनका अनुसार आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अनुशासन, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा गरी उल्लेखीय रुपमा लगानी गरिएको बताए ।

सबैको सहयोग र साथले सिमित स्रोत साधनका बीच पनि चार वर्ष सफल रुपमा बितेको र अबको एक वर्षलाई सफल बनाउन सबैले रचनात्मक सहयोग तथा सुझाव दिन अनुरोध गरे । तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले यस वर्षमा तातोपानीले सामाजिक विकास उल्लेखीय लगानी र काम गरेको बताइन् । 

हामीले आबश्यकता अनुसार भौतिक विकास संगै सामाजिक रुपान्तरणका लागि सामाजिक विकास शिर्षकमा २२ करोड ७२ लाख ५९ हजार बढी विनियोजन भएकोमा १८ करोड ७७ लाख बढी रकम सामाजिक विकासमा लगानी भएको बताईन् । अबको एक वर्ष समृद्ध र नमुना तातोपानी बनाउने संकल्प सहित काम गर्ने उल्लेख गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले सुशासन तथा पारदर्शीता कायम गर्न र नागरिकका गुनासो सुनुवालाई प्रभावकारी गर्न समिक्षा कार्यक्रम गरिएको बताए ।समिक्षा कार्यक्रममा आएका सुझावहरुलाई आगामी दिनमा नीति कार्यक्रममा संबोधन गरिने उल्लेख गरे । 

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस