
जुम्ला ः नेपालको आर्थिक तथा सामाजिक विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु महत्वपूर्ण साझेदारको रूपमा रहेको पाइन्छ । नेपालको संविधानले यस किसिमका सङ्घ÷संस्थाको लगानी र भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकता प्राप्त क्षेत्रमा संलग्न गराउने विषय प्रष्ट पारेको देखिन्छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाले सामाजिक कुरीती बिरुद्धका बिभिन्न अभियान थालेको छ । बालविवाह ,अंपांगता भएका ब्यक्तिको हक अधिकार र छाउपडी प्रथा जस्ता बिषय बस्तुमा टेकेर काम गर्दै आएको छ ।
जुम्लामा बालविवाहको अवस्था गम्भिर बन्दै गएको वर्तमान परिवेशमा क्याड नेपाल जुम्लाले बालविवाह न्यूनिकरण गर्नका लागि पालिका स्तरमा रणनितिक योजना ,निमार्णमा भुमिका खेलेको क्याड नेपाल जुम्लाका संयोजक गिरीराज अधिकारीले बताए । उनले भने, जुम्लाको हिमागाउपालिका महिला संञ्जालसँग समन्वय गरेर घरेलु हिंसा ,बालविवाह, छाउपडी बिरुद्ध सचेतनाका कार्याक्रम गर्दै आएको छ ।
त्यस्तै सिजा गाउँपालिकामा अपांग संञ्जालसंगको समन्वयमा काम गर्दै आएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकामा दलित समुहसंगको समन्वयमा काम गर्दै आएको छ । सुरक्षित विद्यालय, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि चेतना, युवा, महिला, बालबालिकाहरुलाई स्थानीय स्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहक मार्फत बिभिन्न कार्यक्रम गरेको बताए ।
सोमबार पत्रकारहरुसंग भेटकाट कार्यक्रमा संयोजक अधिकारीले क्याडले संञ्चालन गर्दै आएका क्रियाकलाप र आगामी दिनमा संञ्चालन हुने गतिबिधिका बारेमा सुझाव संकलन गरेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले ग्रमिण भेगको आबश्यकताको आधारमा कर्याक्रम संञ्चालन गर्न अनुरोध गरे । उनले फिल्ड क्षेत्रमा बिभिन्न संस्थाले संचालन गर्ने हरेका क्रियाकलापको बिषयमा अनुगमन गर्ने, नियमन गर्ने निकाय हुनु पर्ने बताए ।
त्यस्तै पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बालविवाहले किशोर किशोरीमा नकारात्मक प्रभाव गरेको छ । बालविवाहले महिलाको प्रजनन स्वास्थ्यमा समस्या भई यसको असर जीवन कालभर रहने हुदा अन्त्ये गर्र्नुपर्ने बताइन् । उनका अनुसार समाजिक कुरीती रोक्नका लागि सबैको समन्वय सकहकार्य आबश्यक रहेको छ ।



