विद्यार्थीका टाउँका गनेर दरवन्दी मिलान गर्ने अभियानमा तातोपानी गाउँपालिका


सामुदायिक विद्यालयमा शिक्षक छन्, विद्यार्थी छैनन्
जुम्ला : निजि विद्यालय बोडिङ स्कूलका प्रभावका कारण सामुदायिक विद्यालयमा विद्यार्थी थाम्दै हैरान छ । सामुदायिक विद्यालयमा पढाई गुणस्तर नहुने गरेको भन्ने अभिभावकलाई बुझाई भएपछि ज्याला मजदुरी गरेरै भएपनि बोडिङ स्कूलमै पढाउने गरेका हुन् । यिनै कारणले गर्दा सामुदायिक विद्यालयमा शिक्षक हुने तर विद्यालय नहुने गरेका हुन् ।
बोडिङ स्कूलको पहुँच नभएका र धेरै विपन्न अभिभावकका बालबच्चा मात्रै सामुदायिक विद्यालयमा देखिने गरेका छन् । राज्यले नै गुणस्तर यूक्त रुपमा सञ्चालनमा ल्यााउने पर्ने सैशिक संस्थाहरु पछिल्लो समयमा निजीकरण हुदै आएपछि सामुदायिक विद्यालयमा यस्तो समस्या आएको भन्ने नागरिकको बुझाई पनि छ ।
सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक हुन्छन्, भौतिक संचना शौचालयदेखि खानेपानी, फर्निचर शैक्षिक सामग्री पनि हुन्छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाले मोटो रकम पनि खर्चेका छन् । बोडिङ स्कूलमा विद्यार्थी ठेलमठेल हुन्छन् तर सामुदायिक विद्यालयमा निकै न्यून संख्यामा विद्यार्थीको उपस्थिति देखिने गरेको छ ।
यस्तै समस्यालाई मध्येनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी मिलान गर्न, शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यालयमा हुने अनियमितता रोक्न विद्यार्थीका टाउका गन्न थालेको छ ।
हिमाली जिल्ला जुम्लामा फागुन देखि मंसिरसम्म बार्षिक शैक्षिक क्यालेण्डर हो । अहिले मंसिरको अन्तिम साता सामुदायिक बार्षिक परीक्षा सञ्चालनमा छन् । बार्षिक परीक्षामै विद्यार्थीको एकिन तथ्यांक लिनकै लागि टाउँका गन्ने काम थालेको हो ।
अर्काे तर्फ विद्यालयहरुले नक्कली विद्यार्थी देखाएर खाजा रकम र छात्रवृत्ति अनियमितता गरेको गुनासो बढेपछि तातोपानी गाउँपालिकाले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीका टाउका गन्न थालेको हो ।


अनुगमनका क्रममा तातोपानी गाउँपालिका – ५ श्रीनगरको आधारभूत विद्यालयमा कक्षा ४ मा ८ जना छात्रा मात्रै अध्ययनरत छन् । यस्तै वडा ६ रावतवडा स्थित बसन्त आधारभुत विद्यालय कक्षा १ सम्म स्वीकृत छ । कक्षा १ मा ८ जना भर्ना भएको हाजिरी रजिष्टरमा देखिन्छ । तर बार्षिक परीक्षामै ५ जना मात्रै उपस्थिति देखियो । इसिडि कक्षामा १९ जना भर्ना भएको हाजिरी रजिष्टरमा उल्लेख छ, परीक्षामा १० जना मात्रै उपस्थिति भएको प्रधानाध्यापक हरिप्रसाद चौगालाईले बताए । उनले भने यो टोलमा ३६ घरधुरी छन् । दरवन्दी शिक्षक १ जना, इसिडि शिक्षक १ जना र निजी शिक्षक १ जना गरी ३ जना शिक्षक र १ सहयोगी छन् ।
तातोपानी गाउँपालिका – ४ नियापानी स्थित ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा पनि न्यून संख्यामा विद्यार्थीको उपस्थिति देखियो । १३५ घरधुरी रहेको नियापानी गाउँमा रहेको विद्यालयमा सवै कक्षा गरी ५० जना पनि विद्यार्थी उपस्थिति देखिएन । एक शिक्षिकाले भनिन् अभिभावकलाई बालबच्चा विद्यालय पठाउ भन्दा मान्दैनन् । धेरै जसो अभिभावकले बालबच्चा घरायासी काममै लगाउन्छन् । छोराछोरी पठाउनु पर्छ भन्ने चेतना छैनन् ।
यस्तै तातोपानी गाउँपालिका १, २, ३, ४, ५, ६ वडामा रहेको आधारभुत विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून रहेको छ । एउटा कक्षामा ४÷५ जना मात्रै विद्यार्थीको उपस्थिति देखिन्छ ।
तातोपानी गाउँपालिकामा वार्षिक परिक्षा चलिरहेको बेला विभिन्न समुह बनाएर विद्यार्थी गणना भइरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईँले बताए । ‘गाउँपालिकाले तयार गरेको टिमले विद्यालयमै पुगेर परीक्षामा सामेल विद्यार्थी र हाजिरी रजिष्टरमा उल्लेखित विद्यार्थी सँख्या गणना गरेको छ । परीक्षाको बेला भएकोले विद्यार्थी अपवाद बाहेक अनुपस्थित हुदैनन्, कति विद्यार्थी नक्कली हुन भन्ने पत्ता लगाउन सजिलो हुन्छ अध्यक्ष चौंलागाईले भने ।
तातोपानी गाउँपालिकाका आठै वडामा जम्मा २८ वटा सामुदायिक विद्यालय छन् । हप्ता दिन बढीको समय खर्चेर सवै विद्यालयको अनुगमन गरिएको तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत शाहीले बताए । विद्यार्थी गणनाका अलावा विद्यालयको समस्या पहिचान समेत गरिएको उनले बताए । ‘विद्यालयको अवस्था, खानेपानी, शौचालय, फर्निचरको उपलब्धता र शिक्षक शिक्षिकाको सँख्याका विषयमा पनि अनुगमन भइरहेको छ, विशुद्ध सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबुत बनाउन र विद्यालयमा हुने अनियमितता रोक्न यो अभियान सार्थक हुने विश्वास गरिएको छ ।’ उनले भने ।
सबै विद्यालय अनुगमन गरी सकेका छौ । २÷४ दिन भित्रै प्रतिवेदन सार्वजनिक गरिने समेत उनले जानकारी दिए । कुनै विद्यालयमा शौचालय र खानेपानी समेत उपलब्ध छैन । तातोपानीमा भइरहेको अनुगमनले विद्यालयको समस्या पहिचान गर्ने तथा समाधानका उपाय नजिक पुग्न सघाउ पुर्याउने प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए । कम विद्यार्थी र शिक्षक धेरै भएका विद्यालय पनि भेटिएका छन्, अव दरबन्दी मिलान गर्ने विषयमा पनि छलफल हुने उनले बताए ।

 

 

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस