जुम्ला । हिमा गाउँपालिका ४ निवासी काली शाही आँखा नदेख्ने समस्याले वर्षौदेखि पिडित हुनुहुन्थ्यो । कमजोर आर्थिक अबस्थाले जिल्ला बाहिर जानु त परकै कुरा हो,सदरमुकामकै आँखा उपचार केन्द्रमा समेत पुगेर आँखा जचाँउन मुस्किल थियो ।
घरको धुँलो धुवाँले आँखा नदेख्ने समस्या जटिल बन्दै गएको अबस्थामा कालीले सोमबारदेखि पुनःसंसार देख्न पाउनु भएको छ । हिमा गाउँपालिकाले संचालन गरेको बृहत्त तीन दिने एकिकृत स्वास्थ्य शिविरमा आँखाको मोतिया बिन्दुको शल्यक्रिया सफल भएपछि काली शाहीले पुनः संसार देख्ने अबसर पाउनु भएको हो ।
कालीले भन्नुभयो,“शल्यक्रिया गर्ने डाक्टर,शिविर संचालन गर्न पलह गर्ने पालिका अध्यक्ष,आयोजक कसैलाई नजिकबाट चिन्दीन् । तर मेरो आँखाको ज्योती फिर्ता गरिदिने डाक्टर,पालिका अध्यक्ष लगायत सबै मेरा लागि भगवान बनेर आए । बुढेसकालमा पुनःसंसार देख्ने अबसर पाएकी छु । संसारमा म भन्दा अरु खुसी को हुन सक्छ ।”
त्यस्तै,हिमा २ का जुद्ध रोकाया पनि गाउँमै आँखाको शल्यक्रिया गर्न पाउँदा निकै खुसी छन् । आर्थिक अबस्था कमजोर भएका रोकायाले स्वास्थ्य शिविरबाट गाउँमै पाएको विशषज्ञ सेवाले ठुलो राहत मिलेको उहाँको भनाई छ ।
हिमा ३ की जैकली रोकाया लामो समयदेखि पाठेघर क्यान्सरसंग लडीरहेकी थिईन् । आर्थिक अभावले घरमै थन्कीएकी रोकायाको चेकजाँचपछि थप उपचारका लागि उहाँलाई पोखरा रेफर गरिएको छ ।
उपचार नपाएर मृत्यु कुरिरहेकी जैकली अब नयाँ जीवन पाउने आशामा मात्र छैनन् । स्थानीय सरकार होस् त हिमा गाउँपालिका जस्तो दुखी गरिबको सहारा बन्ने होस भनेर मुक्तकण्ठले प्रशंसा गर्नु भएको छ ।
पुष २ देखि ४ गते सम्म तीन दिन संचालित निःशुल्क स्वास्थ्य शिविबारबाट काली,जुद्ध र जैकली जस्ता सयौ विपन्न नागरिकले गाउँमै निशुल्क विशषज्ञ उपचार पाउँदा खुसीसंगै राहत महसुश गरेका छन् ।
शिविरमा उपचार गराउन आएका सबैलाई पालिकाकै सहयोगमा खानाको व्यवस्था गरिएको थियो । पालिकाका विपन्न नागरिकको राहत र स्वास्थ्य सेवामा पहुँच बृद्धिका लागि गाउँमै शिविर संचालन गरिएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
उनले भने,“आर्थिक अबस्था कमजोर हुँदा धेरै नागरिक जटिल रोग लुकाउन बाध्य छन् । सदरमुकाममै गएर उपचार गराउन नसक्ने स्थिती छ । स्थानीय सरकारको अनुभुति दिलाउन शिविरको आयोजना गरिएको हो ।”
हिमाको अध्यक्षमा लक्ष्मण शाही निर्वाचित भए यता हिमा गाउँपालिकामा हाल सम्म ३ पटक आँखा,हाडजोर्नी,प्रजन स्वास्थ्य लगायत समस्याको निशुल्क स्वास्थ्य शिविर संचालन भईसकेको छ ।
हिमा गाउँपालिका १ बड्की स्थित कालिका माविमा पालिकाको आयोजना तथा ‘कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक र प्राविधिक सहयोगमा’ पुष पहिलो हप्ता ३ दिनसम्म संचालित स्वास्थ्य शिविबारबाट हिमा सहित जुम्लाका अन्य पालिका र कालिकोटका गरी १ हजार ५ सय ६६ जना लाभान्वित भएका थिए ।
जम्मा १५ सय ६६ जना मध्य १२ सय ३५ जना महिला र ३ सय ३१ जना पुरुषले सेवा लिएको कालिका माविका लेखापाल धनराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ७ सय ३७ जना महिलाले ओपिडी सेवा लिएका थिए ।
४ सय ५१ जना महिलाले स्त्रीरोग सम्बन्धी विशेषज्ञबाट उपचार गराउँदा ८ सय २८ जनाले महिला पुरुषले आँखाको उपचार गराएका छन् । आँखा जाँच गराएका मध्य ३५ जनाको शल्यक्रिया गरिएको छ । जसमा महिला १९ र पुरुष १६ जना रहेको लेखापाल शाहीले जानकारी दिनुभयो । भने,३ सय ६३ जना महिला पुरुषले दन्तरोग सम्बन्धी उपचार गराएका छन् ।
सिंजा,कनकासुन्दरी,पातारासी र तिला तथा कालिकोटका तिलागुफा,पलाता र महाबै गाउँपालिकाबाट गरी समग्रमा बाहिरबाट ३ सय जना नागरिक शिविरबाट लाभान्वित भएका थिए ।
हिमाका ७ वटै वडाका नागरिकले शिविबाट राहत महसुश गरेको अध्यक्ष शाहीको भनाई छ । स्वास्थ्य चेकजाँच तथा उपचार पछि १५ सय ६६ जनालाई आबश्यक औषधी वितरण गरिएको हिमाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए ।