तिलाका अभिभावकलाई बालबिवाह र लागुओैषध न्युनिकरण शिक्षा

जुम्ला । पछिल्लाे समय जुम्लामा बालबिवाह र लागू ओैषधकाे दुव्र्यसनी बढ्दै गएकाे छ । बालबिवाह र लागुओैषध प्रयाेग बढ्नुका विभिन्न कारण मध्य अभिभावककाे लापरबाहि मुख्य कारण हाे ।

आफ्ना छाेराछाेरीका नियमित गतिविधि ननियाल्ने,निगरानी नगर्ने जस्ता कुराले बालबिवाले गाउँघरमा प्रसय पाएकाे छ । अझ बेलैमा बिहे गरिदिए पुण्य कमाउने पुरातन साेचले समेले बालबिवाह बढेकाे छ । त्यसै सडककाे विकाससंगै यूवायुवती लागू ओैधषकाे दुव्र्यसनिमा नराम्ररी फेसका छन् । यसमा अभिभावककै बढी कमजाेरी देखिन्छ ।

बढ्दाे बालबिवाह र लागू ओैषधकाे दुव्र्यसनीकाे जाेखिमबाट बालबालिकालाई टाढा राख्न किर्डाक नेपालले सचेतनामुलक तालिम,गाेष्ठि गर्दै आएकाे छ । जसअन्तरर्गत पुस २२ र २३ गते तिला गाउँपालिकाका दुई गाउँमा बालबिवाह न्युनिकरण र लागुओैषध नियन्त्रणबारे अभिभावकलाइ तालिम दिईएकाे किर्डाक नेपालका फिल्ड अधिकृत श्रीराम थापाले बताए ।

उनले भने,”वल्र्ड भिजन ईन्टर नेश्नल नेपाल र किर्डाक नेपाल जुम्लाकाे साझेदारीमा संचालित बालसंरक्षण कार्यक्रम अन्तरर्गत सिंजा (CESP) परीयाेजना मार्फत तिलाकाे वडा नं १ रारा गाउँ र वडा नं ७ पुरु गाउमा १/१ दिने अविभावक शिक्षा (तालिम) सम्पन्न भएकाे छ । अभिभावकले बालबिवाह नगराउने प्रतिबद्दता समेत गरेका छन् ।”

उक्त कार्यक्रममा रारालिहि प्रहरी चाैकी र तिला गाउँपालिकाकाे समेत समन्वय थियाे । दुई दिने तालिममा अभिभावकलाई बालबिवाह स लागुओैषधले बालबालिकाकाे शारिरिक,मानसिक रुपमा गर्ने असर,शिक्षा,स्वास्थ्य राेजगारबाट बन्चित हुने र मृत्यु समेत हुने भएकाेले सचेत रहन बालबालिकाकाे नियमित निरागरानि राख्ने बारेमा सिकाईएकाे छ ।

तिला वडा नं.१ का वडाध्यक्ष जंग बहादुर बस्नेतले वडाबाटै बालबिवाह न्युनिकरण अभियान थालिने बताए । उनले भने,”बालबिवाह गर्नेलाइ सरकारी सेवासुविधाबाट बन्चित गराईने छ । भने अभिभावकलाई समेा दण्डित बनाईने छ । अभियानकै रुपमा अघि बढ्न तयार छाै ।”

सामाजिक कुरिति हरुलाई न्युनिकरण गर्नका लागि किर्डाकले स्थानिय सरकार,प्रहरी चाैकि,स्थानिय बुद्दिजीविहरु संग प्रभावकारी समन्वय गरि आगामी दिनमा पनि सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अभिभावककाे माग छ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस