ढाका बुनाईमै भविष्य खोज्दै तिलाका ग्रामिण महिला


जुम्ला । जुम्लाको तिला गाँउपालिकाका महिला ढाँका बुनाई सिप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । ढाकाबाट बन्ने विभिन्न कपडा बुन्ने सिप सिकेसंगै तिलाका ग्रामिण महिला आत्मनिर्भर हुन थालेका हुन् ।

तिला गाउँपालिका वडा नंं १ की संगिता बुढाले एक महिने ढाँका बुनाई सिप सिकि सक्नु भएको छ । सिपलाई व्यवसायीकतामा बदल्ने र आर्थिक रुपमा सक्षम बन्ने बुढाको सोच छ । सिप सिकि सकेको र पालीकाले थोरै लगानी गरे ढाँका व्यवसायमै आत्मनिर्भर बन्ने उनको भनाई छ ।

तिलाकै कुन्ती रावत ढाँका बुनाई तालिमले आफुलाई आत्मनिर्भरको बाटोमा डोहोराएको बताउछिन् । घरको मेलापातमा सिमित मलाईलाई उद्यमशीलतामा जोड्न तालिम कोशेढुंगा सावित भएको छ । उनले भनिन,“बजारमा ढाकाको कपडाको माग बढ्दो छ । उद्यमी प्रयाप्त छैनन् । थोरै आफ्नो र थोरै स्थानीय सरकारले लगानी गरिदिए व्यवसायीक रुपमा ढाका उद्योग खोल्ने तयारी छ ।”

सिपलाई व्यवसायीकतामा बद्लेर आर्थिक रुपमा आत्मनिर्भर बन्ने तिलाका संगिता र कुन्ती जस्तै तालिम लिएका १६ जना ग्रामिण महिलाले सपना बुनेकी छन् ।
उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय र तिला गाउँपालिकाको आयोजनामा गाउँपालिका गत मंसिर २५ देखि पुष २५ गते सम्म एक महिने ढाका बुनाई तालिम संचालन भएको थियो । जुन तालिमबाट तिलाका १६ जना महिला प्रत्यक्ष लाभान्वित हुनु भएका छन् ।

एक महिने उक्त तालिमको सोमबार औपचारिक रुपमा समापन गरिएको छ । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले महिला लक्षित ढाका बुनाई व्यवसायमा स्थानीय सरकारले लगानी गर्ने बताए । उनले तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न उद्यमशीलतामै जोड दिनुपर्ने उल्लेख गरे । ढाका कपडाको उत्पादन तथा बजारीकरणमा समेत पालिकाले सहजीकरण गर्ने उनको भनाई छ ।

सीप सिकेर आफैँ उद्योग सञ्चालन गर्ने र ढाका बुनाइबाट आत्मनिर्भर बन्ने सोचमा रहेका महिलाहरुलाई उद्यमशीलतामा अग्रसर गर्न पालिकाले लगानी गर्नुपर्ने उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

कार्यालयले पनि ढाका बुनाईकलाई व्यवसायीकता दिने महिलालाई सहयोग गर्ने उल्लेख गरे । तालिममा तिलाका ३ वटाका १६ जना महिला सहभागी भएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले महिलालाई घरधन्दामा मात्र्र सिमित नगरी उद्यमशीलतामा जोड्न सिप मुलक कार्यक्रमले टेवा पुराउने विश्वास व्यक्त गरे । बजारमा बढ्दो ढाकाको कपडाको मागलाई पुर्ति गर्न सके महिलाले मनग्य आम्दानी गर्न सक्ने समेत उनको भनाइ

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस