मौरीपालनबाटै आत्मनिर्भर गुठिचौरका धर्मसिंह भण्डारी


जुम्ला । जुम्लाको गुठिचौर गाँउपालिका वडा नम्वर ५ निवासी धर्मसिंह भण्डारी मौरी पालक किसानको रुपमा परिचित हुनुहुन्छ । उहाँ वषौ देखी मौरी पालन ब्यवसायमा हुनुहुन्छ । गुठिचौर गाँउपालिका–५ कुम्डि घर भएका भण्डारी भन्छन,“मौरी किरा होईन हिरा हो । भण्डारीले जुम्लालाई महमा आत्मनिर्भर बनाउने अभियानमा लागेको छु । स्थानीय सरकारको अपेक्षामा छु ।”

वषौदेखि घारमा मौरी पालन गदै आउनुभएका भण्डारिले मौरी पालनबाटै आफ्नो पहिचान स्थापित भएको बताए । व्यवसाय सुरु गर्दा जुम्लाका लागि पहिला नयाँ ब्यवासय भएको बताउदै अहिले मौरीपालन स्रोतकेन्द्रको रूपमा स्थापित हुन थालेको उनको भनाई छ ।

जेठ महिना र कार्तिक महिनामा मौरिको मह निकाल्ने गरिन्छ । आफुले उत्पादन गरेको मह जुम्लामै खपद हुने गरेको भण्डारीले उल्लेख गरे । मौरी पालनबाट पनि राम्रो कमाइ भइरहेको छ । मौरीपालनमै रम्ने भण्डारीको जीविकोपार्जनको स्रोतनै मौरी पालन हो ।

मौरी पालनलाई व्यवसायीक बनाउन स्थानीय तहले अपेक्षित सहयोग नगरेको उनको गुनासो छ । अर्थतन्त्रमा योगदान गर्न सक्ने भएकाले जुम्लालाई मौरी पालनमा आत्मनिर्भर बनाउनेगरी लगानी बढाउनु पर्नेमा उनको जोड छ ।

आफुले गरेको मौरी पालन व्यवसाय देखेर पछिलो समय गाँउका किसानहरु व्यवसायीकरुपमा मौरी पालन व्यवसायमा आर्कषित भएका छन् । भण्डारीले थपे,“मौरीको मह प्रतिकेजी २ हजार ८ सय र एक मानाको १ हजार ५ सयमा विक्री हुने गरेको छ । व्यवसायीक मौरीपालन गरेको खण्डमा मनग्य आम्दानी गर्न सक्ने सम्भावना छ ।”

मौरीपालनलाई व्यवसायीक रुपमा अघि बढाउन सरसफाईमा ध्यान दिनुका साथै तोरि,स्याउ, आरु,खुरपानि, ढुटेलो लगायत फूल फूल्ने खेतीमामा जोड दिनुपर्नेमा गुठिचौर गाँउपालिका ३ का जुद्धे विकले बताए ।

मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट रहेका विकले भन्छन,“लगानी कम लाग्ने र आम्दानी धेरै हुने व्यवसाय भनेकै मौरी पालन भएकोले मेहेनत गरेको खण्डमा आर्थिक रुपमा सक्षम हुने सम्भावना पनि छ । ठुलो लगानी लगाएर बैदेशिक रोजगारीको शिलशिलामा देशका लाखौ युवा विदेशको खाडीमा छन् । कृषि पेशामा यूवालाई आर्कषित गर्ने नीतिको खाँचो छ ।

मौरी पालन एक कृषि पेसा हो । यो पेसा महका साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा बषौ अघि देखि मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । यसलाई घरमै पल्न थालियो । छुरि र धुवा को प्रयोग गरेर मह निकालेर भाडोमा भर्ने चलन थियो । मौरीलाई असर नपुर्याई वा नस्ट नगरि मह निकाल्न गर्ने गरिन्छ । यस पेसाका लगि धेरै जग्गा वा लगानिको अवश्यकता पर्दैन । यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस