जुम्ला । विभिन्न अत्याआबश्यक नीतिहरु पारित गर्दै गुठिचौर गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । विभिन्न १२ वटा ऐन,नियमावली तथा कार्यविधि पारित गर्दै गाउँसभा सम्पन्न भएको हो । बिहिबार गाउँपालिका केन्द्र धवलमुडिमा सम्पन्न १३ औँ गाँउसभाले १२ वटा नीतिहरु पारित गरेको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार बहुमत कार्यपालिका सदस्यहरुको सहमतीमा स्थानीय राजपत्र प्रकाशन कार्यविधि–२०७९,न्यायीक समितिले उजुरी कारवाहि किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्वन्धमा व्यवस्था गर्न वनेको ऐन–२०७९,खानेपानी गुणस्तर अनुगमन निर्देशिका– २०७९,गुठिचौर गाँउपालिकाको मिलमिलाप संञ्चालन सम्बन्धी कार्यविधि–२०७९ पारित भएको हो ।
त्यस्तै,शिक्षण सिकाई अनुदान कोटामा स्वयम सेवक शिक्षक सम्बन्धी कार्यविधि–२०७९,गुठिचौर गाँउपालिकाको विपद व्यवस्थापन कोष खर्च मापदण्ड–२०७९, गुठिचौर गाँउपालिकाको सार्वजिक खरिद नियामावली–२०७९,गुठिचौर गाँउपालिकाको टोलविकास संस्था गंठन कार्यविधि–२०७९,गुठिचौर गाउँपालिकाको आवासिय विद्यालय सम्बन्धी कार्यविधी–२०७९,गुठिचौर गाउँपालिका होमस्टे संञ्चालन कार्यविधि–२०७९ पारित भएको छ ।
भने,गुठिचौर गाँउपालिकामा सुरक्षित खानेपानि युक्त समुदाय घोषणा कार्यविधि–२०७९,लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रणनीति–२०७९ गरी १२ वटा ऐन नियामवली र कार्यविधि पारित गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
गाउँसभामा अध्यक्ष बुढाले गुठिचौर सेवा प्रवाह र विकासको अग्रपन्तmीमा बढी रहेको बताउनु भयो । उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारीले) महिला शसक्तिकरण,पालिकाले जोड दिदै आएको उल्लेख गर्नुभयो ।
पारित गरिएका नीतिहरुले पालिकाका दैनिक कार्य सम्पादनमा सहज हुने अपेक्षा रहेको प्रमुख प्रशासकिय अधिकृत देवकी रावतले बताउनुभयो । गाउँसभामा सहभागी गाउँसभा सदस्यहरुले गुठिचौर गाउँपालिकालाई कृषि,शिक्षा,पर्यटन,पूर्वाधार विकास तथा सेवा प्रवाहमा नमुना र पहिलो पालिका बनाउन कर्मचारी र जनप्रतिनिधि बीचको समन्वय प्रभावकारी हुनु पर्नेमा जोड दिएका थिए ।
गुठिचौरका कृषि पर्यटनका सम्भावनालाई अबसरमा रुपान्तरण गर्न तथा स्थानीय स्रोतको परिचालन गरी समृद्ध पालिका बनाउने तर्फ केन्द्रित हुनु पर्ने उहाँहरुको भनाई छ ।
गाउँसभाबाट विभिन्न शिर्षकको बजेट समेत शिर्षकान्तर गरिएको छ ।