.जुम्ला । किसानलाई गुठिचौर गाउँपालिका कृषि शाखाले कृषि सामाग्री बितरण गरेको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको गाउँपालिकाले जनाएको छ । गुठिचौर गाउँपालिका कृषि शाखाले आरि, सिकिचर, स्प्रे मेसिन,प्रङगारिक मल, सर्बो तेल, चुना, निला थुतो लगायत सामाग्री बितरण गरिएको कृषि शाखा प्रमुख उमेश न्यौपानेले जानकारी दिनुभएको छ ।
गुठिचौर गाउँपालिका १ देखि ५ सम्मका किसानलाई बितरण गरेको कृषि बिकास शाखा प्रमुख न्यौपानेले बताएका छन् । पालिका भित्रका स्याउ खेती गरेर उद्योग दर्ता भएका फर्महरुलाई दिएको छ । कृषि सामाग्रीहरु ३० जनालाई बितरण गरिएको हो । कृषि विकास शाखा प्रमुख उमेश न्यौपानेले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भनका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए । सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन उहाँको सुझाव छ ।
कार्यक्रममा बोल्दै गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान दिनु र सीप सहित आय आर्जनमा जोडिने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो।
कृषि औजार बितरण गर्दै गुठिचौर अध्यक्ष दान बहादुर बुढाले वास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने गाउँपालिकाको नीति रहेको जानकारी दिए । उहाँले भने, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नु भयो । कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धि नहुने अध्यक्ष बुढाले बताए ।
अध्यक्ष बुढाले कृषकहरुको मागका आधारमा बितरण गरिएका सामाग्रीहरुले उत्पादन बढाउनमा मद्दत गर्ने बिश्वास व्यक्त गर्नु भयो । गाउँपालिकामा कृषि क्षेत्र वढि रहेको र कृषकको उत्पादनलाई वृद्धि गर्नका लागि पलिकाले साथ दिने अध्यक्ष बुढाले बताए ।
सामाग्रीहरुले कृषकहरुको उत्पादनमा थप सहजता ल्याउने उहाँले दावी गएका छन । गुठिचौर गाउँपालिका कृषि शाखा प्रमुख उमेश न्यौपानेका अनुसार पालिकाको बिभिन्न वडाका किसानहरुलाई कृषी सामाग्री बितरण गरिएको हो ।
किसानहरुको लागि थप पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेकोमा कृषक रमाकान्त अधिकारिले धन्यवाद दिएका छन । कृषि सामाग्री पाउदा किसान खुशी भएका छन । गुठिचौर गाउँपालिकले बिगत ३ वर्ष देखी किसानलाई कृषि सामाग्री बितरण गर्दै आयको छ ।