जुम्ला । यहाँको तातोपानी गाउँपालिकाले बालमैत्री तथा बालबिवाहमुक्त गाउँपालिका बनाउन पाँच वर्र्षे रणनीतिक कार्ययोजना तयार गरेको छ । आगामी २०८३ सम्म तातोपानीलाई बालबिवाहमुक्त र बालमैत्री पालिका बनाउन ५ वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको हो ।
तातोपानीले आफ्नो १२ औँ गाउँसभाबाट बालबिवाह न्युनिकरण गर्न पाँच वर्षे रणनीति तयार गर्ने नीति पारित गरेको थियो ।
सोमबार सम्पन्न दुईदिने कार्यशाला गोष्ठीबाट पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा समेत तयार भएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार जिल्लाकै पहिलोको बालमैत्री पालिका बनाउन सबै जनप्रतिनिध प्रतिबद्ध रहेका छन् ।
बालबालिका संरक्षणका लागि पञ्चवर्षिय रणनीतिक कार्ययोजना निर्माण गोष्ठीमा सहभागी तातोपानीका जनप्रतिनिधिले ४ वटा कार्ययोजनाको मस्यौदा तयार गरेका छन् । पाँच वर्षमा ‘तातोपानीका महिला बालबालिकामा हुने दुव्र्यवहार श्रम शोषण,बालबिवाह अन्त्य हुने छ,बालबालिका पोषणयुक्त हुने छन्,लैगिक विभेद अन्त्य बालमैत्री नीति निर्माण र सशक्तिकरण भएको हुने छ र स्थानीयतहमा भएको स्रोत साधनको बाँडफाँडमा बालबालिकाको सहभागिता सुनिश्चित हुने छ ।’
उल्लेखीत ४ वटा कार्ययोजनाको प्रारम्भीक मस्यौदा दुईदिने जनप्रतिनिधिको कार्यशाला गोष्ठीले पारित गरेको किर्डान नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनुभयो । कार्ययोजना अनुसार ५ वर्षमा ९ सय ७१ वटा विभिन्न गतिविधि सञ्चालन हुने छन् । उनका अनुसार तातोपानीका ८ वटै वडामा बालविवाह न्युनिकरण,लागु औषध दुव्र्यसनी नियन्त्रण,बालमैत्री पूर्वाधार निर्माण,बालमैत्री ऐन नीति निर्माण लगायतका साढे ९ सयबढी जनचेतना मुलक कार्यक्रम संचालन हुने छन् ।
जनप्रतिनिधिलाई अधिवक्ता पदम बहादुर शाहीले बाल अधिकारका कानुनी व्यवस्था,समस्या पहिचान,समधानका विकल्पका बारेमा कार्ययोजना बनाउन प्रशिक्षण दिनुभएको छ । बालमैत्री नीति निर्माण,पूर्वाधार निर्माण,सेवा प्रवाहमा जोड दिदैँ पाँच वर्षमा बालमैत्री र बालबिवाह मुक्त पालिका घोषणा गरेरै छाड्ने तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताउनुभयो ।
उहाँले भन्नुभयो,“पाँच वर्षे रणनीतिक कार्ययोजना अक्षरंश पालना गरिने छ । मस्यौदालाई अन्तिम रुप दिन विज्ञसंग छलफल गरिने छ । यसै आर्थिक वर्षबाट कार्ययोजना अनुसारका काम अघि बढ्ने छन् ।” साथै पालिकाभरका सबै उमेर समुहका बालबालिको लगत संकलनको काम समेत अघि बढेको छ ।
कार्ययोजना अनुसार साढे २ करोड खर्च हुने
तातोपानी गाउँपालिकालाई पाँच वर्षमा बालमैत्री पालिका घोषणा गर्ने रणनीतिक कार्ययोजना अनुसार साढे २ करोडबढी बजेट खर्च हुने अनुमान छ । कार्ययोजना अन्तरर्गतका ९ सय ७१ व्टा गतिविधि संचालनका लागि अनुमानित २ करोड ७४ लाख बजेट खर्च हुने बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“बालमैत्री पालिका बनाउन तातोपानीले सम्बन्धीत दातृ निकायसंग समन्वय गरी काम गर्ने छ । दातृ निकाय र पालिका बीचको समन्वयका आधारमा बजेट व्यवस्थापन गरिने छ ।”
तत्काललै तातोपानीले बालबालिकाको प्रोफाईल तयार गर्नेकालाई अघि बढाउने छ । भने,पालिकाका ८ वटै वडा र बस्ती बस्तीमा कार्ययोजना अनुसारको जनचेतना अभिबृद्धि गर्न जनप्रतिनिधि,शिक्षक,अभिभावक,नागरिक अगुवा लगायतका सरोकारवाला निकाय खटिने तातोपानीका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
उहाँका अनुसार बालबिवाह मुक्त पालिका बनाउन पञ्चवर्षिय रणनीतिक कार्ययोजना काशेढुंगा सावित हुने छ । पालिकाले आगामी नीति तथा कार्यक्रममा बाल सहभागितालाई जोड दिईने र उनीका सवाललाई प्रथामिकता दिईने उल्लेख गगर्नुभयो ।
वल्र्डभिजनको सहयोगमा किर्डाक नेपालद्धारा संचालित समुदायमा आधारित बाल स्पन्सर तथा बाल संरक्षण परियोजनाको सहयोग तथा तातोपानीको आयोजनामा बालबालिका संरक्षणका लागि पञ्चवर्षिय रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको हो ।
फोटो क्याप्सनः पञ्चवर्षिय रणनीतिक कार्ययोजना निर्माण कार्यशाला गोष्ठी । तस्बिरःसागर परियार ।