दुर्गम भेरीखाेलामा बृहत्त निशुल्क स्वास्थ्य शिविर : पहिलाे दिनमै २५० जना लाभान्वित


जुम्ला । ताताेपानी गाउँपालिकाकाे दुर्गम क्षेत्र भेरीखाेलामा अहिले सम्मकै ठुलाे निशुल्क स्वास्थ्य शिखिरकाे आयाेजना गरिएकाे छ।

आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट बन्चित विपन्न नागरिककाे राहतका ‘जनता संग अध्यक्ष’ कार्यक्रम अन्तरर्गत ताताेपानी वडा नं.७ र ८ का नागरिककाे राहतका लागि भेरीखाेला क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर आयाेजना गरिएकाे हाे ।

दुई दिने शिविरमा पहिलाे दिनमै नागरिककाे उत्साहजनक सहभागिता थियाे । जसमा पहिलाे दिनमा २ सय ५० जना नागरिकले आफ्नाे स्वास्थ्य जाँच गरेका छन् । जसमा १ सय ४८ जना महिला र १ सय २ जना पुरुषगरी २ सय ५० जनाले शिविरबाट सेवा लिएकाे ताम्ति स्वास्थ्य चाैकिका निमित्ति प्रमुख सन्ताेष मल्ले बताए ।

उनका अनुसार स्त्रीराेग,नसा राेग,हाडजाेर्नि,ग्याष्टि्क लगायत विभिन्न समस्याकाे पहिचान र समस्या निधानकाे सल्लाह र ओैषधी समेत उपलब्ध गराईएकाे छ ।

गाउँमै उपचार पाउँदा खुसी छु । तिला ७ कि ८० वर्षिया रामकली रावत भन्छन,”शरिर दुख्ने,ओठमुख सुक्ने, ज्वराे आउने, पेट दुख्ने समस्याबाट लामाे समयदेखि पिडित थिए । खलंगाकाे ठुलाे अस्पताल गएर उपचार गर्ने पुँजी थिएन् । तर गाउँमै सेता एप्राेनधारी डाक्टर आउँदा साक्षात्कार भगवानै दर्शन पाए जस्ताे भयाे । भाेट हालि जिताया अध्यक्षले हामी बुढाबुढीकाे मन पनि जित्या । स्थानीय सरकारकाे बल्ल महसुश भयाे । सुखी लाग्याे।”

अहिले सम्म गाउँमा उचार गर्न काेहि आया छियानुन । अध्यक्षलेनै डाक्टर ल्याईकन आया थाहा पाएपछि उपचार गर्न आए निकै खुसी लागेकाे बताईन् । रामकलीजस्तै ताताेपानी ७ र ८ का सयाै नागरिक गाउँमै विशषज्ञ डाक्टरबाट उपचार पाउँदा खुसी भएका छन् ।

ताताेपानीका अध्यक्ष नन्दप्रसाद चाैलागाईले दुर्गम भेरीखाेला क्षेत्रका नागरिककाे माग र समस्यालाई मध्यनजर गर्दै निशुल्क शिविर संचालन गरिएकाे बताए । उनले भने,”शिविरकाे पहिलाे दिनमै नागरिककाे उत्साहजनक सहभागिताले स्वास्थ्य शिविरकाे ओैचित्य पृष्टि गर्याे । “जनतासंग अध्यक्ष कार्यक्रम” काे बजेट जनताकै हित हुने आबश्यकतामुखि काममा खर्च गरिने छ ।”

उपचारबाट बन्चित विपन्न नागरिकले राहत पाउने अध्यक्ष चाैलागाईकाे विश्वास छ । निशुल्क स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न राेगका एक दर्जन विशषज्ञ डाक्टरहरु ताम्ति स्वास्थ्य चाैकीमा पुगेका छन् । शनिवार पनि शिविर जारी रहने छ ।

तातोपानी गाउँपालिकाकाे आयाेजना तथा कर्णाली प्रतिष्ठानकाे प्राविधिक सहयाेगमा शिविर आयाेजना गरिएकाे हाे ।

 

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस