जनतासंग उपाध्यक्ष कार्यक्रमः‘महिला उद्यमशीलतादेखि ३६७ जेष्ठ नागरिकलाई कपडा वितरणसम्म’

जुम्ला । तातोपानी गाउँपालिकाको जनतासंग उपाध्यक्ष कार्यक्रम बाट महिला उद्यमशीलता विकासदेखि जेष्ठनागरिक सम्मान लगायतका काम भएका छन् । निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रममा जनतासंग अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम संचालन गरी तातोपानीका अध्यक्ष र उपाध्यक्ष जनतासंग भेटघाट तथा भलाकुसारी गर्न घरदैलोमा पुग्ने गरेका छन् ।

जस अन्तरर्गत तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले जनतासंग उपाध्यक्ष कार्यक्रम मार्फत केहि समयअघि सिलाई कटाई व्यवसायका लागि सिप र प्रविधि हस्तान्तरण गरेकी थिईन् । तातोपानीको विशेष दुर्गम क्षेत्र वडा नंंं ७ का ग्रामिण महिलालाई उद्यमशीलता संग जोड्न् २ लाख ५० हजार लगानीमा ११ वटा ईन्टरलक र २२ वटा आईरन मेसिन वितरण गरिएको उपाध्यक्ष रेवती रावलले बताईन् ।

उनले भनिन,“उद्यमशीलता संग जोडी महिला आत्मनिर्भर हुन सक्दैनन् । चुलो चौकोमा मात्रै सिमित महिलालाई आर्थिक उपार्जनमा सक्रिय बनाउन उद्यमशीलताका लागि सिपसंगै प्रविधि पनि दिएका छौ । मेरो पाँच वर्षे कार्यकालनै महिला शसक्तिकरण,महिला हिंसा न्युनिकरण र लक्षित वर्गको हितका लागि उल्लेखीय काम गर्ने सोच छ ।”

३७८ जेष्ठनागरिकलाई न्यानो कपडा वितरण
त्यस्तै जनतासंगै उपाध्यक्ष कार्यक्रम मार्फत शुक्रबार तातोपानी ७ र ८ नम्बर वडाका साढे तीन सयबढी जेष्ठनागरिकलाई सम्मान गरिएको छ । ७ र ८ नम्बर वडाका ६८ वर्ष माथिका ३ सय ६८ जना जेष्ठनागरिकलाई सम्मान स्वरुप स्वीईटर जकेट वितरण गरिएको उपाध्यक्ष रेवती रावलले बताईन् ।

चुनाव जितिसकेपछि जेष्ठनागरिकलाई कोसेली स्वरुप न्यानो कपडा लिएर गाउँमा पुगेको हुँ । उनले भनिन,“गर्मी समय सुरु भएपनि हिमाली जिल्लामा चिसो कायमै छ । अझ जेष्ठनागरिक चिसोबाट प्रभावित छन् । त्यस्तैले घरमा बस्दा वा बाहिर गाउँघर जाँदा समेत लगाउन मिल्ने आगामी हिउँदमा समेत काम लाग्ने मनसायले महिलालाई बाक्लो स्वीईटर पुरुषलाई जकेट दिइएको छ । यसले केहि राहत पुराउने आशा छ ।”

आफै भोट दिएर चुनाव जितेकी उपाध्यक्ष पहिलो पटक गाउँमा कोसेली बोकेर पुग्दा भेरीखोला क्षेत्रका जेष्ठनागरिक खुसी भएका थिए ।

वडा नंं. ८ का १ सय ८१ ज्ना र वडा नंं. ७ का नम्बर वडाका १ सय ८६ गरी दुई वडाका जम्मा ३ सय ६७ जना जेष्ठनागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरिएको तातोपानीका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताए । उनका अनुसार जनतासंग उपाध्यक्ष कार्यक्रमको ७ लाख ५० हजार लागतमा कपडा खरिद गरिएको हो । साथै स्वास्थ्य शाखाबाट ७ र ८ का १४ जना स्वयम सेविकालाई समेत मोबाईल वितरण गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाईले जानकारी दिए ।

यसरी उपाध्यक्ष रेवती रावलले जेष्ठनागरिक देखि ग्रामिण महिला लाभान्वित हुने गरी जनतासंग उपाध्यक्ष कार्यक्रम संचालन गर्दै आएकी छन् । आगामी दिनमा महिलालाई आर्थिक उपार्जनसंग जोड्ने,क्षामता विकास आत्मरक्षा,नेतृत्व विकास लगायतका क्षेत्रमा काम गरिने उपाध्यक्ष रावलको भनाई छ ।

प्रकाशित मिति : २०७९ चैत्र ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस