
जुम्ला । ताताेपानी गाउँपालिकाका किशाेर किशाेरीलाई जीवन उपयाेगि सीपकाे तालिम दिईएकाे छ । बढदाे बालबिवाह र लागू ओैषधकाे प्रयाेग घटाउन र किशाेरावस्थामा संवेदनशिल हुन जीवन उपयाेगि सीप तालिम दिईएकाे हाे ।
गरिबी देखासिकि अशिक्षासंंगै उधमशीलता र राेजगारीकाे अभावले दुर्गममा बालबिवाह र लागू ओेैषध दुव्र्यसनीकाे लत बढ्दै गएकाे छ ।
शिक्षित जनशक्ति थलाे र हलाे छाेड्दै गाउँघर त्यागेपछि गाउँमा बीचमै पढाइ छाेडेका, गरिबिकाे चपेटामा परेका समुदायहरुमा बालबिवाह बढ्दाे छ । भने गरिब देखि हुनेखाने परिवारकेै छाेराछाेरीहरु सडक संजालकाे विकाससंगै कुलतमा फस्दै गएका छन् ।
आर्थिक रुपमा सक्षम भईसेका,किशाेर किशाेरीहरुनै गरिबी देखासिकिले बालबिवाहकाे चंगुलमा परेका छन् । समाज रुपान्तरणका मेरुदण्ड मानिने किशाेर किशाेरीलाई बालविवाह तथा लागू ओेैषध दुव्यसनि विरुद्द जुट्न उत्पादनसंग जाेड्ने नीतिमा जुम्लाकाे ताताेपानी गाउँपालिकाले प्रथामिकता दिने भएकाे छ ।
ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईले पालिकाभरका किशाेर किशाेरीलाई उधमशीलतासंग जाेड्न्,उत्पादनमुखि कार्यमा संलग्न गराउन नीतिमै समाबेश गरि कार्यक्रम संचालन गरिने बताउनुभयाे ।
गरिबि अशिक्षाले बढेकाे बालबिवाह राेक्न उमशिलता विकासनै पहिलाे प्रथामिकता हाे । ताताेपानीकाे महिला तथा बालबालिका शाखाबाट आयाेजित किशाेर किशाेरीहरुका लागि ५ दिने जीवन उपयाेगी सिप सम्बन्धि तालिमकाे समापन गर्दै अध्यक्ष चाैलागाईले भन्नुभयाे,” सामाजिक कुरुति अन्त्य,उत्पादनमा किशाेर किशाेरीकाे सक्रियता र समाज रुपान्तरणमा अग्रसर हुन जीवन उपयाेगी सिप तालिमले प्रेरित गरेकाे छ । पालिकाले पनि किशाेर किशाेरीकाे क्षामता विकासमा जाेड दिईने छ ।”
आगामी आर्थिक वर्षमा किशाेर किशाेरीकाे क्षामता विकास, उत्पादन मुलक क्षेत्रमा यूवा सहभागिताकाे बृद्दिमा जाेड दिईने अध्यक्ष चाैलागाईले उल्लेख गर्नुभयाे।
सामाजिक कुरुति विरुद्द अभियान समेत चलाईने छ । भने पाँच वर्षभित्र ताताेपानीलाई बालबिवाह मुक्त घाेषणा गर्ने समेत याेजना रहेकाे छ । जसअन्तर्गत बालबिवाह न्युनिकरणकाे पन्चवर्षिय रणनितिक याेजना समेत तयार भईसकेकाे छ । वडा नम्बर ५ बाट बालबिवाह मुक्त अभियान थालिने छ ।
गरिबीकै कारण किशाेर किशाेरी बालविवाह गर्ने, लागू ओेैषध प्रयाेगकाे लतमा फस्दै गएकाेले गाउँगाउँमा क्बलहरुलाई सक्रिय बनाउने,सचेतना दिने र यूवालाई उधमशीलतामा जाेड्ने नीति ल्याउन तयार रहेकाे अध्यक्ष चाैलागाँईले प्रतिबद्दता गर्नुभयाे ।
सामाजिक कुसंस्कारकाे अन्त्य नगरी उत्पादनसंग यूवालाई नजाेडि समृद्द पालिका निर्माण सम्भव छैन् । ताताेपानीकी उपाध्यक्ष रेवती रावलले यूवा उधमशीलतामा पालिकाकाे पहिलाे जाेड रहेकाे बताउनुभयाे ।
पछिल्लाे समयमा प्रविधिकाे दुरुपयाेगले किशाेर किशाेरी कुलतमा फसेका छन् । भने बालबिवाह बढ्दै गएकाे छ । उहाँले भन्नुभयाे,”बाल विवाह लागू ओेैषध दुव्र्यसनिलाई न्युनिकरण गर्न उधमशीलता विकासमा पालिकाले जाेड दिने छ । त्यसका लागि किशाेर किशाेरी सामाजिक कुरिति विरुद्द उत्रिनु पर्दछ । यूवा उमशीलतासंगै जेहेन्दार यूवाहरुलाई शिक्षा स्वास्थ्य राेजगारका अबसर सृजना हुने नीति बनाईने छ ।”
गाउँमा विधमान कुरिति विरुद्द किशाेर किशाेरी जुटुन र उधमशीलतामा सक्रिय हुन भन्ने उदेश्यले जीवन उपभाेगी सिपबारे ५ दिने तालिमकाे आयाेजना गरिएकाे ताताेपानीका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवालले बताउनुभयाे ।
उनका अनुसार ५ दिनकाे अवधिमा ताताेपानी वडा नं १,५ र ६ का किशाेर किशाेरीलाई बालबिवाह,लागू ओेैषध दुव्र्यसनि अन्त्य,उमशीलताकाे विकास,समाज रुपान्तरणका आयाम,बालबिवाह लागू ओेैषध प्रयाेगले पार्ने असर लगायतका विषयमा सिकाईएकाे छ ।
तालिममा सहभागी किशाेर सुशील नेपालीले युवा उधमशीलता विकासमा पालिकाले जाेड दिनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,”जीवन उपयाेगि सिपबारे तालिम पाउँदा खुसी छाै । सामाजिक कुरिति अन्त्य र उत्पादनशिल क्षेत्रमा जुट्न चाहान्छाै । तर स्थानिय सरकारकाे सहयाेगकाे खाँचाे छ ।आगामि दिनमा सहयाेग पाउने आशा छ ।”
सुसिल जस्तै तालिममा सहभागी ताताेपानीका किशाेर किशाेरीले यूवा उधमशीलता,क्षामता विकास कार्यक्रम ल्याउन माग गरेका छन् ।



