तिला गाउँपालिका-६ का तीन गाउँ बालविवाह मुक्त घाेषणा

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नंंं. ६ स्थित दुर्गम तीन वटा गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव,रिपी र सुडिगाउँलाई मंगलबार जुम्लाको दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको हो ।

गरिबी,देखासिकी,प्रविधिको दुरुपयोगले बढ्दो बालबिवाह पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले शुन्यमा पुगेपछि तिला गाउँपालिका वडा नंं ६ लाई जिल्लाकै दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा छ ।

तिला ६ मा पर्ने घोडेमहादेव गाउँमा ६८,रिपी गाउँमा ३५ घरधुरी र सुडी गाउँमा ११० घरधुरी जम्मा २ सय १३ घरधुरीका २० वर्ष मुनिका कुनै पनि बालबिवाहले बालबिवाह नगरेको ५१ व्टा सुचक पुरा गरेपछि बालविबाह मुक्त घोषण गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

घोषणासंगै कार्यान्वयनमा चुनौती रहेकोले पालिकालाईनै बालबिवाह मुक्त बनाउने अभियानका साथ पालिकाभर कार्यक्रम संचालन गरिने अध्यक्ष रोकायाको भनाई छ । तिलाकी उापध्यक्ष गोरीकला बुढाले चेतनाको अभाव,गरिबीले बढ्दो बालबिवाह रोक्न उद्यमशीलताका कार्यक्रममा जोड दिनुपर्ने बताईन् ।

उनका अनुसार आगामी नीति तथा कार्यक्रममा उत्पादन बृद्धि,सामाजिक रुपान्तरण तथा यूवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाई कुरिती अन्त्यको अभियान चलाईने छ । भौगोलिक रुपमा विकट घोडे,रिपी र सुडिका नागरिकले बालबिवाह अपराध मात्र हैन् शिक्षा,स्वास्थ्य रोजगारका अबसरबाट बन्चित हुने बाधक हो भन्ने बुझी सकेका छन् ।

जसका कारण बालबिवाह मुक्त वडा घोषणा गर्न सफल भएको तिला ६ का वडाध्यक्ष जंग बहादुर रोकायाले बताए । उनका अनुसार आगामी दिनमा बालबिवाह गर्नेलाई कानुनी कारबाहि गर्नुका साथै पालिकाबाट दिईने सबै सार्वजानिक सेवाबाट समेत बन्चित गराईने छ ।

किर्डाक नेपाल र गाउँपालिकाले वडा नं. ६ का गाउँगाउँमा पुगेर बालबिवाहले मानव स्वास्थ्यमा पार्ने असर,ढिलो बिहे गर्दा हुने फाईदा र कानुनी दण्ड सजायबारे अन्तरक्रिया,छलफल,घरधुरी सर्वेक्षण,पटक पटककाे अनुगमन,२० वर्षमुनिका कसैले विवाह नगरेकाे भेटिनु  लगायतका विभिन्न सुचक पुरा गरेपछि बालबिवाह मुक्त घोषणा भएको हो ।

तिला गाउँपालिकाका स्थानीय नागरिक जनप्रतिनिधि,कर्मचारी,राजनीतक दल लगायतका सरोकारवालाले बालबिवाह नगर्ने र गर्न पनि पनि नदिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस