जुम्ला । तातोपानी गाउँपालिका वडा नं. १ स्थित राँका गाउँकाे तरापीमा रहेको स्याउ बगैचामा असिना पानी र किरोको प्रकोपले स्याउ बगैचा सखाप भएका छन् । फूल फूलेर फल लाग्ने बेलामा आएको असिना र झुसिल किराको प्रकोपले सिंहो गाउँकै स्याउ बगैचा सखाप भएको हो ।
तातोपानी १ राँका गाउँका करिब ४ सय घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । एक घर, एक बगैचा समेत भएको राँका गाउँका किसान असिना र किराको प्रकोपले यसवर्ष स्याउ उत्पादन घट्ने चिन्तामा छन् ।
गत वर्ष तरापी क्षेत्रको स्याउ बगैचाबाट मात्रै राँका गाउँका किसानले करिब ४० मेट्रिकटन स्याउ उत्पादन गरेका थिए । यस वर्ष भने झण्डै ६० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान थियो । सोही अनुसार किसानले मेहनत पनि गरेका थिए । तर बैशाख १६ गते आएको भारी असिना र झुसिल किराको प्रकोपले बगैचानै सखाप भएपछि विगतको भन्दा पनि यस वर्ष उत्पादन दोब्बरले घट्ने यूवा किसान डिल कठायतले बताए ।
मुख्य आम्दानीको स्रोतनै स्याउ खेती हो । फूल फूलेर फल लाग्ने समयमै क्षति भयो । डिलले भने,“झुसिल किरोको प्रकोपले बगैचा पुरै सखाप भईसक्यो । फूल पात सबै किराले खाएर बोट रित्ताएको छ । गत वर्ष २० क्वीईन्टल स्याउ उत्पादन भएको थियो । थोरै विक्री गरेर १ लाख आम्दानी पनि भयो । तर यसपाली २÷४ क्वीईन्टल उत्पादन हुने स्थिती छैन् ।”
वर्षभरीको मेहनत क्षणमै बालुवामा पानी भएको छ । स्थलगत अनुगमन गरेर राहत क्षतिपुर्तिको माग गर्दा वडादेखि गाउँपालिका र सरोकारवालाकाले बेवास्ता गरेको किसान कठायतलेको दुखेसो पोखे ।
किरोको प्रकोप असिना पानीले स्याउ बगैचामा क्षति भएपछि किसान डिल कठायत जस्तै तातोपानी १ राँका गाउँका ४ सय घरधुरीकै किसान उत्पादन घट्ने चिन्तामा छन् । करिब ४ सय घरधुरी रहेको राँका गाउँका स्थानीय स्याउ खेतीमै अनिर्भर छन् । एक घर एक बगैचा भएको राँका
गाउँले गत वर्ष तरापी क्षेत्रको बगैचाबाट मात्रै ३० देखि ४० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यस वर्ष करिब ४५ देखि ६० मेट्रिकटन उत्पादन हुने अनुमान थियो । तर असिना पानी र किराको प्रकोपले गतवर्षको भन्दा पनि दोब्बरले उत्पादन घट्ने निश्चित भएको छ । बैशाख १६ गते आएको भारी असिना पानी र झुसिल किराको प्रकोपले स्याउमै आत्मनिर्भर तातोपानी १ राँका गाउँको गत वर्षको भन्दा दोब्बरले स्याउ उत्पादन घट्ने अनुमान गरिएको किसान डिल कठायतको भनाई छ ।
बजारमा जुम्ली स्याउको माग बढेसंगै स्याउ खेतीमा किसानको आर्कषण ह्वात्तै बढेको छ । तर प्राकृतिक प्रकोपका कारण किसानले ठुलो क्षति व्यहोर्नु परेको किसान कल बहादुर कठायतले बताए । वर्षभरीको आयस्रोतनै शुन्य हुने स्थिती सृजना भएकोले पालिकादेखि सरोकारवालाको चासोको विषय बन्नुपर्ने अपेक्षा भएपनि किसानका समस्या प्रति सबै निकाय अनुदार भएको समेत गुनासो गरे ।
यता तातोपानी गाउँपालिका कृृषि शाखा प्रमुख पदम नेपालीले तरापीको स्याउ बगैचामा एक्कासी झुसिल किराको प्रकोप फैलिएको बताए । उनले भने,“किराको प्रकोप फैलिएपछि हामी बगैचामा पुगेर जैविक विषादी प्रयोग गरी केहि नियन्त्रण गर्यौ । मेल र कुईऔँसीको विरुवाबाट किरा फैलिएको अनुमान छ । यदपी,बेलैमा रोकथामको दिर्घकालिन उपाय नसोच ठुलो क्षति हुने स्थिती छ ।”
तातोपानी १ को तरापी क्षेत्रको करिब ७० देखि ८० हेक्टरमा स्याउ खेती भईरहेको छ । जसको ७० प्रतिशत बगैचामा भने किराको प्रकोप फैलिएको कृषि शाखा प्रमुख नेपालीले जानकारी दिए । बोटमा भर्खर लागेका स्याउ चिचिया,फूल पात सबै किराले सखाप पारेको छ ।
तरापी क्षेत्रको स्याउ बगैचामा भएको प्रकोप र असिना पानीले पुराएको क्षतिबाट किसानले व्यवहोर्नु परेको घाटा प्रति गाउँपालिका निकै दुखि भएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार प्रकोप नियन्त्रण तथा क्षतिको राहतका लागि पालिकाले सम्बन्धीत निकायमा पहल गर्ने छ ।