नागरिकको सुरक्षाको लागि कार्यविधिनै बनाएर ‘मदिरा नियन्त्रण अभियान’थाल्यौँ

 
गुठिचौर गाउँपालिका जिल्लाका आठ स्थानीय तह मध्य एक पालिका हो । मुलुकमा संघियता कार्यन्वयन पश्चात सञ्चालित तीन तहका सरकार मध्य सबै भन्दा नजिकको सरकार नै स्थानीयतह हो । वित्तिय र राजनीतिक संघियताको कार्यन्वयनसंगै दोस्रो चरणको निर्वाचन भएर गुठिचौर गाउँपालिकाले नयाँ जनप्रतिनिधि पाएको एक वर्ष बढी बित्यो । गुठिचौरका जनप्रतिनिधिको एक वर्ष केही उत्तारचढावमै बित्यो । यदपी, गुठिचौरले जिल्लामै नमुना कार्यक्रमका रुपमा मदिरा नियन्त्रण अभियानलाई अघि बढाएको छ । सिमित स्रोत साधनका बीच नागरिकका असिमित आबश्यकता पुरिपुर्ति गर्नुपर्ने चुनौती स्थानीय तहलाई छ । यसैबीच गुठिचौरले थालेको मदिरा नियन्त्रण अभियानको लक्ष्य, गुठिचौरका प्रथामिकता, हालसम्म भएका नमुना काम लगायतका विषयमा कर्णाली मिसनकर्मी सागर परियारले  गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढासँग  गरेको कुरानकानीको सार ः
 
गुठिचौरमा मदिरा नियन्त्रण गर्ने विषय अहिले निकै भाईरल बनेको छ, खास यसको उदेश्य के हो अध्यक्ष ज्यु ? यसबाटै कुराकानी सुरु गरौँ ।
मदिरा नियन्त्रण अभियानको मुख्य लक्ष्य गुठिचौरका नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने, सुक्षित गुठिचौर बनाउने नै हो । हाम्रो पालिकाको सम्मानित १५ औँ गाउँसभाले, “शिक्षामा लगानी गरौँ पढाउ लेखाउ बालबालिका, सामुहिक संकल्प गरौ, बनाउ सुरक्षित गाउँपालिका” भन्ने नारा तय गरेको छ । भौतिक विकास क्रमिक रुपमा चल्दै जान्छ । तर सबैभन्दा महत्वपुर्ण पक्ष भनेकै नागरिकको सुरक्षा हो । नागरिक सुरक्षित नभए विकास के का लागि ? जवसम्म नागरिक सुरक्षित हुदैनन् तब त्यो गाउँ समाज, समृद्ध बन्दैन् भन्ने हाम्रो बुझाई छ । नागरिकले सुरक्षाको महशुस नगरेसम्म सरकार र शासकहरुको अर्थ छैन् ।

तपाईलाई थाहा छ, पछिल्लो समयमा गुठिचौर गाउँपालिकामा श्रृंखलाबद्ध अपराधिक घटनाहरु घटे । घर जलाइयो, अटो, ट्याक्टर जलाइयो । योजनाबद्ध ढंगबाट एकपछि अर्को गर्दै नागरिक त्रसित हुने खालका घटनाहरु घटे । त्यति मात्र नभई मदिराको प्रयोग हाम्रो समाजमा एक संस्कारका रुपमा स्थापित हुदैँ गयो । अनियन्त्रित रुपमा प्रयोग भईरहेकै मदिराले हाम्रा नागरिक असुरक्षित भए, अपराधिक घटनाहरु एकपछि अर्को हुनु, घरेलु हिंसा, महिला हिंसा बढ्नु, कोहि नयाँ मान्छे काम विशेषले गुठिचौरमा प्रबेश गर्दा पनि डराउनु पर्ने परिस्थिति सृजना भयो ।  

सबै कुराको मुख्य जड भनेकै अनियन्त्रित मदिराको प्रयोग हो । तसर्थ अनियन्त्रित मदिराको विक्री वितरण र प्रयोगले समाजमा परेको प्रतिकुल असरलाई मध्यनजर गर्दै गुठिचौर सरकारले नागरिकको सुरक्षालाई पहिलो प्रथामिकता दिएर सुरक्षित गुठिचौर, सुरक्षित नागरिक र सभ्य समाज निर्माणको दृढ संकल्प सहित हामीले गुठिचौरमा मदिरा नियन्त्रण अभियान थालेका हौँ । हाम्रो लक्ष्य उदेश्य भनेकै सुरक्षित नागरिक, सुरक्षित गुठिचौर र सभ्य समाज निर्माण गर्ने नै हो ।  हाम्रो अर्जुन दृष्टिमा नागरिकको सुरक्षामा छ ।


पछिल्लो समयमा गुठिचौर गाउँपालिकामा श्रृंखलाबद्ध अपराधिक घटनाहरु घटे । घर जलाइयो, अटो, ट्याक्टर जलाइयो । योजनाबद्ध ढंगबाट एकपछि अर्को गर्दै नागरिक त्रसित हुने खालका घटनाहरु घटे । त्यति मात्र नभई मदिराको प्रयोग हाम्रो समाजमा एक संस्कारका रुपमा स्थापित हुदैँ गयो । सबै कुराको मुख्य जड भनेकै अनियन्त्रित मदिराको प्रयोग हो । अनियन्त्रित रुपमा प्रयोग भईरहेकै मदिराले हाम्रा नागरिक असुरक्षित भए, तसर्थ अनियन्त्रित मदिराको विक्री वितरण र प्रयोगले समाजमा परेको प्रतिकुल असरलाई मध्यनजर गर्दै गुठिचौर सरकारले नागरिकको सुरक्षालाई पहिलो प्रथामिकता दिएर सुरक्षित गुठिचौर, सुरक्षित नागरिक र सभ्य समाज निर्माणको दृढ संकल्प सहित हामीले गुठिचौरमा मदिरा नियन्त्रण अभियान थालेका हौँ । सुरक्षामा छ ।

समाजको चेतना, नागरिकको आयस्तर निकै कमजोर छ । मदिरा नियन्त्रण नीति कार्यान्वयनमा त चुनौती होला नि ?
हो तपाईले भन्नु भएको कुरा सहमत छु । समाजको चेतना, नागरिकको आयस्तर कमजोर छ । कार्यन्वयनमा केहि चुनौती होला । तर सहज त कुनै काम गर्न पनि छैन् । चुनौती छ, भनेर कामै नगरी बस्ने कुरो रहेन् । तर हामी दृढ छौँ ।

गुठिचौरलाई सभ्य र मर्यादित समाज बनाएरै छाड्छौँ । १५ औँ गाउँसभाबाट मदिरा नियन्त्रण कार्यविधि २०८० समेत पारित भईसकेको छ । तर कार्यविधि मात्र सबथोक हैन् । पहिला नागरिकलाई बुझाउँछौ । चेतना अभिबृद्धि गर्छौ । मलाई विश्वास छ, आम नागरिकलले सुरक्षित र समृद्ध गुठिचौर निर्माण गर्ने महान अभियानमा हातेमालो गर्ने छन् ।

तपाईले भने जस्तो तत्काल कार्यन्वयनमा चुनौती देखिए पनि मदिरा नियन्त्रणको दुर्गामी महत्व छ । त्यसैले कार्यन्वयमा कुनै शंका छैन् । हामीसँग दृढ ईच्छा शक्ति छ । असम्भव भन्ने केहि छैन् । हामीले नीति पनि तयार गरेका छौँ । मेरै पालामा सुरक्षित गाउँपालिका बनाउने लक्ष्यका साथ लागिरहेका छौँ । सुरक्षित गुठिचौर बन्छ ढुक्क हुनुहोस् ।

अध्यक्ष ज्यु, अब गुठिचौरमा मदिरा सेवन गर्नै नमिल्ने हो त ?
साहेत धेरैलाई यो पनि लागेको होला अब गुठिचौरमा मदिरा नै सेवन गर्न मिल्दैन की ? धेरैको बुझाईमा अन्यौलता पनि पाए । तपाईको मिडिया मार्फत म के कुरामा स्पष्ट पार्न चाहन्छु भने, मदिरामुक्त गाउँपालिका बनाउने हाम्रो तत्कालिन लक्ष्य होइन । विगतदेखि भईरहेको अव्यस्थित अनियन्त्रित मदिराको विक्री वितरणलाई व्यवस्थित गर्ने भन्ने हो ।

सेवन गर्न मिल्छ कार्डका आधारमा मात्रै मिल्छ । बेच्न पनि पाईन्छ तर अनिवार्य लाईन्सेन्स हुनुपर्छ । बाहिरबाट आउने पाहुनाले पनि मदिरा सेवनका लागि अनिवार्य मदिरा सेवक कार्ड बनाउनु पर्ने छ अन्यथा मदिरा प्रयोग गर्न पाईने छैन् । यदपी अनियन्त्रित ढंगबाट मदिरा प्रयोग गरेको भेटिए कानुन अनुसार कारबाही गर्ने छौँ । हामी पालिकामा विश्राम स्थल पनि बनाई सकेका छौँ । जहाँ मदिरा पिएकाहरुलाई राख्ने छौँ ।

मदिरा सेवका सन्दर्भमा यो कार्यविधि भदौँ १ गतेदेखि पूर्ण रुपमा कार्यन्वयनमा आउने छ । अहिले हामी व्यापक प्रचारप्रसारमै छौँ । मदिरा सेवन गर्न चाहने व्यक्तिले गाउँपालिकाबाट मदिरा सेवन कार्ड लिनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अथिति मदिरा सेवन कार्ड, विक्रीवितरण, ओसारपसार गर्न नयाँ इजाजतपत्र लिनु पर्ने र पहिले नै अन्तशुल्क कार्यालयबाट अनुमति लिएका विक्री कर्ताले पुन पालिकामा अभिलेख राख्ने व्यवस्था गरिएको छ  ।

सेवन गर्न मिल्छ कार्डका आधारमा मात्रै मिल्छ । बेच्न पनि पाईन्छ तर अनिवार्य लाईन्सेन्स हुनुपर्छ । बाहिरबाट आउने पाहुनाले पनि मदिरा सेवनका लागि अनिवार्य मदिरा सेवक कार्ड बनाउनु पर्ने छ अन्यथा मदिरा प्रयोग गर्न पाईने छैन् । यदपी अनियन्त्रित ढंगबाट मदिरा प्रयोग गरेको भेटिए कानुन अनुसार कारबाही गर्ने छौँ । हामी पालिकामा विश्राम स्थल पनि बनाई सकेका छौँ । जहाँ मदिरा पिएकाहरुलाई राख्ने छौँ । मदिरा सेवन गर्न चाहने व्यक्तिले गाउँपालिकाबाट मदिरा सेवन कार्ड लिनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अथिति मदिरा सेवन कार्ड, विक्रीवितरण, ओसारपसार गर्न नयाँ इजाजतपत्र लिनु पर्ने र पहिले नै अन्तशुल्क कार्यालयबाट अनुमति लिएका विक्री कर्ताले पुन पालिकामा अभिलेख राख्ने व्यवस्था गरिएको छ  ।

प्रतिव्यक्तिले दैनिक १८० मिलिलिटर मात्रै  सेवन गर्न पाउने व्यवस्था गरिएको छ ।  भने वियर एक बोतल मात्रै सेवन गर्न पाउने व्यवस्था गरिएको छ । यति मात्रमा मदिरा सेवन गरेबापत सेवनकर्ताले बार्षिक एकमुष्ट पाँच सय रुपियाँ नविकरण, कार्डको पाँच सय र अथिति कार्ड वापत प्रत्येक दिन एक सय रुपियाँ राजश्व तिर्न पर्ने छ । फेरी पनि भन्छु, मदिराको व्यवस्थित विक्री वितरण गर्ने हाम्रो लक्ष्य हो । सेवननै गर्न नमिल्ने भन्ने चाँही होइन, यसमा स्पष्ट हुनु होला ।

निर्वाचनमा उम्मेदवार बन्दै गर्दा तपाईप्रति नागरिकका आशा अपेक्षा धेरै थिए, तर बितेको एक वर्षलाई तपाई कसरी समिक्षा गर्नु हुन्छ ?
पहिलो वर्षको समिक्षाको कुरा गर्दा तपाईलाई नढाटेरै मैले भन्नु पर्छ । बितेको एक वर्षमा हामीले जनअपेक्षा विपरित काम र विवादहरुमा हाम्रो केहि समय खर्च भयो । त्यो निकै दुखद पक्ष हो । तर विभिन्न बाधा अड्चनका बीच पनि अगाडी बढ्ने प्रयास गर्यौ । समग्रमा एक वर्ष कार्यकाल सुखद नै रह्यो । जस्तो के कुरामा एकवर्ष सफल भयो भन्नुहोला, पहिलो कुरा तपाईले आफै देख्नुहुन्छ आम नागरिकले पनि देखेका छन् ।

विगतको तुलनामा गुठिचौर गाउँपालिकालाई पालिका जस्तो बनाएका छौँ । विगतमा पशुचौपाय बस्ने चौर जस्तो थियो । अहिले आफ्नै प्रशासकिय भवन निर्माण हुदैँ छन् । पालिकाको पुरै घेराबार बनाएका छौँ । अहिले जोसुकैले पनि सहजै यो कुनै कार्यालय हो है भनेर आकलन गर्ने संरचना खडा भएको छ । दोस्रो कुरा, हामी आईसकेपछि ९ सय वर्ग मिटर जग्गा थप पालिकाले प्राप्त गरेको छ । अब ३ हजार वर्गमिटर जग्गा पालिकाको आफ्नै छ ।

हाम्रै पालामा प्रशासकिय भवनले पुर्णता पाउने विश्वास छ । अर्को सफलता, अबको एक हप्ता पालिकालाई एम्बुलेन्स प्राप्त हुदैँ छ । यहाँ नागरिक सहज रुपमा स्वास्थ्य संस्था सम्म पुग्ने छन् । यी हाम्रा सफलताहरु हुन् ।

भौतिक विकासले मात्रै नागरिक सन्तुष्ट हुन्छन् त ? सेवा प्रवाहमा ध्यान दिनु पर्ने होला ? तर तपाईकोहरुको एक वर्ष जनप्रतिनिधि तथा कर्मचारीबीचको टकराबमै एक वर्ष बित्यो नि ?
अपेक्षाकृत रुपमा नागरिक सन्तुष्ट हुने गरी सेवा दिन सकिएको छैन् । संघियता कार्यन्वयनपछि नागरिकको नजिकको सरकारका रुपमा स्थानीय तह खडा भयो । जहाँ सिमित स्रोतका बीच असिमित आबश्यकता परिपुर्ति गर्नुपर्ने चुनौती आईलाग्यो । काम गर्ने सवालमा सबै आश्यकता एकै चोटी परिपुर्ति गर्न नसकिने भएको हुँदा नागरिककमा असुष्टी रहला । तर हामीले दिनेजत्ती छिटो छरितो सेवा प्रवाहमा कुनै कसुर बाँकी राखेका छैनौ ।

स्थानीय सरकार भनेकै जनप्रतिनिधि र कर्मचारीको समष्टीगत संरचना हो । कर्मचारी र जनप्रतिनिधिकै समधुर सम्बन्ध कायम गरी पालिकालाई समुन्त समृद्ध बनाउने र नागरिकलाई सन्तुष्ट हुने गरी सेवा दिने हो । तर केहि बाधा अड्चनले गर्दा अपेक्षाकृत हुन नसकेपनि पाँच वर्षमा गुठिचौरका नागरिक सन्तुष्ट हुनेगरी काम गर्ने छौँ ।

अध्यक्ष ज्यु, कर्मचारी र जनप्रतिनिधिक समधुर सम्बन्धको कुरा गर्नुभयो तर तपाईको एक वर्ष त कर्मचारी र जनप्रतिनिधि बीच आपसमा कटराब गर्दै बित्यो नि ?
तपाईले कसरी लियो, जनताले कसरी लिए भन्ने कुरा फरक हो । कसरी आपसमा कटराब बढ्यो । के जनप्रतिनिधिले कर्मचारी कमिसन मागेर कटराब बढ्यो ? हामीले कतै अनुचित लाभ लिन, नियम विपरित काम गर्न खोजेर टकराब बढ्यो की ? गलत कामका विषयमा टकराब बढेको हो भने चर्चा गराँै, खुल्ला रुपमा यसबारे बहस गरौँ, हामीले महत्वका साथ केहि कामहरु अघि बढाउन खोज्दा कर्मचारीहरु जुन हिसाबले सहयोग हुनु पथ्र्यो भएन् ।

अपेक्षित हिसाबले यहाँका कर्मचारीले सहयोग नगरेको सन्दर्भमा विशेषगरी तत्कालिन प्रमुख प्रशासकिय अधिकृतले सहयोग नगर्दा केहि विवाद बाहिर आएको हो । यो स्वभाविक कुरानै थियो । अहिले गाउँपालिकामा कुनै विवाद छैन् । अब गुठिचौर गाउँपालिका विवाद रहित पालिका बन्छ ।

किन की, समग्र कार्यपालिकालाई सहयोग गर्ने, कार्यपालिकाको निर्णयको अक्षरंश कार्यान्वयन गर्ने, पालिकाको विकासको निम्ती खट्ने प्रमुख प्रशासकिय अधिकृत पाएका छौँ । त्यसकारण अब गुठिचौर विवादमा होइन, विकासमा अघि बढ्छ । कर्मचारीसंग जनप्रतिनिधि आपसमा पनि दिगो समधुर सम्बन्ध कायम हुन्छ ।

गुठिचौर गाउँपालिका अन्य प्रथामिकताका क्षेत्र केके हुन् ?
अन्य प्रथामिकता भन्नु पर्दा नागरिकको सुरक्षा पहिलो प्रथामिकतामा छ । दोस्रो सार्वजानिक शिक्षाको सुदृढीकरण, त्यस अन्तरर्गत विषयगत शिक्षक व्यवस्थापनमा जोड दिने छौँ । भने कृषि, पर्यटन पूर्वाधार विकासमा प्रथामिकता छन् ।

पालिकाका सग्रम चुनौती के हुन् ?
चुनौती हामीमाँझ थुपै्र छ । जसमध्य पहिलो आर्थिक चुनौती हो । स्थानीय तह नजिकको सरकार भएकोले नागरिकका अपेक्षा धेरै छन् । स्रोत सिमित छ । आन्तरिक आम्दानी कमजोर छ । स्रोत जुटाउनु पर्ने अर्को चुनौती हामी माँझ छ ।

सेवा प्रवाहलाई छिटो छरितो र जनमैत्री बनाउनु पर्ने, विभिन्न विचार बोकेका जनप्रतिनिधिहरु बीच सम्बन्ध समधुर बनाउनु पर्ने हाम्रा चुनौती हुन् । तर यी सबै विस्तारै समधान हुन्छन् । बाँकीको चार वर्ष पनि कसरी बित्छ भन्ने चुनौतीकै विषय छ ।

संघियता कार्यन्वयनलाई कसरी लिनु भएको छ ?
संघियता आफैमा सुन्दर पक्ष हो । यसको कार्यन्वयनका थुर्पै चुनौती छन् । मुलुकलाई धान्नै नसकिने व्यायभार बढेको छ । संघियताको मुख्य चुनौती हो । वित्तिय संघियतामा हामी चुकेका छौँ । संघ प्रदेश सरकारले अनुदान दिए मात्र स्थानीय सरकार चल्छ । स्थानीयतहलाई सक्षम बनाउन माथिका दुबै तहको सरकारको ध्यान छैन् ।

तर गुठिचौरले आन्तरिक आम्दानीको पक्षलाई बलियो बनाउन नदीजन्य वस्तुको उत्खनन्लाई व्यवस्थित गर्न खोज्दै छौँ । कृषि, पर्यटन, जल, जमिन, जडिबुटिबाट उठ्ने राजश्वलाई पनि व्यवस्थित गर्दै र्छौँ । संघियतालाई बलियो बनाउन खर्चमा मितव्यायी बनाउने, आन्तरिक आय बढाउन तर्फ सबैको ध्यान पुग्न जरुरी छ ।

अन्त्यमा गुठिचौरबासीलाई के अपिल गर्नु हुन्छ ?
तपाईहरुको मिडिया मार्फत पढ्ने र हेर्ने सबैलाई पालिकाले नागरिकको सुरक्षार्थ मदिरा नियन्त्रणको महाअभियान शुरु गरेका छौँ । भदौँ १ गते कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजीबाट अभियानको उद्घाटन गर्दैछौँ ।

पालिकाले थालेको मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न तथा समृद्ध पालिका निर्माण गर्न आबश्यक रचनात्क सल्लाह सुझाब दिन राम्रा कामको प्रसंशा तथा कतै बाटो बिराए खबरादी गर्न समेत अपिल गर्दछु ।

भिडियो अन्तरबार्ता लिंक

https://fb.watch/mkAMFPz6Gx/

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस