एयरपोर्ट विस्तार र डिपो स्थापनामा निरन्तर जुटेकी सांसद कान्तिका

निगम र प्राधिकरणको टोलीद्धारा जुम्ला एयरपोर्टको अनुगमन

जुम्ला । जुम्ला विमानस्थलको विस्तार संगै हवाई ईन्धनको डिपो स्थापनको लागि प्रक्रिया अघि बढेको छ । नेपाल आयल निगमन र नेपाल नागरिक उड्यन प्राधिकरणले चासो राखेसंगै कर्णालीकै सबैभन्दा व्यस्त र यात्रुको बढी चाप हुने जुम्ला विमानस्थलको विस्तार र डिपो स्थापनाको प्रक्रिया अघि बढेको हो ।

यदपी,विमानस्थल विस्तार गर्ने भनिएपनि जग्गा अधिग्रहणमा बजेट अभाव भएपछि काम अघि बढ्न सकेको छैन् । चालु आर्थिक वर्षमा एयरपोर्ट विस्तारका लागि ४ करोड ४२ लाख बजेट समेत विनियोजन भएको छ । तर जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार सम्भव छैन् ।

जग्गा अधिग्रहण र मुआब्जा व्यवस्था तथा हवाई ईन्धनको डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवाल निरन्तर पहलमा जुटेकी थिईन् । सोहि अनुसार सोमबार सांसद सेजुवाल सहित प्राधिकरण र आयाल नियमगको टिम एयरपोर्ट अनुगमनका लागि जुम्ला पुगेको छ । आयल नियमले गत असोज २२ गते जुम्ला विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना सिफारिस गरेको थियो । सोहीनुसार अनुमगन गर्न टोली जुम्ला पुगेको हो ।

सांसद सहित नियम प्राधिकरणको टोली जुम्ला एयरपोर्टको अनुमन गर्दै । तस्बिरः सागर परियार ।

जुम्ला विमानस्थल जुनसुकै हालतमा विस्तार हुन्छ । डिपो पनि स्थापना हुन्छ । सांसद सेजुवालले भनिन,“विमानस्थल विस्तारका लागि २०७६ सालमा बनेको डिपिआरनुसार ठाउँ अवलोकनका लागि निगम र प्राधिकरणको टोली जुम्ला आएको हो । डिपो स्थापना गर्न प्राधिकरणले निगमलाई जग्गा उपलब्ध गराउनु पर्ने भएकोले एयरपोर्ट आसपासमै जग्गा हुनु पर्ने निगमको माग छ ।”

जुम्ला एयरपोर्टको विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । त्यसको मुआब्जाका लागि ४८ करोड आबश्यक छ । तर सरकारले ५० लाख मात्रै विनियोजन गरेको छ । कार्यविधिनुसार एक चरणमा २ करोडबढी छुटाउन नमिल्ने प्रक्रिया रहेछ । तर विमानस्थल विस्तार र हवाई ईन्धनको डिपो स्थापना गर्न जग्गा अधिग्रहणनै र बजेट व्यवस्थापन पहिलो प्रथामिकता रहेको समेत सांसद सेजुवालले उल्लेख गरिन् ।

“जग्गा अधिग्रहणका लागि पहिलो चरणमा कम्तीमा पनि २० करोड बजेट छुटाई दिन निरन्तर पहल गरिरहेकी छु । तर तत्काल बजेट अभावनै एयरपोर्ट विस्तारको मुख्य चुनौतीको हो । सबै सांसदेखि स्थानीय नेता कार्यकर्ता अगुवाको सकरात्मक सहयोग आबश्यक छ । हाल विनियोजित बजेट जग्गा अधिग्रहण बिना कार्यान्वयन सम्भव छैन् । निगम र प्राधिकरणको टोलीले अनुगमन गरेको छ । अब प्रक्रियाले गती लेला आशा गरौ ।”

एयरपोर्टको अनुगमन पछि बसेको सर्वपक्षिय बैठकले २०७६ मा बनेको एयरपोर्ट विस्तारको प्रस्भावित डिपीआर बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया यथाशिघ्र थालनी गर्ने र हवाई ईन्धनको डिपो स्थापना गर्न आबश्यक पर्ने जग्गा नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

जुम्लामा हवाई ईन्धनको डिपो स्थापना भएपछि जुम्लाबाटै कर्णालीका अन्य जिल्लामा नियमित उडान छन् । अन्त डिपो नहुँदा जहाजलाई अनिवार्य नेपालगन्ज जानु पर्ने बाध्यता छ । यात्रुले सहज छिटो सेवा पनि पाउने जहाजको समय पनि बचत र व्ययभारलाई न्युन गर्न पनि जुम्लामै डिपो स्थापना कोशे ढुंगा सावित हुने आशा छ ।


“जुम्ला घुमेर सिधै हुम्ला,डोल्पा मुगु जान चाहने पर्यटकलाई समेत राहत हुने छ । अहिले जुम्ला आएको पर्यटक हुम्ला जान चाहेमा पुनः नेपालगन्ज झेरेर जानु पर्ने स्थिती छ । त्यसको एक मात्र कारण जुम्लामा हवाई ईन्धनको डिपो नहुनु हो । त्यसैले पनि डिपो स्थापनका लागि लागि परेको छु ।” सेजुवालले भनिन ।

डिपो स्थापनाका लागि नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाह,विरेन्द्र गोईत निर्देशक रुपक बराल,उपनिर्देशक भरत रेग्मी जुम्ला पुगेका थिए । भने,नेपाल नागरिक उड्यन प्राधिकरणका प्रतिनिधि विनोद पन्थ,उत्सव पाण्डे र प्रकाश श्रेष्ठ जुम्ला पुगेर एयरपोर्टरको अनुगमन गरेका छन् ।

डिपो स्थापनाका लागि आबश्यक एयरपोर्ट पाएक पर्ने जग्गा,नियमित ढुवानी गर्न बाटोको अबस्था समेत अवलोनक गरेर फर्किएका छन् । प्राधिरकणले जत्ती सक्दो चाडो जग्गा उपलब्ध गराएको खण्डमा डिपो स्थापनको प्रक्रिया थाल्ने नेपाल आयल निगमका निर्देशक रुपक बरालले बताए ।

एयरपोर्ट विस्तारको बहस ६÷७ वर्ष पहिलेदेखि चलेपछि प्रक्रिया थालनी देखि सम्बन्धी निकायको चासो भर्खर बढ्न थालेको छ । सांसद कान्तिका सेजुवाल लगायत जुम्लाका अन्य सांसदको पहलमा एयरपोर्ट विस्तारले मुर्तरुप पाउने आशा पनि जागेको छ । तर जग्गा अधिग्रणका लागि बजेट व्यवस्थापन गर्नु फलामको चिउरा चपाउनु जत्तीकै भएकोले सबैको पहल कमदीको आबश्यकता देखिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय बताउँछन् ।

उनी भन्छन,“एयरपोर्ट विस्तार हुनु,डिपो स्थापना हुनु समग्र कर्णालीका लागि सुखद कुरा हो । यो कुरा वर्षौदेखि चलेपनि कार्यान्वयन हुन सकेको छैन् । वर्षेनी बजेट आउने फिर्ता हुने गरेको छ । त्यसैले साझा पहलबाट एयरपोर्ट विस्तारलाई गती दिनुपर्छ ।”

कर्णालीका सबै जिल्लामा उडान गर्न सहज हुने र सुरक्षित विमानस्थल पनि जुम्ला हो । तर नियमित उडान नहुँदा समस्या भएको छ । हवाई ईन्धनको डिपो जुम्लामै भएको खण्डमा जुम्लाहुदैँ हुम्ला,डोल्पा,मुगु जाने आन्तरिक बाह्य पर्यटकको आगमनमा उल्लेखीय बृद्धि हुने आशा पर्यटन व्यवसायीको छ ।

२०७६ सालमा बनेको विमानस्थल विस्तारको डिपिआर

हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थलका सहायक प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने,“यो बजेट जग्गा अधिग्रहणका लागि भने छुट्याइएको होइन । जग्गा अधिग्रहण नभए यो बजेट कार्यान्वयन हुने अबस्था छैन् ।”

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस