जुम्ला । भूगोलिक हिसाबले तिला गाउँपालिका जुम्लाकै विकट पालिका हो । ९ वडा र ३४ बस्तिमा फैलिएको तिला गाउँपालिका समृद्दि बाधकनै विकटता हो । यदपी विकटताका बीच पनि तिलाका सबै वडामा सडक पुगिसकेका छन् ।
तिलानदी माथि पूल नहुँदा सडकमा गाडी गुडेका छैनन् । नागरिकको पिठ्युमा भारी बोक्ने बाध्यता हटेको छैन् । तर सडक डिभिजनले तिला नदिमाथि पक्की पुल बनाउन थालेको छ । अबको एक डेढवर्षपछि तिलाका ग्रामिण बस्तिहरु राजमार्ग र यातायातको पहुँचमा पुग्ने छन् ।
संघियतापछि स्थानीय सरकारले भोगेका विभिन्न समस्या मध्य मुख्य समस्या आफ्नो प्रशासकिय भवन नहुनु हो । वार्षिक लाखौ रुपैया भाडामै खर्चिनु पर्ने,साँघुरो कोठाबाट सेवा दिनु पर्ने,नियमित हुने तालिम सेमिनार बैठक गर्दा उपयुक्त हल हुँदा जेनतेन काम चलाउनु पर्ने बाध्यतामा तिला गाउँपालिका थियो । जसले गर्दा सेवा प्रवाहमा निकै चुनौती थियो ।
पालिकाको विकटतालाई मध्यनजर गर्दै तिला गाउँपालिकाले सुरुवाती देखिनै पूर्वाधार विकासलाई प्रथामिकता दिदै आएको थियो । जसअन्तर्गत गाउँ गाउँमा सडक विस्तारदेखि पालिकाको सुविधायुक्त प्रशासकिय भवन निर्माण गरेको छ ।
१७५४९ वर्गकिलोमिटर क्षेत्रफल, १६ हजारबढी जनसंख्या,२ हजार ६ सय २३ घरधुरी, ९ वटा वडा र ३४ वटा बस्तीमा छरिएर रहेको तिला गाउँपालिका विकट बस्तीलाई निकटसँग जोड्न, गाउँको उत्पादनलाई बजारमा पु¥याउन, पर्यटन प्रवद्र्धन गर्न, स्वास्थ्य शिक्षा सहज सुलभ गर्न, प्रशासनिक सेवा प्रभावकारी बनाउन गाउँगाउँमा सडक पु¥याउन तिलाले पहिलो वर्षदेखि नै पूर्वाधार विकासमा प्राथमिकता दिँदै आएको छ ।
१० शैया अस्पताल निर्माण सुरुदेखि, पालिकाको प्रशासनिक भवन निर्माण, दर्जनौं विद्यालय भवन निर्माण, नौवटै वडामा सडक निर्माण, वडा भवन निर्माणलगायत थुप्रै पूर्वाधार विकासको काम उल्लेखनीय रूपमा गरेको छ । अस्पताल निर्माण भने अहिले रोकिएको छ ।
तिलाको आफ्नै सुविधायुक्त भवन
जुम्लाका आठ स्थानीयतह मध्यकै सुविधायुक्त भवन तिलाले बनाएको छ । संघिय सरकारको समपुरक बजेट मार्फत करिब पाँच करोड लगानीमा प्रशासकिय भवन,ख र ग ब्लकका व्यवसायीक प्रयोजन शाखा रहने गरि सुविधायुक्त भवन निर्माण भएको तिला गाउँपालिका प्रविधिक शाखा प्रमुख (सव–ईन्जिनियर)धनप्रसाद चौलागाईले बताए ।
प्रशासकिय भवन निर्माणको स्टमेट ५ करोड बराबरको गरिएको थियो । ठेक्का आह्वान गर्दा निर्माण कम्पन्नीले घटेर लिँदा ३ करोड ७५ लाख २४ हजार १५३ रुपैयामा ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ ।
(बानिँया महत जेभी) निर्माण कम्पन्नीले भवन निर्माणको जिम्मा लिएको छ । हाल सम्म कम्पन्नीले ३ करोड ३६ लाख २२ हजार २६६ रुपैया भुक्तानी लिई सकेको सव–ईन्जिनियर चौलागाईले जानकारी दिए । बाँकि भुक्तानी काम सक्ने बित्तिकै हुने छ ।
ठेक्का गर्दा बचेको बजेटबाट पुनःठेक्का खोलेर ख र ग ब्कल नाम दिएर १ करोड २० लाखमा भवन निर्माण गरिएको छ । व्यवसायीक प्रयोजनका लागि तल सटर माथि शाखाहरु रहने छन् । व्यवसायीक प्रयोजनको भवन भने तिलाका तत्कालिन पालिका अध्यक्ष रतननाथ योगीको कार्यकालमा बनेको हो ।
ठुलो सुविधायुक्त तालिम हल,अध्यक्ष उपाध्यक्षको मिटिङ रुम,कार्यकक्ष,याटेच बाथरुथ सहितको भवन बनेको छ । करिब २ सय जना क्षामताको तालिम हल निर्माण भएको छ । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भाडाको घरमा कोचिएर सेवा दिनु पर्ने बाध्यता चाडै अन्त्य हुने बताए । कुनै कार्यक्रम गर्दा अध्यक्षकै कार्यकक्षमा हुन्छ ।
उनले भने,‘कार्यकक्षमा बैठक,तालिम गर्नुपर्ने बाध्यता छ । धेरै मान्छे नअटाउने हुँदा उभिएर हेर्नू पर्ने स्थिति छ । अध्यक्ष उपाध्यक्ष भेट्न आउने पाहुनासंग बस्ने मिटिङ रुम नहुँदा उस्तै समस्या छ । आफ्नो भवन नहुँदा सास्तीपुर्ण तरिकाले सेवा दिएपनि अबको केहि महिनापछि सहज हुने छ ।’
तिला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले ढिलोमा एक ढेढ महिना भित्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भईरहेको बताए । छिटो छरितो र सहज रुपमा सेवा प्रवाहको लागि फराकिलो संरचना जरुरी हुन्छ । उनले भने,‘म भर्खरै आएको हुँ । प्रशासकिय भवन हेर्दा पूर्वाधार विकासमा तिलाले फड्को मारेको पाए । पालिकाको आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज हुने छ । बाँकि वईरिङ तथा डेकुरेसनको काम सकिने बित्तिकै कार्यालय सार्छाै ।’
सुगम जिल्लामा पनि तिलाको जत्तीकै भवन भनेका छैनन् । ठुलो संरचना निर्माण हुनुले मात्रै स्थानीय सरकार सफल नहुने भन्दै नागरिक सन्तुष्ट हुनेगरी सेवा दिनुपर्नेमा प्रमुख प्रशाशकिय अधिकृत बुढ्थापाले उल्लेख गरे ।
निकट भविष्यमा आफ्नै भवनमा सर्ने तयारी गरेको तिला गाउँपालिका अहिले भाडाकै घरमा सञ्चालित छ । साथै जुम्लाको पातारासी गाउँपालिका,कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिका भाडाकै घरमा सञ्चालित छन् । भने सिंजा,तातोपानी,चन्दननाथ र गुठिचौर आफ्नै भवनबाट सेवा दिईरहेका छन् ।



