जुम्ला । गाउँमा रोजगारी नभएपछि कालापहाड र खाडी मुलुक जाने यूवाको संख्या थेगिनसक्नु छ । यूवा पलायन बढेपछि कर्णालीका अधिकांश गाउँ रित्तिएका छन् । बृद्दबृद्दाका भरमा मात्रै गाउँ छन् । स्थानीयतहले रोजगारी नदिएको भन्दै यूवाले गाउँ छोडेका हुन् ।
गाउँनै रित्ताएर यूवा पलायन भईरहेको अबस्थामा सिंजा गाउँपालिका वडा नं ४ का रत्नलाल बुढा गाउँमै चाउमिन उधोग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । रत्नलालले २०७५ सालमा ‘आरबी चाउमिन तथा सस उधोग’ सिञ्जामा चउधोग खोलेका हुन् ।
स्थानीय सरकार संचालनपछि पालिका केन्द्र तथा गाउँघरमा नियमित हुने कार्यक्रमहरुले खाजा नास्तामा चाउमिनको माग बढ्दो छ । सिञ्जा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका विभिन्न बजारलाई लक्षित गर्दै सिंजामा चाउमिन उद्योग खोलेको रत्नलाल बताउँछन् ।
विगतमा हिङ सिलाजित बेच्न भारत तथा नेपालकै पुर्वि क्षेत्रमा विभिन्न ठाउँमा जान्थे । आम्दानीका हिसाबले दिर्घकालिन नभएपछि गाउँ फर्किए । उनले भने,’भारतबाट फर्किएपछि बुबाले विदेश जानुपर्छ भन्नुभयो । तर मैले विदेश त्यागे । गाउँमै केहि गर्न खोजे । व्यापारमा जाँदा चाउमिन उद्योग देखेको थिए । गाउँमै उद्योग खुलेपछि कमाई हुन्छ भन्ने लक्ष्यले उद्योग खोलेको हुँ । अहिले कमाई राम्रै छ ।’
३० वर्षिय यूवा रत्नलाले चार जनाको परिवारलाई चाउमिन उद्योगकै कमाईबाट पालेका छन् । सुरुमा तराईबाट एकजना कालिगड ल्याएर करिब ९ लाखबढीको लगानीमा उधोग खोलेको यूवा रत्नलाले बताए ।
गत वर्ष एक्कासी उद्योग आगलागि भएपछि १०÷१५ लाखको नोक्सान भयो । तर रत्नलाल रोकिएनन् । हार खाएनन् । गाउँमै केही गर्नुपर्छ भन्ने हुटहुटिले विदेश त्यागेका रत्नलाललाई उद्यमशीलतामा जम्न कसैले रोक्न सकेन् । पुनः ऋणा जोहो गरेर उनले चाउमिन उद्योग सञ्चालन गरेका छन् । भने दुईजनालाई नियमित रोजगारी समेत दिएका छन् ।
०७५ सालमा ९ लाख लगानीमा उद्योग खोलेपनि गत वर्षको आगलागीले सबै क्षती पुराएको थियो । पुनः ६ लाख लगानी गरेर उद्योगलाई निरन्तरता दिएको उनको भनाई छ ।
दैनिक एक क्वीईन्टल चाउमिन विक्रि हुने गरेको छ । मासिक रुपमा २ देखि ३ लाख सम्म आम्दानी हुने गरेको जानकारी दिए । यदपी हिउँदको समयमा त्यति चाउमिन विक्रि भने हुदैन् । तर चाउमिन उधोग खोलेपछि परिवार पाल्नका लागि कतै भौतारिनु नपरेको समेत उल्लेख गरे ।
पश्चिममा नाग्म बजारदेखि पुर्वमा भुलभुले,गुठिज्युला लगायतका दर्जनौ बजारमा चाउमिन पुराउन्थे । उनले भने,‘सिञ्जा क्षेत्रमा सुरुमा मेरो मात्रै चाउमिन उधोग थियो । अहिले कनकासुन्दरीको गुठिज्युलामा पनि उधोग खुलेको छ । तर मेरो बजार भने कम छैन् । मागनुसार अझै पुराउन सकेको छैन् ।’
आगलागीपछि चाउमिन लेबलिङ प्याकेजिक गर्ने मेसिनको अभाव भएकोले सहयोगको अपेक्षा गरेको उल्लेख गरे । स्थानीय सरकार तथा कुनै निकायले हाल सम्म सहयोग नगरेको उनको गुनासो छ । गाउँमै ऋण जोहो गरेर निरन्तर उधोग सञ्चालन गरिरहेको पनि स्थानीय सरकारले सीप,प्रविधि कुनै सहयोग दिन सकेको छैन् ।



