बजेट विनियोजन नहुँदा रोकियो जग्गा अधिग्रहण

धावनमार्ग विस्तारको ४ करोड ४२ लाख खर्च हुन सकेन,जग्गा अधिग्रहणमा बजेटनै छैन्

जुम्ला । बजेट अभावका कारण जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन परिपत्र गरेपछि जिल्लाको नापी र मालपोत कार्यालयमा जग्गाको कित्ताकाँटको काम थालिएको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जग्गा अधिग्रहणको काम बजेट विनियोजनको टुंगो नलाग्दा रोकिएको छ ।

विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जसका लागि मुआब्जा मात्रै ४८ करोड लाग्ने अनुमान छ । तर विस्तारका लागि ४ करोड ४२ लाख बजेट पठाएको सरकारले मुआब्जाका लागि हाल सम्म सुक्को बजेट नपठाउँदा जग्गा अधिग्रहणको काम रोकिएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए ।

उनले भने,‘बजेटको टुंगो नलागेकोले जग्गा अधिग्रहणको काम रोकिएको छ । कहिले बजेट सुनिश्चित हुने, कहिले काम अघि बढ्ने टुंगोनै छैन् । आएकै बजेट फिर्ता होला भन्ने चिन्ता छ । टर्मिनल भवन बनाउन नत बजेट,नत कसैको चासो । बजेटनै विनियोजन हुन मुस्किल छ । एयरपोर्ट विस्तारको विषय फलामको चिउरा चपाउनु जस्तै कठिन बनेको छ ।’

जग्गा अधिग्रहण बिना विमानस्थल विस्तार असम्भव जस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई उक्त बजेट,निल्नु न ओकल्नु भएको थियो । अतिनै आबश्यकता भएको टर्मिनल भवन निर्माण बजेट अभावले अघि बढ्न सम्भव छैन् । ढिलो चाडो एयरपोर्ट विस्तार भएपनि साढे दुई दशक पुरानो भवनबाटै काम चलाउनु पर्ने अबस्था छ । जग्गा अधिग्रहण तथा जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको कमम अघि बढेको सार्वजनिक सूचना प्रकाशीत भएको थियो । तर बजेट नभएपछि अहिले काम रोकिएको छ ।


जग्गा अधिग्रहण बिना विमानस्थल विस्तार असम्भव जस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई उक्त बजेट,निल्नु न ओकल्नु भएको थियो । अतिनै आबश्यकता भएको टर्मिनल भवन निर्माण बजेट अभावले अघि बढ्न सम्भव छैन् । ढिलो चाडो एयरपोर्ट विस्तार भएपनि साढे दुई दशक पुरानो भवनबाटै काम चलाउनु पर्ने अबस्था छ । जग्गा अधिग्रहण तथा जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको कमम अघि बढेको सार्वजनिक सूचना प्रकाशीत भएको थियो । तर बजेट नभएपछि अहिले काम रोकिएको छ ।

जुम्ला विमानस्थल विस्तारका लागि कुल १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । हाल जुम्ला विमानस्थल धावनमार्गको लम्बाई ६७० र चौडाई २० मिटर रहेको छ । विमानस्थल विस्तारका लागि धावन मार्गको ३५० मिटर पूर्वतिर र ९२ मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नुपर्ने छ ।

हरेक वर्ष विमानस्थल स्थर विस्तार भनेर थोरैधेरै बजेट आएपनि टर्मिनल भवन निर्माण भनेर छुट्टै बजेट आउने गरेको छैन् । तर विस्तारको बजेट जग्गा अभावले खर्च नहुने समस्या यश वर्षपनि दोहोरिने स्थिति छ ।

जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्नेबारे गत जेठ २ गते बसेकोको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । त्यसयता बजेट व्यवस्थापनमा कसैले ध्यान नदिँदा काम रोकिएको जुम्ला विमानस्थलले जनाएको छ ।

विनियोजित चार करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाजसम्म जाने बाटो (टयाक्सी वे) लगायतका संरचना निर्माण हुने छन् । तर जग्गा अधिग्रहण र मुआब्जा दिनका लागि भने बजेट अभाव कायमै छ ।

जग्गा अधिग्रहण गर्दा सरकारी रेटमै मुआब्जा दिन पनि करिब ४८ करोड बजेट आवश्यक पर्छ । तर यति ठुलो बजेट सरकारले सहजै दिने स्थिति छैन । जुम्लाकी सांसद बिनिता कठायतले टर्मिनल भवन निर्माणका लागि आबश्यक बजेट जुटाउन पहल गर्ने बताईन् । जुम्ला विमानस्थलका प्रमुख अधिकारीसंग छलफल गर्दै अत्याआबश्यक रहेको टर्मिनल भवन पुर्ननिर्माणका लागि पहल गर्ने उल्लेख गरेकि हुन् ।

उनले भनिन,‘विमानस्थल पनि पुरै विस्तार हुनुपर्छ तर वर्तमान आबश्यकता जे हो त्यसलाई बढि प्रथामिकता दिनु पर्छ । मुअब्जाको बजेट र टर्मिनल भवन निर्माणका लागि प्राधिकरण हुदै अर्थमन्त्रालयमा आबश्यक समन्वय गर्छु । सबैको साथ हुन जरुरी छ ।’

जीर्ण बन्दै टर्मिनल भवन
जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण हुँदै गएको छ । साढे दुई दशक पुरानो टर्मिनल भवनको पुर्ननिर्माण नहुँदा जीर्ण बन्दै गएको हो । जुम्ला विमानस्थल कर्णाली प्रदेशको सबैभन्दा बढी ब्यस्थ र यात्रुको चाप हुने विमानस्थल हो ।

विमानस्थलमा मैत्रीपुर्ण सुविधायुक्त शौचालय,खानेपानी धारा,ईन्टरनेट,गार्डेन,प्रतिक्षालय लगायतका सबै सुविधा हुनु पर्छ । जुम्ला भन्दा विकट हिमाली जिल्लाका विमानस्थलमा समेत यी पूर्वाधारको उचित प्रबन्ध छ ।

तर जुम्लामा यात्रुको बढि चाप हुने भएपनि टर्मिनव भवन नागरिकमैत्री नभएको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । उनले भने,’टर्मिनल भवन प्रयोग गरे बापत हरेक यात्रुले तीन सय रुपैया कर तिर्छन् । तर यात्रुले नागरिकमैत्री सेवा पाएका छैनन् । जीर्ण टर्मिनल भवनले यात्रुलाइ सास्ती छ । अहिलेको आबश्यक टर्मिनल भवन बनाउनु हो । तर राज्यको ध्यान त्यस तर्फ छैन् ।’

जुम्ला विमानस्थलको टर्मिनल भवन २०५५ सालमा निर्माण भएको हो । साढे दुई दशक बितिसक्दा पनि त्यहि पुरानो जीर्ण टर्मिनल भवनबाट सेवा दिन बाध्य रहेको छ ।


जुम्ला विमानस्थलको आबश्यकता टर्मिनल भवन बनाउनु हो । तर यहाँका माननीय देखि राजनीतिक दल विमानस्थल विस्तारकै पछि लागेका छन् । जग्गा अधिग्रहण र मुअब्जा वितरण बिना विमानस्थल विस्तार सम्भव छैन् । जग्गा अधिग्रहण हुन नसेकै कारण विगतमा आउने बजेट पनि खर्च नभएरै फिर्ता भएको थियो ।

चालू आर्थिक वर्ष २०८०÷८१ मा पनि धावन मार्ग विस्तारका लागि ४ करोड ४२ लाख बजेट विनियोजन भएको । विमानस्थल प्रमुख अधिकारीले भने,’चालू आवको विनियोजित ४ करोड ४२ लाख बजेट जग्गा अधिग्रहण बिना खर्च हुने स्थिती छैन् । सरकारले बजेट नछुटाउँदा जग्गा अधिग्रहण प्रक्रिया रोकिएको छ । विनियोजित बजेटलाई टर्मिनल भवन पुर्न निर्माण गर्न खर्च गर प्राधिरणले अनुमति दिदैन् । आबश्यकता टर्मिनल भवन,सबैको जोडतोड विमानस्थल विस्तारमा हुँदा जुम्ला विमानस्थलको विस्तार कार्य वर्षाै सम्म पनि नहुने स्थिति छ ।’

उनका अनुसार टर्मिनल भवन प्रयोग गरेबापत प्रत्यक यात्रुका तर्फबाट ३ सय कर लिने गरिएको छ । तर सरकारले टर्मिनल भवन निर्माणका लागि बजेट नदिँदा नागरिकले पाउनु पर्ने सेवा पनि नपाएको र जीर्ण भवनबाटै जेनतेन सेवा दिन बाध्य रहेको विमानस्थल प्रमुख अधिकारीले उल्लेख गरे ।

साढे दुई दशक पुरानो टर्मिनल भवनबाट दिन बाध्य छौ । एक हजार ५० मिटर मिटर लामो धावन मार्ग बनाएपनि सो दुरीमा उडान तथा अवतरण गर्ने जहाज नेपालमै छैन् । अझै १५÷२० वर्षसम्म अहिलेकै १६ सिटे जहाजले उडान भर्नु पर्नेे अबस्था छ । तर नागरिकले प्रत्यक्ष महशसु गर्ने टर्मिनल भवन बनाउन तर्फ माननीयदेखि दलहरुको चासो छैन् । ६÷७ वर्ष यतादेखि विमास्थल विस्तारको रटान मात्रै लगाईएको छ । तर विस्तारमा माखो समेत मरेको छैन् ।

टर्मिनल भवननै जुम्ला विमानस्थलको वर्तमान आबश्यकता रहेकोले सबैले जोड दिन जरुरी छ । जुम्लामा समिट,तारा एयरले नियमित उडान गरिरहेका छन् । भने नेपाल एयरलाईन्सले हप्तामा दुई उडान गरिरहेको छ । नियमित यात्रुको चाप हुने एयरपोर्टको टर्मिनल भवन सुविधायुक्त नहुँदा यात्रुले सास्ति पाएका छन् ।

यस अघि विमान स्थल विस्तारको लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको,मेरो पहलका कारण अघि बढेको भन्दै सामाजिक संजालमा प्रचारबाजी गर्ने सांसदहरुले बजेट जुटाउन किन नसकेको भन्दै जुम्लाबासीले सामाजिक सञ्जालमा आलोचना समेत गरेका छन् । तर बजेट जुटाउन सांसददेखि अन्य दलहका नेताहरुको हालसम्म सक्रियता देखिदैन् ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस