कर्णाली दृष्टि: ‘सम्भावना भएर पनि परिचय बदल्न नसकेकाे कर्णाली’

सुर्खेत । सन्तुलित विकासकाे अवधारणा नहुँदा कर्णाली प्रदेश पछि पर्दै आएकाे । प्रचुर सम्भावना भएर पनि कर्णाली पछि पर्नुका धेरै कारणमध्य सरकारकाे सन्तुलित विकास नीति नहुनु पनि एक कारण हाे ।

सुर्खेतमा जारी कर्णाली उत्सवकाे ‘कर्णाली दृष्टि’ शस्त्रमा बाेल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावाली र नेपाली काँग्रेसका नेता प्रतिनिधि सभा सदस्य प्रदिप पाैडेलले सरकारकाे सन्तुलित विकासकाे अबधारणा नहुँदा कर्णाली पछि परेकाे बताएका छन् ।

भाषा,साहित्य,संस्कृतिकाे गाैरबमय एतिहास बाेकेकाे कर्णाली प्रदेश किन पछि पर्याे ? कर्णालीका सवाल किन राज्यकाे प्रथामिकतामा परेनन् ? हिजाे केन्द्रीकृत राज्य व्यवस्था  र अहिले संघियतापछि पनि किन कर्णालीले अपेक्षित लाभ लिन सकेन भन्ने जस्ता सवालमाथि निर्मम बहस हुनु पर्नेमा नेता प्रदिप ज्ञावालीले जाेड दिए ।

उनले भने,’कुडा मात्रै गरेर क्या हुन्छ भन्ने हैन,कुडालेनै राष्टि्य नीति निर्माणमा टेवा पुराउछ । प्रचुर सम्भावना भएकाे कर्णाली आर्थिक,सामाजिक र राजनीतिक हिसाबले मुलप्रवाहमा आउन नसक्नु कर्णाली नजाग्नु हाे । अब कर्णाली एक भएर उठ्नु पर्छ ।आफ्नाे सामाथ्र्य देखाउनु पर्छ ।’

हिजाेकाे जस्ताे राेग भाेग र गरिबी मात्र छ भन्ने कर्णाली अहिले आफ्नाे परिचय बदलेकाे छ । तर जुन रुपमा कर्णालीकाे शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन पूर्वाधारकाे विकास हुनु पर्थ्याे अपेक्षाकृत हुन सकेन् ।

नेता ज्ञवालीले थपे,’विकास नीति र अबधारणानै असन्तुलित भयाे । बाग्मति प्रदेश र कर्णाली प्रदेशकाे विकास एकैखालकाे नीति र बजेटले सम्भव छैन् । कर्णालीका लागि छुट्टै खालकाे नीति र प्याकेजमा बजेटकाे व्यवस्थापन गर्न सरकारकाे ध्यान पुग्नु पर्छ ।नत्र सधै कर्णाली सम्भावना भएर पनि गरिबीकाे पर्याबाची बन्छ ।’
मानव विकास शुचांकका हिसाबले समेत कर्णाली पछि छ । कर्णालीकाे समृद्दि र विकास बिना मुलुककाे समृद्दि सम्भव छैन भन्ने खालकाे माध्यमबाट नीति बनाउनु जरुरी रहेकाेमा उनले जाेड दिए ।

‘केन्द्रमा राजनीति गर्ने कर्णालीकाे मर्म संबाेधन गर्ने नीति बनाउनुपर्छ । संघले अधिकार दिने कुरामा कन्जुसाई गर्नु हुन्न । साेहिनुसार क्षामता पनि बढाउनुपर्छ । अहिलेकाे आबश्यकता भनेकै संघियताकाे पुर्ण कार्यान्वयन हाे । समीक्षा गर्ने बेला भएकाे छैन् । प्रदेश राख्ने फाल्ने कुरै छैन् ।’ उनले भने ।


एक फरक प्रसंगमा नेता ज्ञावालीले कर्णालीमा विकास माग्ने र विकास खाने पद्दतीकाे विकास भएकाे बताए ।यस्ताे परिपार्टि अझ कर्णालीकाे विकासमा गर्न।दशकाै लाग्ने उल्लेख गरे ।
प्रतिनिधि सभा सांसद तथा काँग्रेस नेता प्रदिप पाैडेलले कर्णालीले अहिले पनि संविधा पद्दत अधिकारका लागि केन्द्रमा संघर्ष गर्नु पर्ने अबस्थाकाे अन्त्य गर्नु पर्ने बताए ।

लामो समयसम्म नेपालको केन्द्रीय सत्तामा न्यायाेचित र सन्तुलित विकासको अवधारणा नै बन्न सकेन, जसले कर्णाली अथाह सम्भावना भएर पनि पछाडि पर्‍यो ।,पछिल्लो समय विकाससम्बन्धी गलत अवधारणाहरू विकास भए । यसले कर्णालीलाई झन् बढी पछाडि र परनिर्भर बनाइरहेको सांसद पाैडेलकाे भनाई छ ।

कर्णालीकाे विकास र समृद्दि नभई मुलुक समृद्दिकाे कल्पना गर्नुकाे ओैचित्य छैन् । उनले भने,’कर्णालीमा एक पटक लगानी भएकाे खण्डमा त्यसपछि राज्यलाई कर्णाली दिने छ ।  विधुत,पर्यटन,कृषिबाट राज्यलाई दिन सक्ने क्षामता कर्णालीमा छ । मात्र सन्तुलन विकासकाे अबधारणाकाे आबश्यकता छ । त्यसका लागि अन्य प्रदेश जस्तै गरि कर्णालीलाई हेर्नू हुन्न । कर्णालीकाे भूगाेल सुहाउँदाे विकासमा जाेड दिन जरुरी छ ।’

उनका अनुसार कर्णालीलाई कर्णालीबासीलेनै सहि ढंगबाट चिन्न सकेका छैनन् ।  राज्यले सम्भावायुक्त कर्णाली चिन्न र लगानी गर्न ढिला गरेर राज्यलाई घाटा हुनेमा उल्लेख गरे ।
तर कर्णाली उत्सव जस्ता  बहसले खास कर्णालीकाे क्षामता र सम्भावना चिन्न चिनाउन मदत गरेकाेमा खुसी व्यक्त गरे ।

कर्णालीले देशलाईनै समृद्द बनाउने सक्ने क्षामता राख्छ । उनले थपे,’स्याउ,सिमि,मार्सि,पर्यटन,जडिबुटिकाे त्यस्तै सम्भावना छ । यहाँकाे सम्भावना खाेतल्न तर्फ राज्यकै ध्यान गएन । सम्भावना खाेतल्ने जिम्मा कर्णालीबासीकै हाे । साेहिनुसार सरकारले नीति बनाउनुपर्छ । कर्णालीकाे स्राेतकाे परिचालन गर्ने नीति सरकार बनाउनुपर्छ ।स्राेत पहिचान र लगानी जुटाए कर्णालीकाे,समृद्दी धेरै टाढा छैन् ।’

राज्यकाे प्रशासन प्रणालीलाई डिजिटल बनाउन जरुरी छ । राज्यकाे स्राेतलाई एकद्दारबाट परिचालन गर्नठाेस नीति बनाई परिणाम मुखि काम गर्न गर्नुपर्नेमा उनकाे जाेड छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस