कराेड लगानीमा ‘हाेम पाईप’ उद्योग सुरु: निर्माण सामाग्रीमा परनिर्भरता अन्त्यकाे आशा

जुम्लामै हाेम पाईप उद्योग संचालनले निर्माण व्यवसायीलाई राहत,स्थानीय स्राेत गिट्टि बालुवाकाे प्रयाेग र राजश्व बृद्दि हुने आशा

संघियतापछि जुम्लामा पूर्वाधार विकासले फड्को मारेको छ । सडक,भवन,बाटा घाटो,खानेपानी,सिँचाई,कृषि,पर्यटन लगायतका क्षेत्रको पूर्वाधार विकासले गति लिन थालेको हो । भौगोलिक रुपले विकट यहाँका बस्ति बस्तिमा सडक पुग्न थालेका छन् ।

भने, सरकारी तथा नीजि पूर्वाधार विकासले फड्को मार्नु सुखद पक्ष भएपनि निर्माण सामाग्री खरिदका लागि अर्बाै बजेट जिल्ला बाहिरीनुले खाद्यन्न जस्तै निर्माण सामाग्रीमा पनि जुम्लाको परनिर्भता बढाएको छ ।

निर्माण सामाग्री उत्पादन गर्ने उद्योग नहुँदा अर्बाै बजेट बाहिरिने,निर्माण सामाग्री महंगो पर्ने,समयमै उपलब्ध नहुने,निर्माण कार्यमा ढिलाई हुने,खरिद भन्दा ढुवानीमा दोब्बर खर्च लाग्ने जस्ता समस्या र निर्माण व्यवसायीको मागलाई ध्यानमा राख्दै साविक कर्णालीमै पहिलो ‘होम पाईप’ उत्पादन उद्योग जुम्लामा सञ्चालन गरिएको छ ।

तातोपानी गाउँपालिका वडा नं.६ स्थित हियाखोला कर्णाली राजमार्गको छेउमा ’खड्का होम पाईप’ उद्योग स्थापना गरी संचालन गरिएको हो । यस उद्योगले कर्णालीको विकास निर्माणलाई गति दिन मदत मात्र गर्ने छैन् । निर्माण सामाग्रीमा बढ्दो बाहिरी जिल्लाकाे परनिर्भरता अन्त्य,स्थानीय स्रोत साधनको सदुपयोग,आन्तरिक राजश्व बृद्धि र रोजगारी सृजनामा समेत उद्योगले टेवा पुराउने उद्योगका संचालक रामदेवी खड्काले बताईन् ।

निर्माण सामाग्री खरिदका नाममा जुम्लाको बजेट बाहिर नपठाउँ,रोजगारी सृजना गरौ र स्थानीय स्रोत गिट्टी वालुवाको सदुपयोग हुनेगरी एक करोडबढीको लगानीमा उद्योग संचालन गरिएको उनको भनाई छ ।

‘जुम्लामा पहिलाे एक कराेड लगानीमा खड्का हाेम पाईप उद्योग संचालन भएकाे छ । उधाेग संचालनसंगै निर्माण व्यवसायी राहत मात्र हुने छैन्  खरिद भन्दा ढुवानी दोब्बर तिर्नुपर्ने बाध्यताको समेत अन्त्य हुने र विकास निर्माणले पनि गती लिने छ । भने जुम्लामा उत्पादित हाेम पाईप दैलेख,कालिकाेट,मुगु,डाेल्पा लगायतका जिल्लामा समेत पठाईने लक्ष्य छ ।’

‘जुम्ला सहित कर्णालीमा होमपाईपको माग बढ्दो छ’,उनले भनिन,‘भौगोलिक रुपले विकट कर्णलीमा साना खोला नाला धेरै छन् । जहाँ होम पाईपकै प्रयोगले सडक सुचारु हुन्छन् । तर होमपाईप बाहिरबाट ल्याउनु पर्दा महंगो पर्नेदेखि निर्माणमा ढिलाई हुने भएकोले जुम्लामै होमपाईप उत्पादन थालेका छौ । सुर्खेत,नेपालगन्ज भन्दा सस्तो मुल्यमा दिनेछौ । यसले निर्माण व्यवसायीलाई राहत हुने अपेक्षा छ ।’

यसैबीच,साविक कर्णालीको पहिलो होम पाईप उद्योगको शनिवार कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण बहादुर बिसीले उद्घाटन गरे । मन्त्री बिसीले जुम्लामै खोलिएको उद्योगले कर्णालीको मागलाई पुर्ति गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘उद्योग संचालनपछि होम पाईप खरिदका लागि बाहिरिने करोडौ बजेट जिल्लामै रोकिने छ ।  यूवाले रोजगारी पाउने छन् । जिल्लामै सस्तोमा निर्माण सामाग्री पाउँदा व्यवसायी राहत हुने छ ।’


स्थानीय गिट्टि,बालुवाको सदुपयोग हुनुका साथै राजश्व पनि बृद्धि हुने भएकोले दुर्गममा स्थानापा यस्ता उद्योगको निरन्तरता र प्रर्बद्धनमा जोड दिनु पर्ने मन्त्री विसीको भनाई छ ।
२० जनालाई प्रत्यक्ष रोजगारी
जुम्लामा संचालन गरिएको होप पाईप उत्पादन उद्योगले २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगमा ७ जना भारतीय दक्ष कामदार आएका छन् । जसले पाईपको डिजाईन देखि कति सिमेन्ट,कति बालुवा गिटि हाल्नेबारे स्टमेट गर्छन् ।
भने स्थानीय ८ जनाले रोजगारी पाएका छन् ।

स्थानीय कामदारले सिमेन्ट,बालुवा मिसाउने,मेसिन सञ्चालनमा सघाउने,लगायतका काम गर्छन् । ४÷५ जना सवारी चालक छन् । कच्चा पर्दाथ ओपार पोसार तथा अर्डर आएका ठाउँमा पुराउन गाडी तयारी अबस्थामा राखिने छ ।
अप्रत्यक्ष ज्यालादारी,अन्य कामबाट थुप्रैले रोजगारी पाएपनि तत्कालन प्रत्यक्ष रुपमा २० जनाले रोजगार पाएको उद्योग सञ्चाल रामदेवी खड्काका श्रीमान चन्द्र खड्काले उल्लेख गरे ।

जुम्ला मात्र नभई दैलेख,कालिकोट,मुगु र डोल्पा लगायतका जिल्लामा समेत होम पाईप पुराईने छ । भने उद्योग सञ्चालनले जुम्लामा खेर गईरहेकोले गिट्टी बालुवाले समेत उचित मुल्य पाउने र स्थानीयतहको राजश्वमा समेत बृद्धि हुने छ ।  

उद्योगका साझेदार समेत रहेका चन्द्र खड्का भन्छन्,’निर्माण सामाग्रीको खरिद भन्दा ढुवानी मुल्य बढी तिर्नुपर्ने बाध्यताले कर्णालीका निर्माण व्यवसायी चरम मारमा रहेकोले जुम्लामै सस्तोमा उपलब्ध गराईने छ । यदपी,कुन साईजको कति मुल्य पर्छ भन्ने तोकिएको छैन् । गिट्टी वालुवा,सिमेन्ट,कामदारको ज्याला सबैको जोडेर मुल्य तोकिने छ ।’

तर बाहिरको भन्दा निकै सस्तो पर्ने छ ।  भने,माग बढ्दो क्रममा रहेकोले बजारको समस्या नहुने हुने कर्णालीका विभिन्न जिल्लामा समेत पठाईने खड्काको भनाई छ ।

उद्योगले एक फिट देखि चार फिटसम्मका होप पाइपहरु उत्पादन गर्ने छ । जसमा होम पाइपको लम्बाई साढे दुई मिटरसम्मको हुने छ । भने,अर्डरनुसार सबैखालका होम पाईप उत्पादन गरिने उद्योगले जनाएको छ ।


जुम्लामै पाईप उत्पादन हुन थालेसंगै  महंगो खर्चमा बाहिर जिल्लाबाट होम पाइप ल्याएर निर्माण गर्नुपर्ने बाध्यता अन्त्य भएको निर्माण व्यवसायी बताउँछन् ।

साना खोला नाला थुप्रै भएको जुम्लामा सडक निर्माणदेखि नाला र ढल निकास सहजताका लागि होप पाईपको प्रयोग हुने भएकोले जुम्लामै उत्पादन हुँदा निर्माण छिटो छरितो हुने भनेकै बेला उपलब्ध हुने आशा निर्माण व्यवसायीको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस