जुम्ला । सरकारको तथ्यांकमा जुम्लाका १३ हजारबढी यूवा बेरोजगार रुपमा सूचिकृत रहेका छन् । आठ स्थानीय रहेको जुम्लामा हाल कुनै काम नपाएका र रोजगारीको खोजीमा रहेका जुम्लाका १३ हजार ३३ जना यूवा यूवती बेरोजगारका रुपमा सूचिकृत रहेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत गाउँ गाउँमा पुगेर फाराम भरेर संकलन गरिएको तथ्यांकनुसार कर्णाली प्रदेशभर भरी दुई लाख १० हजार यूवा यूवती सूचिकृत बेरोजगार हुँदा जुम्लामा १३ हजार रहेको तथ्यांकले देखाएको छ ।
तीनै तहका सरकारले स्थानीय तहले उत्पादनमुखी कार्यक्रमहरु नल्याउँदा बेरोजगारका रुपमा सूचिकृत भएका यूवाहरुलाई सरकारले उपयुक्त रोजगारी प्रदान गर्न सकेको छैन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमको वभईसाईटमा अपडेट तथ्यांकनुसार जुम्लाका चालु आव २०८०÷८१ को हालसम्म पुरुष ५ हजार ५२९ र महिला ७ हजार ५०३ जना गरी १३ हजार ३३ जना सूचिकृत बेरोजगार रहेका छन् ।
जसमा पालिकागत रुपमा हेर्दा सबैबढी सिंजा गाउँपालिकामा २८ सय ३५ जना सूचिकृत बेरोजगार रहेका छन् । जस पुरुष ११ सय ३५ र महिला १७ सय रहेका छन् । भने रोजगारी २५० जनाले मात्रै पाएका छन् ।
त्यस्तै,तातोपानी गाउँपालिकाका पुरुष एक हजार ४२ र महिला १२ सय १२ जना गरी २२ सय ५५ जना सूचिकृत बेरोजगार भएपनि कतिले रोजगारी पाए भन्ने उल्लेख छैन् । तिला गाउँपालिकामा दुई हजार २४ जना यूवायूवती बेरोजगारका रुपमा सूचिकृत हुँदा ४० जनाले मात्रै रोजगारी पाएका छन् । भने महिला एक हजार ४२ र पुरुष ९८२ जना सूचिकृत बेरोजगार छन् ।
हिमा गाउँपालिकामा पुरुष ५४६ र महिला ६६५ गरी १२ सय ११ जना बेरोजगार सूचिकृत भएपनि रोजगारी पाएको संख्या उल्लेख छैन् । कनकासुन्दरी गाउँपालिकामा २१ सय ७१ बेरोजगारको सूचिमा हुँदा रोजगारी ५६ जनाले पाएका छन् । भने पुरुष ९१२ र महिला १२ सय ५९ जना छन् ।
पातारासी गाउँपालिकामा ९३८ जना सूचिकृत बेरोजगार रहेकोमा हाल सम्म रोजगारी ३५ जनाले मात्रै पाएका छन् । पातारासीका ३३६ पूरुष र ६०२ महिला बेरोजगारका रुपमा सूचिकृत छन् ।
उता गुठिचौर गाउँपालिकाका महिला ६८२ र पुरुष ३९९ जना गरी एक हजार ८२ जना सूचिकृत बेरोजगार हुँदा रोजगारी कतिले पाए भन्ने उल्लेख छैन् । जुम्लाकै एकमात्र चन्दननाथ नगरपालिकाका ५१८ जना मात्रै बेरोजगारका रुपमा सूचिकृत छन् ।
चन्दननाथमा पनि कतिले रोजगारी पाए भन्ने उल्लेख छैन् । चन्दननाका महिला ४०१ र पुरुष ११७ जना सूचिकृत बेरोजगार छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत चालु आवमा जुम्लाको गुठिचौर गाउँपालिका बाहेक अन्य सात पालिकाले करिब ७० वटा भन्दा बढी आयोजना निर्माण गर्ने भएका छन् । गुठिचौरले कति आयोजना निर्माण गर्ने भन्ने पनि वईसाईटमा उल्लेख छैन् ।
आठै पालिकागरी १३ हजार यूवा यूवती बरोजगारका रुपमा सूचिकृत भएपनि रोजगारी निकै कमले मात्रै पाएका छन् । सरकारकै तथ्यांकमा बेरोजगार कहलिएका यूवाले उपयुक्त रोजगारी नपाउँदा सूचिकृत बेरोजगाहरु अधिकांश पलायन भईसकेका छन् ।
विकाससंग यूवालाई जोड्ने,उद्यमशीलता विकास,उत्पादनमुखी कार्यक्रम लगायत यूवामैत्री नीति र कार्यक्रममा ध्यान नदिँदा बेरोजगार सूचिकृत भएपनि उयुक्तम काम र रोजगारी पाउन सकेका छैनन् । भौतिक विकास तर्फ मात्रै बढी केन्द्रित स्थानीय तहहरु रोजगारी सृजना,उत्पादनशील क्षेत्रमा लगानी बृद्धि,यूवामैत्री नीति तथा कार्यक्रम निर्माण लगायतका क्षेत्रमा उदासिन देखिएका छन् । जसका कारण बेरोजगारी न्युनिकरणको सबाल पेचिलो बन्न सकेको छैन् ।



