जुम्ला । भुकम्पीय दृष्टीले कर्णाली उच्च जोखिममा छ । कमजोर संरचनाका कारण भुकम्पले जनधनको क्षति बढाएको छ । भौगोलिक विकटता र कमजोर संरचनाका कारण कर्णाली ठुलो क्षति व्यहोर्न बाध्य छ । गत कार्तिक जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पलाई ताजा घटनाका रुपमा लिन सकिन्छ । जसले ठुलो जनधनको क्षति गर्याे । कमजोर संरचनाका कारण जाजरकोट,सल्यान रुकुम पश्चिमले ठुलो भौतिक क्षति व्यवहोर्नु पर्यो । जस विद्यालयहरु प्नि सयौको संख्यामा ध्वष्त भएर नियमित पठनपाठन समेत प्रभावित भएको थियो ।
सिंजा गाउँपालिका वडा नंं ६ स्थित दुर्गम जोडुगाउँमा रहेको माध्यमिक विद्यालय जीर्ण भवनमै पठनपाठन गर्न बाध्य थियो । गत कार्तिकको भूकम्पले केहि भवन र पर्खाला समेत चर्किएका थिए । चर्किएको पर्खाल र चुहिने छानाभित्रै बालबालिका जोखिम मोलेर पढ्न बाध्य थिए । जोडुको माध्यमिक विद्यालयको समस्यालाई मध्यरनजर गर्दै पेश नेपाल जुम्लाले आर्कषक भुकम्प प्रतिरोधी विद्यालय भवनसहित अन्य संरचना निर्माण गरिदिएपछि अहिले विद्यार्थी ढुक्कले पढनपाठन गरीरहेका छन् ।
अपांगमैत्री विद्यालयको चार कोठे भवन, तीन कोठे शौचालय र बालमैत्री खानेपानीका धारा निर्माण भएका छन् । विकास साँझेदार संस्था प्लान नेपाल सहयोगमा पेस नेपाल जुम्लाद्धारा संचालित ‘आधार परियोजना’ अन्र्तगत विद्यालयमा भुकम्प प्रतिरोधी आर्कषक संचरना बनेका हुन् ।
आधार परियोजनाको लगानीमा जोडुको माध्यमिक विद्यालयमा मात्र नभई सिंजा क्षेत्रका तीन पालिकाका पाँच वटा सामुदायिक विद्यालयमा भुकम्प प्रतिरोधी भवन,मैत्रीपूर्ण शौचालय र धारा निर्माण भएका छन् । जसले बालबालिकालाई विद्यालय समेत आर्कषण गरेको छ ।
जसमा हिमा गाउँपालिका – ३ जोगीवाडास्थित भैरव आधारभुत विद्यालयमा चार कोठे भवन, ३ कोठे शौचालय र ६ ओटा धारा निर्माण भएको छ । भने हिमा गाउँपालिकाकै वडा नं. ४ माथि कुडुस्थित महादेव आधारभुत विद्यालयमा ४ कोठे भवन, शौचालय र हात धुने स्थान निर्माण भएको छ ।
भने, कनकासुन्दरी गाउँपालिका –४ लेकपोरस्थित भैलेपाटा आधारभुत विद्यालयमा २ कोठे दुई ब्लक विद्यालय भवन निर्माण भईरहेको छ । यसै गरी सोही गाउँपालिका – ६ गोरुचौरस्थित श्रीआधारभुत विद्यालयमा ४ कोठे भवन, ३ कोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माणाधिन छन् ।
आधार परियोजनाको झण्डै तीन करोडबढीको लगानीमा पाँच वटा विद्यालयमा भुकम्प प्रतिरोधी संचरना निर्माण भएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए । उनले भने,‘सुरक्षित बालबालिका र गुणस्तरीय शिक्षण हाम्रो मुख्य उदेश्य हो । सोही अन्तरर्गत जीर्ण भवन भएका,जोखिम युक्त विद्यालय छनोट गरी करोडौ खर्चेर संरचना बनाएका छौ । यसले अवस्य पनि पढाईमा फेरबदल ल्याउने अपेक्षा गरेका छौ ।’
केहि साता खघि जोडु विद्यालयको अनुगमन गएका सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले सिंजाका तीनै पालिकामा बनेका संचरनाले यहाँका विद्यार्थीले पहिलेको जस्तो स्थितिमा पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य बताए ।
भुकम्प प्रतिरोधी विद्यालय भवनले तीन पालिकाका पाँच विद्यालयका झण्डै ३ सय बालबालिका प्रत्यक्ष लाभान्वित हुने भएका छन् । जीर्ण भवनमा जोखिम मोलेर पढीरहेका तीन सय विद्यार्थी अहिले ढुक्क रुपमा पढ्न पाएका छन् ।
तीन करोड लगानी
बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक न्यौपानेले उल्लेख गरे ।
आधार परियोजनाको झण्डै तीन करोडको लगानीमा पाँच सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको कार्यकारी निर्देशक न्यौपानले जानकारी दिए । जसमा सिञ्जा–६ जोडु गाउँको माध्यमिक विद्यालय ६५ लाख ३३ हजार, हिमा–७ को महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरव आधारभूत विद्यालयमा एक करोड २४ लाख लगानीमा भवन निर्माण भएको हो ।
त्यस्तै, कनकासुन्दरी–४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालयमा एक करोड २२ लाख लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण भएको छ । पाँचवटै नयाँ निर्माण भएका चारकोठे भवनमा लेकपोरको विद्यालयबाहेक अरु भवनमा भौतिक सामग्रीको पनि व्यवस्थापन पनि गरिएको छ ।
विद्यार्थी आर्कषण गर्न अन्य सामाग्री सहयोग
सामुदायिक विद्यालय प्रतिको आर्कषण बढाउन पेश नेपालले सिंजा क्षेत्रका पाँच विद्यालयमा मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा बालमैत्री, अपांगमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय निर्माण सहित सामागी दिइएको छ ।
बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठासहितको सुविधा पाँचवटै भवनमा छन् । सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन आधार परियोजनामार्फत बालबालिका आकर्षित हुने खालका संरचना र व्यवस्थापन गरिएको कार्यकारी निर्देशक न्यौपानेको भनाइ छ ।
गत वर्ष असोजको बेमौसमी वर्षाले विद्यालय भवनमा क्षति भएपछि खुला चौरमा बसेर पढ्न बाध्य विद्यार्थीलाई नयाँ भवन निर्माणले राहत मिलेको समेत गाउँपालिका अध्यक्ष धितालले बताउँछन् । उनले भने,‘सबै सुविधासहित भूकम्प प्रतिरोधी भवन निर्माण भएको छ । अब पठनपाठनमा सहज हुने आशा छ । आवश्यकता मध्यनजर गरी भवन निर्माण भएका छन् । सबै पालिकाले संरक्षणसँगै प्रयोगमा ल्याउन आवश्यक छ ।’
बाढी पहिरोले समेत क्षति गरेको जाडुगाउँको उक्त विद्यालयको भौतिक संरचनाले मात्र काँँचुली फरेको छैन् । पक्की भवन बनेपछि भयरहित वाताबरणमा समेत पढाई हुने गरेको सिंजा गाउँपालिका अध्यक्ष धिताले उल्लेख गरे । पेश नेपालले समस्या पहिचान गरी गुणस्तरीय संरचना बनाई दिएकोमा धन्यबाद दिए ।
धेरै वर्ष पुराना जीर्ण भवनमा पठनपाठन गर्न बाध्य दुर्गमका सामुदायिक विद्यालय नयाँ भवन पाएपछि निकै उत्साहित भएका छन् । उता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भूकम्प, बाढी पहिरोले जीर्ण हुँदै गएका विद्यालयमा नयाँ भवन निर्माणले राहत पु¥याएको बताए । सीमित स्रोतले सबै आवश्यकता पूर्ति गर्न पालिकाले लगानी गर्ने अवस्था छैन ।
स्थानीय तहलाई माथि उठाउन, शैक्षिक, आर्थिक सामाजिक विकास र समृद्धिमा गैरसरकारी संस्थाको सहयोग अतुलनीय रहेको उनको भनाइ छ । सरकारले भूगोलअनुसार बजेट नदिँदा दुर्गम क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । विकास साझेदार निकायसँग समन्वय गरी पालिकाले गर्न नसक्ने विकासका आयोजना अघि बढाउन जरुरी रहेको अध्यक्ष शाहीले बताए ।



