
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट खेतमा काम गर्दै गरेकी महिलाको मृत्यु भएको छ ।
दोधारा-चाँदनी नगरपालिका २ मा धानखेतमा काम गर्दै गरेकी स्थानीय २३ वर्षकी हिरा साहुलाई बाघले आक्रमण गरि नजिकैको उखुवारिमा लगेर मारेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १० वजे तिर उखुवारिमा लुकेको बाघले आक्रमण गरेर मारेको र स्थानीय र प्रहरी मिलेर खोजी गर्दा मृत अवस्थामा उखुवारिमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
खेतवारिमा काम गर्दा समेत दिनको समयमा बाघले आक्रमण गरि ज्यान लिन थालेको भन्दै स्थानीय त्रसित भएका छन् ।
प्रकाशित मिति : २०८१ साउन १८ गते बिहिवार