साढे ५१ किलो गाँजासहित तीन जना पक्राउ

हेटौंडा — मकवानपुर प्रहरीले दुई स्थानबाट साढे ५१ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । 

हेटौंडाबाट पथलैयातर्फ गइरहेको ०३-००१ च २११६ नम्बर स्कारपियोलाई हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातामाटे चेक पोष्टका प्रहरीले जाँच गर्दा ३३ केजी गाँजासहित हेटौडा-५ मा घर बताउने ३० वर्षीय चालक विनोद सेवा र उक्त गाडीमा सवार हेटौंडा-१३ की ३५ वर्षीया सुनिता तामाङलाई नियन्त्रणमा लिएको छ । गाँजा स्कारपियो गाडीको पछाडी लुकाएर ल्याइएको थियो ।

यसैगरी हेटौंडा-१५ रातोमाटेस्थित मुक्तान क्रसर अगाडि सडकमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको विआर ०५ पीवी ७३६४ नम्बरको अटोलाई प्रहरीले रोकेर जाँच गर्दा साढे १८ केजी गाँजासहित भारतीय नागरिक मुसादेव आलमलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सिताराम रिजालले वताए । ३० वर्षीय आलम उक्त अटो चालक हुन् । उनी भारतीय नागरिक हुन् ।

कान्तिपुर

प्रकाशित मिति : २०८१ साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस