जुम्ला । मुलुककै गरिब र मानव विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशको जुम्लामा सुचीकृत बेरोजगार यूवा मात्रै १३ हजारबढी छन् । संघियतापछि पनि उत्पादनमुखी कार्यक्रम नहुनु र कृषि,पर्यटन,विकाससंग यूवालाई जोड्ने नीतिको अभावले जुम्लामा मात्रै सूचिकृत बेरोजगार १४ हजारबढी रहेका हुन् ।
सरकारी तथ्यांकलाई आधार मान्दा समग्र कर्णाली प्रदेशमा दुई लाख सूचिकृत बेरोजगार यूवा हुँदा जुम्लामा १३ हजार ३३ जना सूचिकृत बेरोजगार रहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकनुसार गाउँगाँउ पुगेर फाराम भरी कुनै काम नपाएका, रोजगारीको खोजीमा रहेका मात्रै १३ हजार यूवा छन् ।
ग्त आर्थिक वर्र्ष २०८०÷०८१ को तथ्यांकनुसार जुम्लामा सूचिकृत बेरोजगार यूवा १३ हजार ३३ जना हुँदा रोजगारी ९ सय ३४ जनाले मात्रै पाएका छन् । बाँकी १२ हजार ९९ जना सूचिकृत बेरोजगार यूवाहरुनै काम विहिन रहेका छन् । भने बाँकी अन्य सरकारी गणनामा नभएका बेरोजगार यूवा कति होलान एकिन छैन् ।
एक नगरपालिका सहित सात गाउँ पालिका रहेको जुम्लामा कृषि,पर्यटन,जडिबुटि र पूर्वाधार विकास संग यूवालाई जोडेर रोजगारी सृजना गर्न सकिने प्रचुर सम्भवना भएपनि ठोस नीतिको अभावले सूचिकृत बेरोजगारलेनै काम पाउन सकेका छैनन् ।
गत आवमा जुम्लाका आठ पालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ९ सय ३४ जनाले रोजगारी पाउँदा । उनिहरुले ७५ वटा योजना निर्माण भएका छन् ।
आठ पालिकाका १३ हजार सूचिकृत बेरोजगार मध्य महिला ५ हजार ५ सय २९ जना र पुरुष ७ हजार ५ सय ३ जना रहेका छन् । सुचीकृत बेरोजगारको तुलनामा रोजगारीमा संलग्न युवाको संख्या थोरै भएकोले अझै बेरोजगारीको समस्या हल हुन नसकेको देखिन्छ ।
बेरोजगारका रूपमा सुचीकृत भइसकेपछि पनि उपयुक्त रोजगारी नपाएपछि जुम्लाका अधिकांश युवा खाडी र कालापहाड गइसकेका छन् । सरकारको तथ्यांकमा आधिकारीक बेरोजगार सूचिकृत हुँदा पनि सिप र क्षामतानुसार काम नपाउनु दुुखद पक्ष भएको तातोपानी गाउँपालिका यूवा समितिका उपाध्यक्ष विरेन्द्र शाहीले बताए । अरु यूवा भन्दा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत यूवालाई पालिकाका विकास निर्माण संग जोड्ने नीति बनाउनु पर्नेमा शाहीले जोड दिए ।
कुन पालिकामा, कति बेरोजगार ?
जुम्लामा रोजगारी सृजनाका प्रयाप्त सम्भवना भएपनि ठोस नीति र लगानी अभावले बेरोजगारी समस्या चुलिदै गएको छ । बेरोजगारी न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले टेवा पु¥याउने आशा गरिए पनि अपेक्षित रोजगारी सृजना गर्न सकेको छैन् ।
सिपको पहिचान, क्षमताअनुसारको रोजगारी, श्रम संस्कृतिको विकास, स्वदेशमै रोजगारी प्रदान गर्ने र युवा पलायन रोक्ने उदेश्यसहित सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले सुचीकृत बेरोगारको देखाएपनि रोजगारी भने थोरैलाई मात्र दिएको छ ।
तथ्यांकनुसार जुम्लाको चन्दननाथ नगरपालिकामा ५ सय १८ हजार बेरोजगार सूचिकृत हुँदा ८० जनाले मात्रै रोजगा पाएका छन् ।
भने,सबैभन्दा बढी सिंजा गाउँपालिका २८ सय ३५ जना सूचिकृत बेरोजगार हुँदा रोजगारी २ सय ७२ जनाले पाएका छन् ।
त्यस्तै तातोपानी गाउँपालिकामा २२ सय १२ जना सूचिकृत हुँदा रोजगारी पाउने ८४ जना,तिला गाउँपालिकामा सूचिकृत २ हजार २४ रहेकोमा रोजगारी पाउने ८९ जना,हिमा गाउँपालिकामा सूचिकृत बेरोजगार १२ सय ११ जना मध्य रोजगारी ८१ जनाले पाएका छन् ।
त्यस्तै कनकासून्दरी गाउँपालिकामा सूचिकृत २१ सय ७१ ज्ना मध्य रोजगाी ९४ जना,पातारासीमा सूचिकृत ९ सय ३८ जना मध्य रोजगारी पाउने ८७ जना र गुठिचौर गाउँपालिकामा सूचिकृत बेरोजगार एक हजार ८१ ज्ना रहेकामा रोजगारी १५६ जनाले मात्रै पाएको तथ्यांकले देखाएको छ ।



