जिल्लाकै कान्छा विव्यस अध्यक्ष नेतृत्वको विद्यालय बन्यो तातोपानीकै उत्कृष्ट

जुम्ला । सरकारले शिक्षालाई अनिवार्य र निशुल्क गरेको छ । तर सामुदायिक विद्यालयको शिक्षा खस्कीदै जान थालेपछि नीजि विद्यालय प्रतिको आर्कषण बढ्दो छ । सामुदायिक विद्यालयमा सरकारले लगानी नगरेकाे होईन् । तर लगानीको सहिपरिचालन गर्ने,शिक्षक अभिभावक संग समन्वय सहकार्य गर्ने खालको कूशल नेतृत्वकै कमीले सामुदायिक विद्यालय कमजोर बन्दै गएका छन् ।

तर तातोपानी गाउँपालिका वडा नं. ६ हियाखोलागाउँ स्थित कालिका आधारभूत विद्यालयमा छोटो समयमै उल्लेखीय सुधार भएको छ । शैक्षिक तथा भौतिक अबस्थाले पनि काँचुली फेर्दै छ । भने शिक्षक अभिभावकको सक्रियता पनि बढ्दो छ ।
कालिका आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डिल्ली कामी आएपछि विद्यालयको हरेक गतिविधिले गती लिएको तथ्यलाई नर्कान सकिदैन् । २२ वर्षिय कामी कर्णालीकै कान्छा विव्यस अध्यक्ष हुन् ।

उनले विद्यालयको नेतृत्व गरेको डेढ वर्षको अवधिमा विद्यालय पालिकाकै उत्कृष्ट विद्यालय बनेको छ । आईतबार पालिकाद्धारा आयोजित ५८ औँ अन्तराष्ट्यि साक्षरता दिवसमा पालिकाका २९ वटा विद्यालयमध्य आधारभूत विद्यालयतर्फ कालिका आधारभूत विद्यालय उत्कृष्ट सावित हुदैँ पुरस्कृत भयो ।

पालिकाभरीकै विद्यालयबाट उत्कृष्ट सावित हुनु विव्यस अध्यक्ष उमेरले कान्छा भएपनि कामले परिक्क भएको,विद्यालयका शिक्षक जिम्मेवार रहेको र विद्यालयको वाताबरण बालबालिकामैत्री बनेको पृष्टी हुन्छ । यसो त कालिका आवीमा छापामय कक्षाकोठादेखी पुस्तकालय सम्मको व्यवस्थान छ । त्यहाँका सबै कक्षा कोठा चित्रकलाले भरिएका छन् । जसले गर्दा बालबालिकाको सिकाई बृद्धि र पठन सिपको विकासमा सुधार भएको छ ।

हियाखोलामा दलितहरुको बसोबास बढी छ । आर्थिक रुपमा विपन्न भएकै कारण धेरै बालबालिका विद्यालयको पहुँचबाट बाहिर थिए । सबै विपन्न बालबालिकालाई विद्यालयको पहुँचमा पुराउने र सामुदायिक विद्यालय प्रतिको धारणा फेर्दै विद्यालय सुधारको हुटहुटी बोकेर अध्यक्ष पद सम्हालेका डिल्ली कामीले आफ्नो विद्यालयलाई नमुना बनाउन भरपुर प्रयास गरीरहेका छन् ।

नियमित शुक्रबारीय गतिविधि संचालन,आन्तरिक भ्रमण अवलोकन,शिक्षकको क्षामता विकास,अभिभावकसंगको प्रभावकारी सहकार्यनै कालिका आवि अब्बल बन्नुका कारण हुन् । विद्यालय खस्कीदाँ पनि नेतृत्वलाई दोष लाग्छ भने विद्यालय उत्कृष्ट भई पुरस्कृत हुँदा पनि त्यसको जस नेतृत्वलेनै दिनुपर्छ ।

यो हिसाबले कालिका आवि पालिकाकै उत्कृष्ट घोषित हुनु विव्यस अध्यक्ष डिल्ली कामी उपलब्धीको मुख्य भागेदार बन्न सक्छन् । २२ वर्षीय कामी विद्यालय सुधारका निम्ती आधा सताब्धी नाघिसकेकाहरुको लागि उत्प्रेरणा पनि बन्न सक्छन् । ५८ औँ अन्तराष्ट्यि साक्षरता दिवसबाट उत्कृष्ट विद्यालयको पुरस्कार पाएपछि उनले आफ्नो श्रम र लगनशीलताको कदर भएको बताए । विद्यालय एक्लै विव्यस अध्यक्षले चाहेर मात्रै सुधार हुन सम्भव छैन् ।

उनले भने,‘म उमेरले सानै भएपनि विद्यालय सुधारका लागि केहि गर्न सक्छ भन्ने आम गाउँलेको विश्वास,शिक्षक अभिभावकको निस्वार्थ सहयोग र मेरो आफ्ै विद्यालय प्रतिको चासो र चिन्ताले उत्कृष्ट बन्न सफल भयो । अझ विद्यालय राम्रो बनाउनु पर्ने जिम्मेवारी बोध भएको छ ।’

कालिका आवीले नगद १० हजार सहित उत्कृष्ट विद्यालयको प्रमाण पत्र पाएको छ । उक्त प्रमाणपत्र विद्यालयको सम्पत्तिको रुपमा हेरिएको समेत अध्यक्ष कामीको भनाई छ । पालिका हुदैँ आगामी दिनमा जिल्लाकै अब्बल र उत्कृष्ट विद्यालय बनाउने गरी काम गर्ने अध्यक्ष कामीको अठोट छ ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाले सामुदायिक विद्यालय सुधारको योजनालाई प्रथामिकता दिएको बताए । गाउँ शिक्षा समितिको निर्णयनुसार आधाभूत विद्यालय तर्फ कालिका आवि र मावितर्फ दुर्गा मावि धमु सुर्कीलाई उत्कृष्ट विद्यालय छनोट गरिएको उनको भनाई छ ।

उनले भने,‘उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी विद्यालयको सुधारका लागि अहोरात्र खटिने केहि नतिजामुखी काम गर्ने विद्यालय पालिकाका गहना हुन् । अन्य विद्यालयले पनि पुरस्कृत हुनेगरी काम गर्न आबश्यक छ । ’

छापामय कक्षादेखि पुस्तकालयसम्म
कालिका आधारभुत विद्यालयमा छापामय कक्षाकोठादेखि पुस्तकालय स्थापना गरिएको छ । प्राय आधारभूत विद्यालयमा व्यवस्थित पुस्तकालय छैन् । तर कालिका आवीमा सामुदायिक विद्यालय प्रति विद्यार्थीको आकर्षण बढाउन छापामय कक्षाकोठा व्यवस्थापन गरिएको छ । भने,पठन सीप र बानीको विकास गर्न विद्यालयमा पुस्तकालय समेत अध्यक्ष कामी बताउँछन् ।

सामुदायिक विद्यालयमा सरकारको ठुलो लगानी गरेपनि विद्यार्थी घट्दो क्रममा छन् । नीजि विद्यालय प्रतिको आकर्षण बढी रहेको छ । नीजि विद्यालय प्रति बढ्दो विद्यार्थीको आर्कषण घटाउन तथा व्यवहारिक शिक्षामा जोड दिन छापामय कक्षाकोठा व्यवस्थापनदेखि पुस्तकालय स्थापना गरिएको हो ।

विव्यस अध्यक्ष भन्छन,‘शहरी क्षेत्रका भन्दा दुर्गमका सामुदायिक विद्यालयको अबस्था दयनीय छ । अधिकांश स्कुल भौतिक संरचना अभावकै बिच चलेका छन् । जसका कारण विद्यार्थी घट्दो अबस्थामा छन् । त्यसैले सामुदायिक विद्यालयमा विद्यार्थिको आर्कषण बढाउन पनि सामुदायिक विद्यालय सुधारको अभियान थालेका हुन् ।’

सामुदायिक विद्यालयमा पूर्वाधार अभाव,मैत्रीपुर्ण कक्षाकोठा र शौचालय,अभिभावक सचेतना अभिबृपछि विद्यालय सुधारउन्मुख बन्दै गएको छ ।कर्णालीकै कान्छा विव्यस अध्यक्षका रुपमा यूवा डिल्ली कामी आएपछि १ सय ३० जना विधार्थी संख्या रहेको कालिका आधारभुत विद्यालय सुधारको गतिमा छ । पुस्तकालयका लागि विभिन्न लेखक तथा पाठकहरुबाट पुस्तक संकलन थालिएको छ ।

दुर्गमको विद्यालयमा पुस्तकालय स्थापना हुनु चेतनाको विस्तार,प्रश्न गर्ने बानीको विकास,पठन सीप र बानीको विकासमा टेवा पुग्ने देखिन्छ । संरचना अभावकै बीच सामुदायिक विद्यालयको शैक्षिक अबस्था गुज्रिरहेको अबस्थामा दुर्गमको विद्यालयमा पुस्तकालय स्थापना हुनु सुखद पक्ष हो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस