जुम्ला ।ताताेपानी गाउँपालिका वडा नं ४ ले विपन्न वडाबासीकाे नि:शुल्क स्वास्थ्य बिमा गरेकाे छ । वडाका ५७ जना विपन्न तथा अतिविपन्नकाे बिमा गरिएकाे हाे ।
५७ जना विपन्न बिमितलाई मंगलबार वडामा बाेलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएकाे ताताेपानी गाउँपालिका वडा नं ४ का अध्यक्ष अमर बहादुर राेकायाले बताए ।
उनका अनुसारतातोपानी गाउपालिका ले गत आर्थिक वर्ष २०८०/०८१ मा बिनियाेजित अति बिपन्न, बिपन्न परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रमकाे २ लाख बजेटबाट वडाका ५७ वटा बिपन्न् तथा अतिविपन्न परिवार छनाेट गरिएकाे थियाे ।
५६ घरधुरीकाे ५ परिवार बरावर ३५ सय का दरले स्वास्थ्य बिमा गरिएकाे वडाध्यक्ष राेकायाकाे भनाई छ ।
पछिल्लाे समय एककाे बीमा कार्ड अर्काेले प्रयाेग गर्ने समस्या रहेकाेले त्यसबारे पनि बीमितलाई सचेत गराईएकाे छ ।
प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार



