ताताेपानी गाउँपालिका साक्षर घाेषणा, ९५ प्रतिशत नागरिक बने साक्षर

११ हजार नागरिक साक्षर,५०९ जना मात्रै निक्षर

जुम्ला ।  जुम्लाकाे ताताेपानी गाउँपालिका साक्षर गाउँपालिका घाेषणा भएकाे छ । ताेकिएका १२ वटा सूचक पूरा गरेसंगै साेमबार ताताेपानी गाउँपालिका जिल्लाकाे छैटाैँ पालिकाका रुपमा साक्षर घाेषणा गरिएकाे हाे ।

घरधुरी सर्वेक्षण-२०८१ अनुसार ताताेपानी गाउँपालिका ८ वटै वडाका तीन हजार पाँच सय ३० वटा घरधुरी साक्षर रहेका छन् ।  जसमा १५ वर्षदेखि ६० वर्षमुनिका नागरिकमा गरिएकाे सर्वेक्षणनुसार कूल ११ हजार ३ सय ३६ जना नागरिक साक्षर रहेका छन् । भने तथ्यांकनुसार ताताेपानीमा अझै ५ सय ९ जना नागरिक निरक्षर रहेका छन् ।

यदपी सर्वेक्षण  अनुसार  कूल जनसंख्याकाे ९५.७७ प्रतिशत  नागरिक साक्षर रहेकाे सुनिश्चित भएपछि ताताेपानी गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए ।

उनका अनुसार निरक्षर नागरिकलाई साक्षर बनाउन पालिकाले विशेष प्रथामिकताका कार्यक्रम संचालन गर्ने छ ।
साक्षर पालिका घाेषणा अघि घरधुरी सर्वेक्षणका लागि पालिकाले २२ जना शिक्षक तथा गणक खटाएकाे थियाे ।

राष्टि्य जनगणना २०७८ काे तथ्यांकनुसार ताताेपानीकाे कूल जनसंख्या १५ हजार ५ सय ७५ रहेकाे छ । जसमा महिला ७ हजार ८ सय ७६ र पुरुष ७ हजार ६ सय ९९ जना रहेका छन् ।

पालिकाका ८ वटै वडामा गरिएकाे घरधुरी सर्वेक्षण र तथ्यांक

तर साक्षर पालिका घाेषणाका लागि पालिकाले गरेकाे १५ वर्षमाथि र ६० वर्षमुनिकालाई गरेकाे सर्वेक्षणनुसार कूल जनसख्याकाे ९५ दशमलब ७७ प्रतिशत अर्थात ११ हजार ३ सय ३६ जना नागरिक साक्षर रहेका छन् ।

जसमा महिला ५ हजार ३०४ जना र पुरुष ६ हजार ३२ जना साक्षर भएका हुन् ।  भने ५०९ जना अर्थात कूल जनसख्याकाे ४.३ प्रतिशत नागरिक मात्रै निरिक्षर रहेका छन् ।

ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले साक्षर गाउँपालिका घाेषणाकाे प्रतिवद्दता पत्र सार्वजानिक गरे । सबै प्रक्रिया पूरा गरि जिल्लाकाे छैटाै पालिकाका रुपमा ताताेपानी साक्षर पालिका घाेषणा भएकाे अध्यक्ष चाैलागाँईकाे भनाई छ ।

ताेकिएका मापदण्ड सूचक पूरा भएकाे सुनिश्चित भएपछि साक्षर पालिका घाेषणा गरेका हाै । उनले भने,’साक्षर पालिका घाेषणा सम्म विभिन्न तवरबाट सहयाेग गर्ने सबै धन्यबादका पात्र छन् । शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएकाे ताताेपानीका लागि निकै एतिहासिक काम भएकाे छ । घाेषणा कार्यान्वयनमा सबैले जाेड दिन जरुरी छ ।’

यी हुन साक्षर पालिका घाेषणाका सूचकहरु
• राष्ट्रभाषा र मातृभाषाका वर्ण अक्षरको पढाई र लेखाई गर्न सक्ने,
• नेपाली र मातृ भाषामा लेखिएका मूल्यसूची र बिलको पढाई गर्न सक्ने,
• आफ्नो र परिवारका सदस्यको नाम, उमेर, लेखाई र पढाई गर्न सक्ने,
• मोबाईल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने,
• ० देखि ९ सम्मका अंक र चिन्ह लेख्न सक्ने,
• १ देखि १०० सम्मका अंक गणना गर्न सक्ने,
• लेनदेनको हरहिसाब राख्न सक्ने,
• सरल चित्र, पोष्टर, साईनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने,
• सामुदायिक कार्यक्रममा आफ्नो बिचार सहित सक्रिय सहभागिता देखाउन सक्ने,
• घडी हेरेर समय बताउन सक्ने,
• भित्तेपात्रो हेरेर तिथि मिति बताउन सक्ने,
• बैंक भौचर भर्न र चेक खिच्न सक्ने

माथि उल्लिखित १२ वटा सुचकहरुकाे आधारमा साक्षरताको मुल्याङ्कन गर्दा कम्तिमा ५० प्रतिशत पूरा भएमा साक्षर घाेषणा गर्न सकिने प्रावधाननुसार ताताेपानी साक्षर पालिका घाेषणा भएकाे हाे ।

साक्षर पालिका घाेषणा कार्यक्रमकाे प्रमुख अतिथिमा उच्च अदालत सुर्खेत जुम्ला ईजालासका मुख्य न्यायधिष,प्रमुख जिल्ला अधिकारी,दलका प्रतिनिधि,पालिकाबासीकाे उत्साह जनक सहभागितामा रहेकाे छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस