युवालाई सीप सिकाउन तिलागुफामा डकर्मी तालिम

जुम्ला-तिलागुफा नगरपालिका कालिकोटका युवालाई दक्ष मिस्त्री डकर्मी तालिम दिएको छ । तिलागुफा नगरपालिका र पेस नेपाल जुम्लाको संयूक्त आयोजनामा डकर्मी तालिम सञ्चालन गरिएको हो । कारीतास जर्मन र कारीतास नेपालको आर्थिक सहयोगमा पेस नेपाल जुम्लाले तिलागुफा नगरपालिका कालिकोटमा मानविय सहायता तथा विपद पुर्ब जोखिम न्यूनिकरण (उत्थान) परियोजना सञ्चालन गर्दै आएको छ ।


तिलागुफाका १२ जना युवालाई नगरपालिकाका सब– ईन्जिनियर हरिप्रसाद पाण्डेयले डकर्मी तालिमको सहजीकरण गरेका हुन् । तालिममा प्रशिक्षकले सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानले बताए । उनले भने, ६ दिने डकर्मी तालिम सञ्चालन गरिएको हो ।


सैद्धान्तिक कक्षामा भुकम्पिय जोखिम र अहिलेका संरचनाको अबस्थाको बारेमा प्रशिक्षण गरिएको छ । यस्तै गुणस्तरीय सामानको पहिचानको (सिमेन्ट, बालुवा, ईट्टा, सरिया, गिट्टी) विषयमा प्रशिक्षण गरिएको प्रशिक्षक पाण्डेयले बताए । उनले भने, पुरानो भवन प्रबलिकरण (महत्व र तरिका), स्थानीय श्रोत साधनबाट भुकम्पिय संरचना निर्माण, आरसिसि भवन निर्माण गर्ने तरिका, सामाग्रीको मात्रा मिलाउने तरिका, पिलर बनाउने तरिका(रड हाल्ने, फर्मा मिलाउने, रिङ्ग बनाउने तरिका) बारेमा प्रशिक्षण गरिएको हो ।


ईट्टा जडान, ब्याड राख्ने, झ्याल, ढोकाको चौकोस मिलाउने तरिका, पलाष्टर गर्ने तरिका पनि सिकाईएको प्रशिक्षक पाण्डेयले बताए । उनले भने, भवन निर्माण आचारसंहिता बारेमा जानकारी दिई सिकेका कुराको प्रयोगात्मक कक्षा पनि गरिएको छ । जसमा ईट्टा, ढुङ्गाको बाल लगाउने, रिङ्ग बनाउने, पिलर तयार गर्ने, ब्यान्ड राख्ने कुराहरू सिकाईएको छ ।


अहिलेसम्म बनिरहेका संरचना देखाउन नमिल्ने र मापदण्ड नपुगेका हुने हुदा साथै पेस नेपाल र पालिकाले आयोजना गरेको तालिममा प्रत्यक्ष रूपमा सिकेका कुरा भबिश्यका लागि पनि प्रयोगमा आउने हुदा सिकाईका कुराले अब वडामा बन्ने संरचना भुकम्प रहित मापदण्डअनुसार बन्ने नगरप्रमुख शंकर प्रसाद उपाध्यायले बताए ।

प्रकाशित मिति : २०८१ असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस