जुम्ला । साताैँ जुम्ली घाेडा दाैड गुठिचाैर गाउँपालिकामा हुने भएकाे छ । हरेक वर्ष फूलपातीका दिन हुँदै आएकाे घाेडा दाैड यसपाली गुठिचाैर उपत्यकामा हुने भएकाे हाे ।
साेमबार पत्रकार सम्मेलन मार्फत गुठिचाैरमा साताै घाेडा दाैड असाेज २४ गते फूलपातीका दिन आयाेजना जानकारी दिईएकाे छ ।
कर्णाली खेलकूद क्लब र गुठिचाैर गाउँपालिकाकाे यूवा क्लबकाे संयुक्त आयाेजना तथा गुठिचाैर गाउँपालिकाकाे आर्थिक सहयाेगमा फूलपातीका दिन गुठिचाैरमा जुम्ली घाेडा दाैड हुने कर्णाली खेलकूद क्बलका उपाध्यक्ष नवीन थापाले बताए ।
संस्कृतिकाे निरन्तरता दिनका लागि घाेडा दाैडकाे साताैँ संस्करण हुँदै छ । उनले भने,’राजसिममा रंगशाला निर्माणपछि घाेडा दाैड गर्न सम्भव छैन् । त्यसैले पनि हामीले बैकल्पीक ठाउँ खाेजिरहेका थियाै । गुठिचाैर सहयाेग गर्ने भएपछि गुठिचाैर उपत्यकामा आयाेजना गर्न लागिएकाे हाे ।’
प्रतियाेगितामा ७० वटा घाेडा सहभागी हुने अनुमान गरिएकाेमा हाल सम्म ३५ घाेडा सम्पर्कमा आएका छन् ।
प्रतियाेगिता संचालनका लागि गुठिचाैर गाउँपालिकाले एक लाख सहयाेग गर्ने प्रतिबद्दता गरेकाे छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयले पनि सहयाेग गर्ने छ ।
भने प्रतियाेगितामा उत्कृष्ट हुने घाेडालाई कर्णाली खेलकूद क्लब र हरि राेकाया फाउण्डेशनले पुरस्कार दिनका लागि सहयाेग गर्ने क्बलका उपाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियाेगितामा प्रथम हुनेलाई १५ हजार,दृत्तिय हुनेलाई १्० हजार र तृतीय लाई ५ हजार पुरस्कार उपलब्ध गराईने छ ।