जुम्ला । जुम्लाका बस्ती बस्तीमा राष्ट्यि प्रशारण लाईन विस्तारको काम धमाधम भईरहेको छ । जुम्ला २०७८ भदौ महिनामा राष्ट्यि प्रशारण लाईनमा जोडिएको थियो । कर्णालीलाई पूर्ण विद्युतकरण गर्ने प्राधिकरणको कार्ययोजना अनुसार बस्ती बस्तीमा प्रशारण लाईन विस्तारको काम तिब्र रुपमा भईरहेको हो ।
विद्युत प्राधिकरणको वितरण केन्द्र जुम्लाको तथ्यांकनुसार जुम्लामा प्रशारण लाईन जोडिएको करिब साढे तीन वर्षको अवधिमा यहाँका २५ वटा वडामा राष्ट्यि प्रशारण लाईन विस्तार भएको छ ।
एक नगरपालिका सहित सात गाउँपालिका रहेको जुम्लाका कूल ६० वटा वडा रहेका छन् । जसमध्य हाल सम्म २५ वटा वडाहरुमा राष्ट्यि प्रशारण लाई विस्तार भएको नेपाल विद्युत प्राधिरकण जुम्लाका प्रमुख राम आशिष शाहले बताए ।
जुम्लाको पातारासी गाउँपालिकाका ७ वटा वडा र गुठिचौरका ५ मध्य ३ वटा गरी कूल ९ वटा वडा बाहेक ५१ वडामा राष्ट्यि प्रशारण लाईन पुराउने कार्ययोजना रहेको छ ।
जसमा चन्दननाथ नगरपालिकाका १० वटै वडामा प्रशारण लाईन विस्तार भईसकेको छ । भने तातोपानी गाउँपालिकाका ८ वटा वडामध्य १ देखि ६ सम्मको ६ वडामा पूर्ण रुपमा विद्युत विस्तार भईसकेको छ । भने २ वटा वडामा आशिंक रुपमा विद्युत पुगेको छ ।
तिला गाउँपालिकाका ९ वटा वडामध्य १ देखि ४ सम्म ४ वटा वडामा पूर्ण रुपमा विद्युत पुगिसकेको छ । ३ वटा वडामा आशिंक र २ वटा वडामा विद्युत पूग्नै बाँकी छ । उता हिमा ७ वटा वडा मध्य ४ र ५ मा विद्युत पुगेको र बाँकी ४ वडामा पूग्न प्रशारण लाईन पूगेको छैन् ।
साथै सिंजा गाउँपालिकाका ६ वटा वडा मध्य ३ र ५ नम्बर वडामा बत्ती पुगेको छ । भने बाँकी ४ वटा वडामा बत्ती पुग्नै बाँकी छ । कनकासुन्दरी गाउँपालिकाका ८ नम्बर वडामा मात्रै प्रशारण लाईन पूग्दा अझै ८ वटा वडा बाँकी छन् । गुठिचौर गाउँपालिकाका ५ वटा वडा मध्य २ वटा वडामा बत्ती पुगिसकेको छ । भने ३ वटा वडामा पुगेको छैन् ।
पातारासी र गुठिचौरका ९ वडा बाहेक कूल ५१ वडा मध्य २५ वडामा बत्ती पुग्दा २६ वडामा अझै पूग्न बाकी रहेको छ ।
विद्युत प्राधिकरण वितरण केन्द्र ग्राहक सेवा निर्देशानालयबाट ठेक्का आह्वान भई ‘वाईबा कन्स्ट्रक्सन’ले जुम्लाका गाउँमा विद्युत विस्तारको काम गरिरहेको छ । दशैँ मनाएर ठेकेदार जुम्ला पुगिसकेकोले अब विद्युत विस्तारको काम तिब्र रुपमा हुने प्रमुख शाहले उल्लेख गरे ।
तिला गाउँपालिका वडा नं. ६ का अध्यक्ष जंग रोकायाले लामो प्रयास पछि आफ्नो वडामा पनि राष्ट्यि प्रशारण लाईन जोडिएपछि खुसीयाली छाएको बताए । उनका अनुसार गाउँ गाउँमा बत्ती पुगेसंगै दैनिकी फेरिएको छ । उहाँले भन्नुभयो,‘अब गाउँमै फर्निचर उद्योग संचालन हुने,विद्युतीय कामहरु सुरु हुने दैनिकी सहज हुने छ । विद्युतीय सचेतना बृद्धिमा जोड दिईने छ ।’



