चन्दननाथ नगरपालिकाका अधुरा याेजना अघि बढाउन १५ बुदेँ ध्यानकर्षणपत्र (पूर्णपाठ)

जुम्ला । चन्दननाथ नगरपालिकाका सचेत यूवा समुहले नगरपालिका भित्रका अधुरा  विकास निर्माण याेजनालाई अघि बढाउन ध्यानकर्षण बुझाएका छन् ।

शुक्रबार चन्दननाथका मेयर राजुसिंह कठायत समक्ष नगर भित्रका विभिन्न याेजना निर्माणलाई यथाशिघ्र अघि बढाउनु पर्ने १५ बुँदे माग सहित ध्यानकर्षण पत्र बुझाएका हुन् ।

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १० सहित समग्र नगरक्षेत्रका समस्याहरूप्रति तत्काल कदम चाल्नुपर्ने सचेत युवा समूहकाे जाेडदार माग छ ।

सचेत समूहले सडक, ढल, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन,सडक बत्ती,नगर क्षेत्रको शैक्षिक स्तर सुधार,खाेला नालाकाे सिमाङ्मन तथा रेखाङ्कन, स्थानीय बन संरक्षण, र पर्यटन विकास लगायतका याेजनाहरुकाे यतासिघ्र विकास निर्माणलाई अघि बढाउन माग गरिएकाे सचेत यूवा लाेकेन्द्र राज गिरीले बताए ।

ध्यानाकर्षण पत्रमा  भनिएकाे छ,’ नगरपालिकामा सडक निर्माण र पिच गर्ने काम केही महिनादेखि ठप्प रहेकोमा त्यसको कारणसहित छिटो पुनः सुरुवात गरिनुपर्ने, लामो समयदेखि सडक विस्तारका लागि लागत कटौती हुन नसकेको समस्याको समाधान हुनुपर्ने र नगर क्षेत्रमा न्यूनतम मापदण्ड अनुसार ढल तथा फोहोर व्यवस्थापन सुदृढ गर्नुपर्ने माग उल्लेख छ।’

युवा समूहले नगरक्षेत्रका सबै वडामा सडक बत्तीको व्यवस्था गर्न, अनियमित पार्किङ नियन्त्रण गर्न, र फोहोर व्यवस्थापनका लागि अन्य विस्तारित क्षेत्रहरूलाई पनि प्राथमिकता दिन आग्रह गरेको छ।

साथै, नगरको भविष्यको विकासका लागि गुरुयोजना बनाई औद्योगिक, कृषि, वन, पर्यटन र शहरी क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएको छ।

सचत यूवा समूहले स्थानीय वन संरक्षणमा विशेष ध्यान दिँदै, राष्ट्रिय र सामुदायिक वनमा भइरहेको अतिक्रमण रोक्न तथा खाली क्षेत्रहरूमा वृक्षारोपण गरेर हरियाली कायम गर्न आग्रह गरेको छ।

सचेत समूहले नगर क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्त्व बढाउने र नगरमा रहेको नदी, खोलानालाका बहाव क्षेत्रलाई सुरक्षित राख्न अतिक्रमण गरिएको संरचना हटाउनुपर्ने माग गरेको छ।

समूहका प्रतिनिधिहरूले ध्यानाकर्षण पत्रमार्फत जनस्तरबाट आएको आवाजलाई कार्यान्वयन गर्न प्रशासनले गम्भीरता देखाउनुपर्नेमा जोड दिएका छन्। उक्त पत्रमा समयमै उचित कार्य नगरे स्थानीयले विरोध गर्ने चेतावनीसमेत दिइएको छ।
ध्यानकर्षणकाे पूर्णपाठ यस्ताे छ
  यति बेला हामी चन्दन नाथ नगरपालिका वडा न १० र समग्र नगरक्षेत्रका समस्या हरुलाई सूत्रबद्ध गर्दै सम्बन्धित निकाय चन्दननाथ नगरपालिका जुम्लालाई ध्यानाकर्षण गर्न चाहान्छौ , तय गरिएका हाम्रा मागहरू यस नगरपालिका सङ्ग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले यथासिघ्र समाधानको कदम चालियोस , हाम्रा मागहरु उपर गम्भीर बन्दै तत्काल पूरा गरियोस ।
हाम्रा मागहरु
१  हाल केही महिना अगाडी चनानपा वडा न १० मा  
    भैरहेको सडक निर्माण र पिच गर्ने भनियको काम
    के कति कारणले बन्द भएको हो सोको जानकारी
    सहित यथासिघ्र काम अगाडि बढाउनुपर्ने ।
२ मिति २०६५-६६ साल देखि बनेका सडकहरुको 
   लागत कट्टा हाल सम्म  हुन सकेन छैन जसले गर्दा बाट बाटाेकाे कर असुलि भएकाे देखिन्छ । बाटाे विस्तारमा पनि समस्या बल्झिरकेकाे देखिन्छ । तत्काल राज्यकाेष बाट लगानि भई वनेका सडक संरचनाकाे तत्काल लगत कट्टि गरि सडक कायम गरियाेस । एक पटक बन्ने योजना कम्तीमा १० बर्ष सम्म परिबर्तन नगर्ने गरि बनाइयोस ।

३ धौलिगाड परियोजना अन्तर्गत पाइप खन्ने काम 
    न्युनतम मापदण्ड भन्दा पनि कम गहिराइमा
   पाइपहरु दबाईएका छन , यथासिघ्र उक्त कार्य
   सच्याइयोस र पुर्न निर्माण गरियोस । मौसमी बस्ती खर्कको लागि अस्थायी पानी खाने ब्यबस्था गर्नका लागि पहल गरियोस ।

४ चन्दननाथ नगरपालिका भित्रका सबै वडाहरुमा 
   ढल निर्माण गर्नुका साथै फोहोर ब्यबस्थापनका
  लागि नगरको फोहोर ब्यबस्थापन गाडी सबै वडामा 
  पुर्याइयोस ।

५ यथाशिघ्र सबै वडाहरुमा आबश्यकता अनुसार  
    सडक बत्तिको ब्यबस्था गरियोस ।

६ फोहोरजन्य पदार्थलाई व्यवस्थित गरी नगरलाई
   फोहोर रहित बनाउन लाग्नुपर्ने । फोहोर सफालाई
   बजार भित्रको केही भागलाई मात्रै नहेरि नयाँ बिस्तारित बजार क्षेत्र उमगाड , दानसाघु लगायत आदि ठाउको पनि फोहोर ब्यबस्थापनमा ध्यान दिईयोस ।

७ स्थानिय सरकारको बजेटले, नीति तथा कार्यक्रम
   हरुमा आयआर्जन, सिप तथा क्षमता विकासका
   लागि बस्तिस्थर बाट मागमा आधारित भएर
   रोजगारीका कार्यक्रमहरुको योजना तर्जुमा गरि
   कार्यन्वयन गरियोस । 

न.पा. ले गुरुयोजना बनाई आबधी  क्षेत्र, औद्याेगिक क्षेत्र, कृषि क्षेत्र , बन क्षेत्र , पर्यटन क्षेत्र र शहरि क्षेत्र छुट्याई याेजना निर्माणमा  बजेट विनियाेजन गर्ने व्यवस्था गरियाेस ।

९ बजार क्षेत्रमा अब्यबस्थित पार्किङ भैरहेको हुनाले
   सर्बसाधारण जनतामा परेको असरलाई मध्यनजर
   गर्दै कम्तिमा पनि बसपार्क क्षेत्र , पुरानो बजार क्षेत्र
  , पुरानो बिजयनगर, तलिउम, कालेखाेलि क्षेत्र , एयर्पोर्ट क्षेत्रमा तत्काल पार्किङ्को  ब्यबस्था गरियोस ।

१० नीति निर्माण , बिकास निर्माण आदिमा जनताको
    भाबनालाई कदर हुने र जनताको बस्तिस्थर बाट
    पास भएर आएका योजनाहरुलाई प्राथमिकतामा
    राख्नुपर्ने प्रणालिको बिकास गरियोस ।

११ नगर क्षेत्र भित्रकाे बन अतिक्रमण नियन्त्रण र बन
    संरक्षणका कार्य हरु तदारुक्ताका साथ लाग्नुहोस ।

१२ वडा न २,३,४,९ र १० भित्र पर्ने राष्ट्रिय तथा सामुदायिक बन क्षेत्र माथी भएको नियोजित अतिक्रमण लाई रोकि वडा न १,३,७ र ९ मा रहेको खाली पाखोमा बृक्षारोपण कार्यक्रम सन्चालन गरि बन क्षेत्र बिस्तारमा क्षेत्रमा ध्यान दिइयोस ।

१३ नगर क्षेत्र भित्रको शैक्षिक गुणस्तर वृद्धि गर्न , परिक्षा प्रणालीमा एकरुपता , बिश्वसनियता कायम गरि शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने ।

१४ पर्यटन पुर्वाधार तथा सास्कृतिक सम्पदाको महत बढाउनको लागि धार्मिक तथा सास्कृतिक सम्पदा सम्बन्धि जानकारी पत्र तयार पारिनुपर्ने , चन्दन नाथ भैरबनाथ मन्दिरलाई ओजेलमा पार्ने गरि बन्दै गरेका र बनेका सम्रचनाहरु कानुन बिपरित रहे नरहेको एकिन गरि कारबाही अगाडी बढाईयोस ।

१५ नगर क्षेत्र भित्र रहेका नदि , खोलानालाको बहाब क्षेत्रलाई अतिक्रमण हुनेगरी बनाईएका सम्रचना हटाउनु पर्ने बन्य सम्रचनाहरु बहाब क्षेत्र भन्दा बाहिर बनाईनु पर्ने , बिबिध कारणले खोला सार्बजनिक क्षेत्र नाप नक्शा भए नभएको एकिन गरि त्यस्ता क्षेत्रलाई तत्काल खाली गर्ने सुनिश्चित गरियोस ।

यस ध्यानाकर्षण पत्रमा उल्लेख भएका बुदाहरुमा समस्याहरुको उचित समाधान तथा कार्यान्वयन गरियोस र कार्यान्वयन हुनेमा आशाबादी छौ । तथापि कार्यान्वयन नगरीआलटाल गरिएको खण्डमा जनस्तर बाट , वडावासी बाट हुने बिरोधको जिम्मेवारी संयमतालाई कमजोरी नठानियोस । धन्यवाद
बोद्यार्थ
१ जिल्ला प्रशासन कार्यलय जुम्ला ।
२ सडक बिभिजन कार्यालय जुम्ला ।
३ सहरी भबन डिभिजन कार्यालय जुम्ला ।
४ जिल्ला बन कार्यलय जुम्ला ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस