जुम्ला । ‘बिर्सिएका अतितहरु’ नाम कविता संङग्रह बिमाेचन गरिएकाे छ । जुम्ला चन्दननाथ नगरपालिका वडा नं २ निवासी धन बहादुर शाही (डी.बी) द्दारा लिखित बिर्सिएका अतितहरु कविता संङग्रह विमाेचन गरिएकाे हाे ।
साहित्यिक चौतारी कर्णाली प्रदेश शाखाद्दारा आयाेजित कार्यक्रममा गाउँपालिका राष्टि्य महासंघका केन्द्रीय उपाध्याक्ष लक्ष्मण बहादुर शाहीले कविता सङग्रह बिमाेचन गरे । शाहीकाे प्रमुख आतिथ्यता र पुराना साहित्यकार रामकृष्ण बुढ्थापा ‘परिमल जुम्ली’ काे सभाध्यक्षमा पुस्तक विमाेचन गरिएकाे छ ।
डी.बी शाहीकाे याे पहिलाे कृति पनि हाे । साहित्य लेखनमा लामाे समय देखि सक्रिय शाहीले आफ्ना अनुभूति,सामाजकाे यर्थात,विकृती विसंगती लगायतका विषय समेट्दै पहिलाे कृति स्वरुप ‘विर्सिएका अतितहर’ कविता संङ्ग्रह बजारमा ल्याएका छन् ।
गजल मुक्तक लगायत विद्यामा पनि दख्खल राख्ने शाहीले पहिलाे पटक कविता सङग्रह ल्याएका हुन् । उनकाे कविता सङग्रहमा समाजकाे यर्थात संगै अन्याय अनियमितताका विरुद्द विद्राेह भाव समेत झल्कीए,खबरदारी पूर्ण थुप्रै कविता रहेका छन् ।

विमाेचन कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बहादुर शाहीले जुम्लाका लेखक साहित्यकारकाे प्रर्वद्दन तथा सम्मानका लागि स्थानीय सरकार सधै साथ दिनु पर्ने बताए ।
लेखककाे प्राेत्साहनका लागि सधै पुस्तक लेखेर पढ्नु पर्ने कुरामा जाेड दिदैँ हिमा गाउँपालिकाले एक सय थान पुस्तक खरिद गर्ने उल्लेख गरे ।
जुम्ला कृषि उत्पादनले मात्रनभई साहित्यकार उत्पादनकाे पनि उर्भवर भुमि रहेकाले सबै सराेकारवाला मिलेर साहित्यकाहरुकाे प्रर्वद्दन गर्नु पर्नेमा जाेड दिए ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराले साहित्य क्षेत्रलाई स्थानीय सरकारले सधै सहयाेग गर्नु पर्ने बताए । उनका अनुसार समाजका यर्थातलाई बदल्ने शक्ति साहित्यमा हुन्छ हामीले साहित्य क्षेत्रलाई उपेक्षा गर्नु हाम्राे संस्कार परम्पराकाे उपेक्षा गर्नु हाे ।

कविता संङ्ग्रहमा जम्मा ५२ वट कविता रहेका छन् । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा उप प्रध्यापक प्रकाशचन्द्र खत्रीले बिर्सिएका अतितहरू´भावना, बाैद्विकता र सामाजिक विषयमा आधारित रहेकाे बताए । कविताहरूले सामाजिक विकृति र विसंगति माथि व्यंग्य गरेकाे उनले बताए । पुस्तकका लेखक कवित्व क्षमता भएमा स्रष्टा भएकाे उनकाे भनाइ छ । खत्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे व्यक्तित्व माथि चर्चा गरेका थिए ।
पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले जुम्ला साहित्यकाे उर्वर भुमि रहेकाे बताए । पुराना साहित्यकारकाे सम्मान र नयाँकाे पर्वद्दन गर्न कन्जुसाई गर्न नहुने उल्लेख गरे ।
कविता संङग्रह माथि समीक्षा गर्दै डाक्टर गाेविन्द नेपालीले कविताकाे शब्द चयन, संवेदनशीलता, मार्मिकता, भाबुकता,शीर्षक छनाेट लगायतका विषय उत्कृष्ट रहेकाे बताए । जुम्लामा बसेर यति मिठाे साहित्य लेख्ने लेखक भेटेकाेमा खुसी व्यक्त गरे ।

श्रष्ठा लक्ष्मीचन्द्र न्याैपानेले कविता संङ्ग्रह पढ्न निकै सरल रहेकाे बताए । विभिन्न चुनाैतीका बीच साहित्यका विद्या मार्फत जुम्लाकाे भाषा साहित्य संस्कृति जाेगाउन लागि परेकाे उल्लेख गरे । साहित्य क्षेत्रलाई गरिएकाे उपेक्षाले हाम्रा लेखक,साहित्यकार सबै निरास छन् । पुरानालाई सम्मान,लेखिरहने श्रष्ठाकाे प्रर्वद्दन र नयाँलाई हाैसला दिन साहित्यीक विद्यामा सबैले लगानी बढाउनु पर्नेमा जाेड दिए ।लेखककाे प्राेत्साहनका लागि सबैले पुस्तक किनेर पढ्न समेत अनुराेध गरे । साहित्यकार यामराज कार्की,कवि साहित्यकारकाे सम्मान नभएकै कारण साहित्य क्षेत्र लाेभ हुँदै गएकाे छ ।
कार्यक्रमका सभाध्यक्ष रामकृष्ण बुढ्थापा ‘परिमल जुम्ली’ले जुम्लामा नवसाहित्यकार उदाउदै गएपनि सराेकारवाला उपेक्षाले गर्दा निरासा छाएकाे बताए ।




