जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ४ स्थित हाँकुचाैरमा बर्सेनि विभिन्न फूटबल प्रतियाेगिता आयाेजना भईरहन्छन् ।ती प्रतियाेगिताकाे उपाधीका हकदार सधै श्रीनगर,लाम्रा हाँकु लगायत अन्य हुन्थे । सधै हार व्यवहाेर्ने ताताेपानी गाउँपालिका वडा नं २ ले पहिलाे पल्ट उपाधी उचालेकाे छ ।
एचवान यूवाक्लब द्दारा हाँकुचाैरमा आयाेजित पालिकास्तरीय फूटबल प्रतियाेगिताकाे उपाधी पहिलाे पल्ट ताताेपानी गाउँपालिका वडा नं २ ले जितेकाे हाे ।

ताताेपानी-४ काे स्टार यूवा क्बल र ताताेपानी-२ काे डिवाईसी यूवा क्लबबीच भएकाे फाईनल खेलकाे निर्धारित समयमा गाेल रहित बराबरी भएपछि पेनाल्टी सुट आउट भएकाे थियाे ।
पेनाल्टी सुटमा स्टार यूवाक्लब लाई हराउदैँ ताताेपानी-२ काे डिवाईसी यूवाक्लब च्याम्पियन बनेकाे हाे । डिवाईसीका गाेल रक्षक भीम अधिकारीले एक गाेल राेकेर ताताेपानी-२ लाई उपाधी दिलाए ।

च्याम्पियन ताताेपानी-२ ले टिमलाई नगद ३५ हजार,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएकाे आयाेजक एचवान यूवाक्लबले जनाएकाे छ । त्यस्तै उपविजेता स्टार यूवाक्लबले २५ हजार नगद,प्रमाणपत्र र मेडल पाएकाे छ ।
वडालाई पहिलाे पटक उपाधी दिलाउन खेलाडीलाई प्रशिक्षणदेखि व्यवस्थापकीय रुपमा यूवा पदम डाँगी,तेजेन्द्र रावल,दल डाँगीले महत्व पूर्ण भुमिका निर्वाह गरेका छन् । हाँकु चाैरमा हुने प्रतियाेगिताका सधैका विजेतालाई पराजित गर्न गरिएकाे उत्कृष्ट खेल प्रर्दशन र व्यवस्थापनलाई वडाबासीले समेत प्रशंसा गरेका छन् ।
समाजसेवा तेजेन्द्र रावलले अभावका बीच खेलाडीले वडालाई उपाधी दिलाउन याेगदान दिएकाे भन्दै वडाले आगामी दिनमा सहयाेग गर्नु पर्ने बताए ।

पहिलाे पल्ट ताताेपानी-२ ले उपाधी जितेपछि वडाले बधाई कार्यक्रमकाे आयाेजना गरेकाे ताताेपानी गाउँपालिका वडा नं २ अध्यक्ष चन्द्रमान बुढाले बताए । वडाले खेलाडीहरुकाे हाैसला र प्राेत्साहनका लागि ३० हजार सहयाेग गर्ने उल्लेख गरे ।
खेल क्षेत्रकाे प्रर्वद्दनका लागि आगामीदिनमा पनि वडाले सहयाेग गर्ने र त्यसका लागि वडाकाे क्बल बनाउन समेत वडाध्यक्ष बुढाले अनुराेध गरे । जीतपछि पञ्चेबाजा सहित र्याली गरेर आएकाे खेलाडी प्रशिक्षकलाई वडामा समेत सम्मान गरिएकाे छ ।




