जुम्ला । तातोपानी गाउँपालिकाको वडा नं. ७ र ८ दुर्गम भेरीखोलाई जोड्ने एकमात्र माध्यम हो त्रिवेणी–टोप्ला सडक । उक्त सडक संचालन भएको वर्षौ बित्दा पनि सामान्य ग्राभेल समेत नहुँदा नागरिकले सास्ती पाएका छन् । छिमेकी जिल्ला जाजरकोटसंग जोड्ने एकमात्र मार्ग भएपनि स्तरोन्नतीमा त्यस क्षेत्रका नेतादेखि सम्बन्धीत निकाय सडक डिभिजनले समेत बेवास्ता गर्दा त्रिवेणी–टोप्ला सडक अस्तव्यस्त बनेको हो ।
नेतृत्वकै हिसाबले हेर्दा नेपाली काँग्रेसका पार्टी सभापति कर्ण बहादुर शाही,माओबादी केन्द्रका महिला नृती तथा पूर्वराज्य मन्त्री गोमा कुँवर गौतम,नेकपा एमालेबाट दुई पटक पालिका अध्यक्ष उम्मेदवार बनेका र केन्द्रमा राम्रो पकट भएका सुरत बहादुर शाही भेरीखोलाकै स्थानीय बासी हुन ।

जिल्लादेखि राष्ट् हाक्न सक्ने नेता जन्माएको भेरीखोलाले हासम्म त्रिवेणी–टोप्ला सडक स्तरोन्नती गर्ने प्रयाप्त बजेट पाउन सकेको छैन् । पालिकाको बजेट वर्खाको पहिरो पन्छाउने ठिक्कै छ । भने सडक डिभिजनले सधै बजेट अभावले काम गर्न नसकेको बताउँदै आएको छ । भने स्थानीय सरकार हाम्रो कार्यक्षेत्र होईन भन्दै पन्छीरहेको छ । भने तातोपानी गाउँपालिकाले पनि हाल सम्म उक्त सडक खण्ड सुधार गर्नका लागि कतै पहल कदमी गरेको छैन् ।
आफ्नै दुनो सोझयाउन बेस्त नेताहरुले जनताको जनजीवनसंग जोडिएको सडक सुधारमा ध्यान दिन नसकेको भेरीखोलाका नागरिकको गुनासो छ । भेरीखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी विकास गर्ने भनेपनि सडकको दुरावस्थाले पालिकाका जनप्रतिनिधि देखि सांसदलाई सडकले गिज्याईरहेको उल्लेख गुनासो पोखेका छन् ।

त्रिवेणी–टोप्ला सडक हेर्ने निकाय सडक डिभिजन जुम्लाले त्यस क्षेत्रको सडक स्तरोन्नतिमा गम्भीरता देखाएको छैन् । दैनिक रुपमा त्रिवेणी–टोप्ला सडक खण्डमा ४÷५ वटा डबल क्याप बोलेरो जीप गुड्छन् । ५÷६ जनाको मात्रै सिट क्षामता भएको जीपमा झण्डै २५÷३० जना सम्म यात्रु हालेको समेत भेटिएको छ ।
एक लेनको साँघुरो,खाल्डा खुल्डी भएको,हिलो धुँलो भएको सडकमा जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् । स्थानीय जनप्रतिनिधिदेखि सांसदले ज्यान दाउमा लगाएर यात्रा गर्न बाध्य नागरिकको समस्या बुझ्न नसकेको टोप्लाका स्थानीय प्रेम बहादुर शाहीले बताए । भेरीखोला क्षेत्रले पार्टी सभापति देखि पूर्वमन्त्री,देशकै चर्चित सांसद ज्ञानेन्द्र बहादुर शाही समेत पाएका छौ ।

उनले भने,‘नेतै नेता जन्माएको भेरीखोलाले दैनिक जनजीवन संग जोडिएको सडकको दुरावस्था हुँदा समेत कसैले ध्यान दिएका छैनन् । स्थानीय सरकार आफ्नो कार्यक्षेत्रमा पदैन् भनेर पन्छीने । वर्खाको समयमा बाढी आएर कति बाईक बगेका छन् । हिउँदमा धुलो वर्खामा हिलोको सास्ती उस्तै छ । नेताहरु चासो नदिने,कहिले सम्म ज्यान दाउँमा राखेर यात्रा गर्ने ?’
वर्खाको समयमा हुने अबरुद्ध हटाउन तातोपानी गाउँपालिकाले आफ्नो लगानी अबरुद्ध खुलाउने काम गर्दै आएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई बताउँछन् । सडक डिभिजनले काम गर्छौ भन्दै टार्ने गरेको छ । उनले भने,‘यस क्षेत्रका नेताहरु मात्रै जुटेर संघ प्रदेश धाएको खण्डमा त्रिवेणी–टोप्ला सडकका लागि प्रयाप्त बजेट आउने सम्भावना छ । तर आज सम्म पहल भएको देखिएन् । अब सबै नेतालाई लिएर बजेट माग्न जाने सोचमा छु ।’

विगतका वर्षमा बाढी पहिरो आएका बेला अबरुद्ध खुलाउन पालिकाले गरेको खर्चलाइ मलेपले बेरुजु देखाएको छ । जनताको हितका लागि काम गर्दा बेरुजु देखाएपनि पालिकाको सानो लगानीले सडक ग्राभेल हुने स्थिती छैन् । त्यसैले ठुलो बजेट जुटाउन साझा पहल जरुरी रहेको अध्यक्ष चौलागाईको भनाई छ ।
माओवादी नेतृ तथा पूर्वराज्यमन्त्री गोमा कुँवर गौतमले चुनाव हारेपनि हाम्रै पहलमा गत वर्ष त्रिवेणी–टोप्ला सडक स्तरोन्नतिका लागि पाँच करोड बजेट विनियोजन गर्न लगाएको बताईन् । त्रिवेणी–टोप्ला सडकको त्रिवेणीदेखि नुवाकोट सम्म ग्राभेल भएको सडक हाम्रो पहलमा भएको हो ।
उनले भनिन,‘गत वर्ष हाम्रो पहलमा बजेट आयो काम पनि भयो । तर त्यतिबेला जस लिन निकै होडबाजी चल्यो । म मैले गर्दा भयो भनेर भन्दिन् । विकासमा राजनीति गर्नु उचित पनि होईन् । अहिले पनि बजेट नहाल्ने र तर जश लिन होडबाजी गर्ने सांसदहरुको लहर छ । तर निर्वाचनमा परायजय भएपनि मैले त्रिवेणी–टोप्ला सडकको विकासका लागि सकेजत्ती पहल गरेको हुँ ।’

‘अन्य पार्टीका नेताले के गरे भन्ने मलाई थाहा भएन् । सुरुंग मार्ग जोडिदै । हाल बहाल रहेका सांसदहरुले कहा बजेट हाल्न उपयुक्त छ भनेर सा्ध्दैनन् । गत वर्ष हाम्रै पहलमा हाल्दा हामीले गरेको भनेर अरुले जस लिन खोजे । तर सडकको स्तरबृद्धिका लागि पहल गरिरहेकै छौ ।’ उनले भनिन ।
यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र कुमार चौधरीले उक्त त्रिवेणी–टोप्ला सडकको सुरु विन्दुबाट नुवाकोट सम्मको ग्राभेल गर्ने काम भएको बताए । सडककै दुरावस्थाका कारण जनताले सास्ती पाएपनि बजेट अभावका कारण काम गर्न नसकिएको उनको भनाई छ । उक्त सडक स्तरोन्नतिको लागि भने दुई वटा ठेक्का लगाएर काम भईरहेको छ । यदपी उक्त सडक स्तरोन्नतिका लागि चालु आवमा थप बजेट नभएको प्रमुख चौधरीले उल्लेख गरे ।

माथिका तस्बिर त्रिवेणी-टाेप्ला सडककाे नुवाकाेटदेखि टाेप्ला सम्मका विभिन्न जाेखिम खण्डका हुन् ।



