सिंजा-२ बाल बिवाहमुक्त र शत प्रतिशत विद्यार्थी भर्ना  वडा घाेषणा

जुम्ला। जुम्लाकाे सिंजा गाउँपालिका वडा नं २ बालविवाह मुक्त तथा शत प्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा भएकाे छ । शनिवार आयाेजित एक कार्यक्रमका बीच सिंजा-२ नम्बर वडालाई बालविवाह मुक्त र शत प्रतिशत बालबालिका विद्यालय भर्ना वडा घाेषणा गरिएकाे हाे ।

सिंजा-२ का विद्यालय भर्ना उमेर समुहका सबै बालबालिका विद्यालयकाे पहुँचमा पुगेकाे सुनिश्चित भएकाे छ । भने  बालविवाह मुक्त वडा घाेषणा हुनु अगाडि ताेकिएका विभिन्न १५ वटा सूचक सबै पूरा भएपछि  वडालाई बालविवाह मुक्त गरिएकाे सिंजा-२ का वडाध्यक्ष तीर्थ वडले बताए ।

उक्त वडामा रहेका घाेडेङगा, बिष्टबाडा,  रनुखाना, अगस्तीबाडा,चुलेलगाउँका कूल ४ सय १० घरधुरी बालविवाह विरुद्द एकजुट भएसंगै वडालाई जिल्लाकै छैटाै वडाका रुपमा बालविवाह मुक्त वडा घाेषणा भएकाे हाे ।

उक्त वडामा रहेका माध्यमिक विद्यालय चुलेलगाउ,राेप्नी जनजागृती आधारभूत रनुखाना,कालिका आवि विष्टबाडामामा विद्यालय उमेर समुहका ४ देखि माथि र १६ वर्षमुनिका सबै बालबालिका विद्यालयकाे पहुँचमा पुगेकाे सुनिश्चित भएपछि शत प्रतिशत विद्यार्थी विद्यालय घाेषणा गरिएकाे हाे । 

पेश नेपाल,क्याड नेपाल र प्लान नेपालकाे सहयाेग तथा समन्वय र वडा नं २ काे आयाेजनामा बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे ।

निर्धारित सूचक पूरा गर्दै सिंजा-२ जिल्लाकै छैटाे वडाका रुपमा बालविवाहमुक्त घाेषणा भएकाे सिंजा गाउँपालिका वडा नं २ का अध्यक्ष वडले उल्लेख गरे । उनका अनुसार विद्यालय उमेर समुहका काेहि पनि बालबालिका घरमा छैनन् । भने उमेर नपुग्दै हुने विवाह पनि शुन्यमा झरेकाे छ ।

सिंजा गाउँपालिका अध्यक्ष  पूर्ण प्रसाद धितालले ग्रामिण गाउँमा जनचेतना अभिबृद्दि भए संगै बाल विवाह घट्नुका साथै विद्यालय पहुँचमा बालबालिकाकाे बृद्दि भएकाे बताए । सामाजिक सशक्तिकरणका लागि पालिकाले पनि लगानी गर्दै आएकाे उल्लेख गरे ।

बालविवाह मुक्त वडा घाेषणा प्रक्रिया सम्म आईपुग्दा स्थानीय सरकार संग समन्वय गरि पेश नेेपाल,प्लान नेपालले विभिन्न कार्यक्रम संचालन गरेका थिए । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घाेषणा गर्ने सरकारी लक्ष्यनुसार वडा हुँदै पालिका धमाधम बालविवाहमुक्त घाेषणा हुन थालेका छन् ।

घाेषणा कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले बालविवाह विरुद्द एकजुट हुने एकेबद्दता जनाए । बालविवाहकै कारण शिक्षा,स्वास्थ्य,राेजगारका अबसरबाट बन्चित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकाेले राजनीतिक दलदेखि नागरिक अगुवा जागरुक हुनु पर्नेमा जाेड दिए ।

क्याड नेपाले उक्त वडामा विद्यालय बाहिर बालबालिका रहे नरहेकाे विषयमा सर्वे गर्याै । सर्वेका क्रममा वडाभरी ६ जना बालबालिका मात्रै विद्यालय बाहिर रहेकाे भेटियाे ।

उनीहरुलाई आबश्यक शैक्षिक सामाग्री सहयाेग गरि विद्यालयकाे पहुँचमा पुराएपछि शत प्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरिएकाे राजेश प्रकाश ऐडीले बताए ।

उक्त वडामा बालविवाह घाेषणा हुनु अघि जनचेतना अभिबृद्दि,घरधुरी सर्वेक्षण,सामाग्री सहयाेग लगायतका काम गरेकाे पेश नेपालका परियाेजना अधिकृत उषा ज्ञवालीले बताईन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस