ताताेपानीका बालबालिकालाई बाल पत्रकारिता तथा उद्घाेषण तालिम

जुम्ला । ताताेपानी गाउँपालिकाका बालबालिकाका लागि ‘बाल पत्रकारिता तथा उद्घाेषण तालिम संचालन गरिएकाे छ । बालबालिकाकाे क्षामता विकास,नेतृत्व विकास तथा सार्वजानिक सराेकारका विषयमा सचेत गराउन बाल पत्रकारिता तथा उद्घाेषण तालिम संचालन गरिएकाे हाे ।

तीन दिन तालिमकाे गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले उद्घाटन गरिन् । उपाध्यक्ष रावलले बालबालिकाकाे क्षामता विकासनै सामाजिक रुपान्तणकाे मुख्य आधार रहेकाे बताईन् । उनले भनिन,’पालिकाकाे लगानी र सहयात्रा परियाेजनाकाे सहकार्यमा बालबालिकाकाे संरक्षण,क्षामता विकासमा उल्लेखीय काम गरेका छाै । अझै आगामी दिनमा बालबालिकाकाे विकासमा सचेत छाै ।’

पालिकाका ८ वटै वडाका १६ जना बालबालिकाकाे सहभागितामा तीन दिने तालिम सुरु गरिएकाे ताताेपानी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवालले बताईन् । ताताेपानीकाे महिला तथा बालबालिका शाखा,शेभ द चिल्ड्रेनकाे सहयाेगमा किर्डाकद्दारा संचालित सहयात्रा तेस्राे परियाेजनाकाे संयुक्त आयाेजनामा तालिम सुरु गरिएकाे हाे ।

बाल क्लबका पदाधिकारी सचेत र क्षामता अभिबृद्दि गर्न कार्यक्रमकाे आयाेजना गरेका हाै । शाखा प्रमुख सेजुवालले भनिन,’हरेक वडामा बाल क्लब गठन गरिएका छन् । बाल क्लबका पदाधिकारी रहेक विषयमा सचेत बनाउन जरुरी छ । साेहिनुसार पत्रकारिता तालिम,क्षामता विकास तालिम सामाजिक सशक्तिकरणका कुरा सिकाउन पालिकाले लगानी गरिरहेकाे छ । यसले सामाजिक बेथिति विरुद्द बाेल्न बालबालिकालाई शसक्त बनाउने आशा छ ।’

महिला तथा बालबालिका शाखाले महिला सशक्तिकरण,जेष्ठनागरिककाे सम्मान,बालबालिकाकाे विकास तथा लैगिक हिंसा विरुद्द विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएकाे शाखा प्रमुख सेजुवालकाे भनाई छ ।

तालिममा बालबालिकालाई उद्घाेषण कला,समचार संकलन कसरी गर्ने,ओैपचारिक तथा अनाैपचारिक कार्यक्रम कसरी चलाउने,रिपाेर्टिङ सीप तथा नेतृत्व विकास,समचार लेखन तथा अभ्यास लगायतका विषयमा सिकाईने सहयात्रा परियाेजना संयाेजक प्रकाश शाहीले बताए ।

आफ्ना सवालहरु सहजै रुपमा रचनात्मक र समालाेचनात्मक रुपमा अभिव्यक्ति राख्न सक्ने,कार्यक्रम संचालन गर्न सक्ने,बहस गर्न सक्ने आफू माथि र समाजमा भएकाे अन्याय विरुद्द बाेल्न सक्ने क्षामता विकास गराउने लक्ष्य सहित तालिम आयाेजना गरिएकाे शाहीकाे भनाई छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस