जुम्ला । जुम्लाकाे गुठिचाैर गाउँपालिका विहिबार साक्षर पालिका घाेषणा भएकाे छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द अाचार्य र पालिका अध्यक्ष दानवहादुुर बुढाले साक्षर पालिका घाेषणा गर्नु भएकाे हाे ।
गुठिचाैर गाउँपालिकामा १५ देखि ६० बर्षसम्मकाे कूल जनसंख्या ६ हजार ७९३ रहेकाेमा ९५.७३ प्रतिशत नागरिक साक्षर रहेकाे सुनिश्चित भएपछि पालिकालाई साक्षर घाेषणा गरिएकाे गुठिचाैर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताए । उनका अनुसार ६ हजार ७९३ जना मध्य ६ हजार ५०३ जना साक्षर भएकाे र अझै २९० जना
निरक्षर रहेका छन् ।
गुठिचौर गाउँपालिकाको साक्षरताको तथ्याङ्क बमाेजिम विद्यालय तहमा अध्ययनरत विद्यार्थी संख्या प्राारम्भिक बाल विकासकामा ४२१, आधारभूत तह (कक्षा १-५), १६३३, आधारभूत तह (कक्षा ६-८) ४२२, माध्यामिक तह (कक्षा ९-१०) २६९, माध्यामिक तह (कक्षा ११-१२) ७९ गरि जम्मा २८२४ जना विद्यार्थी संख्या रहेकाे छ ।
यसैगरी, एस.एल सी वा एसईई उत्तीर्ण संख्या ५७१, कक्षा १२ वा प्रविणता तह ६४५, स्नातक तह १५०, स्नातकोत्तर तह ३४ जना रहेकाे अध्यक्ष बुढाले जानकारी गराउनु भयाे । १५ देखि ६० बर्षसम्मको जनसंख्याको विवरण अनुसार ६७९३ मध्ये साक्षरता ६५०३ जना र निरक्षर २९० जना रहेका छन् । निरक्षरलाई साक्षरता बनाउनका लागि पालिकाले अागामी दिनमा काम गर्ने अध्यक्ष बुढाकाे भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख गाैरी नन्दआर्चायले अब जिल्लालाई साक्षर घाेषणा गर्न सबै जुट्नु पर्ने बताए । जिल्लाका आठै पालिका साक्षर घाेषणा गरेर एक सफलता प्राप्त भईसकेकाे र अब कार्यान्वयन पक्षलाइ जाेड दिनु पर्ने उल्लेख गरे । गुठिचाैर गाउँपालिका संगै जुम्लाका आठै पालिका साक्षर घाेषणा भईसकेका छन् । अब छिटै साक्षर जिल्ला घाेषणाकाे तयारी भईरहेकाे छ ।