ताताेपानीमा लैंगिक हिंसा विरुद्दकाे १६ दिने अभियान: बाल कचहरीदेखि सचेतनाका कार्यक्रम

जुम्ला । देशभर नाेबेम्वर २५ देखि लैंगिक हिंसा विरुद्दकाे १६ दिने अभियान सुरु भएकाे छ । जुम्लाका आठै पालिकाले आफ्नाे तरिकाले अभियानकाे उद्घाटन गरेका छन् । भने १६ दिन सम्म संचालन हुने विभिन्न कार्यक्रम पनि तय गरेक छन ।
हरेक वर्ष नाेबेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाई लैंगिक हिंसा विरुद्दकाे १६ दिने अभियान ओैपचारिकमै सिमित रहेकाे गुनासाे छ । देशका थुप्रै व्यवस्था परिवर्तन भए ।

आर्थिक,सामाजिक र राजनीतिक क्षेत्रमा महिलाकाे सहभागिताकाे नीति पनि बन्याे । संघियतापछि राजनीतिमा महिलाकाे सहभागिता संख्यात्मक रुपमा ह्वात्तै बढ्याे । तर अर्थपूर्ण सहभागिता भने हुन सकेकाे छैन् । अझै लैगिक हिंसा,घरेलु हिंसा,आर्थिक सामाजिक तथा मासिक हिंसाबाट महिलाहरु ग्रसित छन् ।

महिला भएकै कारण भाेग्नु पर्ने समस्याबाट महिलाले मुक्ति पाएका छैनन् । बाल विवाह,बहुविवाह, घरेलु हिंसा नदेखिने रुपमा बढीनै छ ।

समाजमा बढ्दाे महिला हिंसा,घरेलु हिंसा,बाल विवाह जस्ता घटनालाई केन्द्रित गरि जुम्लाकाे ताताेपानी गाउँपालिकाले लैगिक हिंसा विरुद्दकाे १६ दिने अभियानका क्रममा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेकाे ताताेपानी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवालले बताईन् ।

सामाजिक कुरिति विरुद्द महिला शसक्त भएर लड्नु पर्ने स्थिती अझै कायम छ । उनले भनिन,’हामीले अघिपछि थुप्रै कार्यक्रम गर्दै आएका छाै । तर अभियानका क्रममा पालिकाका ८ वटै वडाका महिला किशाेरी लाभान्वित हुने गरि कार्यक्रम संचालन गर्ने तयारीमा छाै ।’

साेमबार ताताेपानी गाउँपालिका कार्यबाहक अध्यक्ष रेवती रावलकाे अध्यक्षमा अभियानमा संचालन गरिने विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएकाे छ ।

जसमा ताताेपानी वडा नं ७ र ८ मा अभियानका क्रममा जनचेतनामुलक देउडा गित प्रतियाेगिता संचालन गर्ने,मंसिर १८ गते पालिका भरीका श्रीमान श्रीमतीबीच बाल विवाह विरुद्द बाल कचहरी संचालन गर्ने निर्णय गरिएकाे महिला तथा बालबालिका शाखा प्रमुख सेजुवालले कर्णाली मिसनलाई जानकारी दिईन् ।

कचहरीमा बालविवाहका कारण,त्यसले पारेकाे असर,विद्यमान अबस्था र न्युनिकरणका लागि पालिकाले गरेकाे अभ्यासका बारे छलफल गरिने छ ।

त्यस्तै प्रहरीहरु द्दारा बाल विवाह न्युनिकरणका लागि पालिकाभर जनचेतना मुलक कार्यक्रम संचालन गर्ने,पालिका भित्र रहेका किशाेरी समुहकाे आयाेजनामा लैगिक हिंसा विरुद्दकाे अभियानमा र्याली संचालन गर्ने,र अभियान समापनका क्रममा पालिकाका कर्मचारी,जनप्रतिनिधि तथा सराेकारवालाकाे सहभागितामा बृहत्त कार्यक्रम संचालन गर्ने निर्णय भएकाे छ ।

साथै अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न सेभ द चिल्ड्रेन र किर्डाकलाई सहयाेगका लागि समेत अनुराेध गर्ने निर्णय भएकाे छ ।

उल्लेखित निर्णय तथा कार्यक्रम संचालनका लागि महिला तथा बालबालिका शाखाले अग्रसरता लिने छन् । महिला शाखा प्रमुख सेजुवाल भन्छन,’महिला अब गुनासाे गर्ने मात्र नभई प्रश्न गर्ने बनाउनु पर्छ । महिला भएकै कारण सामाजिक अपहेलित हुनु पर्ने स्थितिबाट महिलालाइ माथि उकास्न पनि हामी गाउँ गाउँमा जाँगरणकाे कार्यक्रम गर्ने छाै । उपलब्ध स्राेत साधनकाे अधिकतम स्राेत साधनकाे प्रयाेग गरि महिला शसक्तिकरणमा जाेड दिईने छ ।’

बालबालिकाकाे क्षामता अभिबृद्दि,बाल विवाह न्युनिकरण र महिला शसक्तिकरणका लागि विभिन्न काम गरिरहेकाे ताताेपानीले अझै जनमुखी काम गर्ने ताताेपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले बताईन ।

उनले विगतकाे जस्ताे पालिकामा मात्र ओैपचारिक कार्यक्रम मात्र गर्ने नभई वडा वडाका महिला लाभान्वित हुने,बहस छलफल गर्ने खालका बृहत्त कार्यक्रम गर्ने लक्ष्य राखेकाे उल्लेख गरिन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस