ताताेपानीकाे आराेग्य सेवा केन्द्रबाट बाफ लिने सेवा सुरु

जुम्ला । ताताेपानी गाउँपालिकामा बाफ लिने सेवा सुरु भएकाे छ । ताताेपानीकाे नागरिक आराेग्य सेवा केन्द्रबाट बाफ लिने ‘स्नेहन कर्म र स्वदेन कर्म’ सुरु भएकाे हाे ।

जिल्लाका आठ पालिका मध्य ताताेपानीमा पहिलाे पटक बाफ लिने सेवा सुरु भएकाे छ । पालिकाका ८ वटै वडाका नागरिक लाभान्वित हुने अपेक्षा गरिएकाे छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले बाफ लिने सेवाकाे उद्घाटन गरे । भने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायत र स्वास्थ्य संयाेजक गुरु प्रसाद चाैलागाँईले बाफ समेत लिए ।

ताताेपानीमा करिब ४ वर्ष पहिलेदेखि नागरिक आराेग्य सेवा केन्द्र संचालन भएपनि बाफ लिने सेवा शुक्रबारदेखि सुरु भएकाे स्वास्थ्य शाखा संयाेजक गुरु प्रसाद चाैलागाँईले कर्णाली मिसनलाई जानकारी दिए ।

बाथ राेग,नसा च्यापिएका,ढाड दुखेका लगायतका विरामीले ताताेपानी-३ लिताकाेटमा रहेकाे आराेग्य केन्द्रबाट बाफ लिन सक्ने छन् ।

गाउँमै स्नेहन कर्म र स्वदेन कर्म’ बाफ लिने सेवा सुरु भएपछि सदरमुकाम जानू पर्ने बाध्यताबाट सर्वसाधारणलाई छुटकरा मिलेकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाइले बताए । उनका अनुसार आराेग्य केन्द्रकाे सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाईने छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस