पालिकाले गरेको जीवन बीमाबाट कर्मचारीका परिवारले पाए राहत

जुम्ला । तातोपानी गाउँपालिकाले गरिदिएको जीवन बीमाबाट कर्मचारीका आफन्तले राहत पाएका छन् । कर्मचारीको प्रोत्साहनका लागि जिल्लामै पहिलो पालिकाका रुपमा तातोपानीले आर्थिक वर्ष २०७८।०७९ मा कर्मचारीको जीवन बीमा गर्ने नीति लिएको थियो ।

सोही नीतिनुसार पालिकाले तातोपानी गाउँपालिका वडा नं ४ मा कार्यरत कार्यालय सहयोगी तिल प्रसाद न्यौपाने सहित सबै कर्मचारीको हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड शाखा जुम्लामा जीवन बीमा गरिदिएको थियो । तर कर्मचारीको बीमा गरेको विषयमा केहि आलोचना पनि भयो ।

पालिकाले गरेको बीमाकै कारण कर्मचारीका आफन्तले राहत पाएपछि बीमा कार्यक्रम उपयुक्त रहेको नागरिकको बुझाई छ । तातोपानी–४ मा कार्यरत तिलक प्रसाद न्यौपानेको गत साउन २१ गते कालगतीले मृत्यु भयो । श्रीमानको मृत्युपछि एक्लीएकी श्रीमती मन्नु न्यौपानेले पालिकाले गरेको बीमाबाट राहत पाएकी छन् ।

पालिकाले तिलक प्रसाद न्यौपानको ३ लाख ५० हजार ४३० रुपैया बराबरको १६ वर्षे आवधिक जीवन बीमा गरेको थियो । तर गत साउनमा तिलक प्रसाद न्यौपानेको मृत्यु भएपछि उनकी श्रीमती मन्नु न्यौपानेलाई बुधबार बीमा दाबी भुुक्तानी गरिएको छ ।

पालिकामा बुधबार आयोजित एक कार्यक्रम गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाई, उपाध्यक्ष रेवती रावल,वडाध्यक्ष अमर बहादुर रोकायाको सहभागितामा मन्नु न्यौपानेलाई बीमा दाबी भुक्तानीको ४ लाख ४९ हजार ९ सय ३६ रुपैयाँ हस्तान्तरण गरिएको हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड शाखा जुम्लाका प्रमुख लक्ष्मीकान्त्त पाण्डेले बताए ।

उनका अनुसार स्वर्गीय तिलक न्यौपानेको नाममा पालिकाले बीमाको प्रिमियमा शुल्क बापत दुई किस्ता गरी ५० हजार तिरेको थियो ।

चेक हस्तान्तरणपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले केहि अराजक व्यक्तिहरुबाट आलोचना भएको बीमा कार्यक्रमले कर्मचारीका परिवारले राहत पाएको बताए । मलेपले बेरुजु निकाल्दैमा,केहि व्यक्तिले टिकाटिप्पणी गर्दैमा जनमुखी र दिर्घकालीन राहत हुने काम गर्न छोडिदैन् ।

उनले भने,‘मानिसको जीवन एकनास कहिले चल्दैन् । कामको शीलशीलामा केहीले अप्रिय घटना घटन् सक्छ । तर भव्यतव्य घटनापछि कर्मचारीका परिवारले राहत पाउन भन्ने हाम्रो अपेक्षा हो ।’

कर्मचारीको जीवन बीमा गर्ने नीतिलाई अघि बढाउनु पर्ने प्रस्ताव ल्याउने तातोपानीका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापालाई तातोपानी–४का अध्यक्ष अमर बहादुर रोकायाले धन्यबाद व्यक्त गरेका छन् ।

पालिकाले जनताको हित हुने यस्तै कामहरु अघि बढाउनु पर्नेमा उनले जोड दिए । साथै बीमा गरेकै अनुसार पाउने सुविधानुसार दाबी भुक्तानी उपलब्ध गराएकोमा समेत पालिकाले हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड शाखालाई धन्यबाद दिएका छन् ।

साथै तातोपानीले जिल्लामै पहिलो पालिकाका रुपमा पालिकाका सबै घरधुरीको बीमा गर्ने नीति लिएको छ । ३३ सय घरधुरी मध्य हाल सम्म २२ सय घरधुरीको समेत घर बीमा भईसकेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस